Showing posts with label IT. Show all posts
Showing posts with label IT. Show all posts

Saturday, May 21, 2011

आधा नेपालीको पहुँचमा दूरसञ्चार सेवा

सूचना तथा सञ्चार प्रविधिले ल्याएको क्रान्तिको सदुपयोग गर्न नेपाली जनता पनि पछि परेका छैनन्। नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवे दनले यो तथ्यांक देखाउँछ। प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा ४१ दशमलव ५१ प्रतिशत जनतामा दूरसञ्चार सेवा  पुगेको छ। यो आँकडा टेलि घनत्वका आधारमा तयार पारिएको हो। ताप्लेजुङदेखि दार्चुलासम्मका नेपालीहरूको हातमा मोबाइल फोन देखिन्छ।  उनीहरू कम्युनिकेसनका लागि दूरसञ्चारको उपयोग गर्न उत्तिकै अभ्यस्त देखिनुले पनि दूरसञ्चारको क्षेत्रमा नेपालले नयाँ क्रान्ति नै गरेको छ  भन्दा फरक पर्दैन।

ताररहित मोबाइल सेवा प्रयोगमा आएपछि र यसको व्यापक विस्तार भएपछि दूरसञ्चार सर्वसाधारण जनताको पहुँचमा सेवा पुगेको हो।  फागुनमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनले ४१ दशमलव ५१ प्रतिशतको तथ्यांक देखाए पनि हालसम्म करिब ४५ प्रतिशत जनतामा  दूरसञ्चार पुगिसकेको विज्ञहरू बताउँछन्।


एक वर्षमा दूरसञ्चार घनत्वमा १४ प्रतिशतले वृद्धि भएको छ। जसमा मोबाइल घनत्वमात्र १३ प्रतिशतले बढेको छ। मोबाइल सेवा प्रदायक  संस्थाहरूको तीव्र प्रतिस्पर्धाले पनि मोबाइल घनत्व बढेको हो। सेवा प्रदायकहरूले बिक्री गरेका सिमका आधारमा प्रति १ सय मध्येमा ३६  जनाको हातमा अहिले मोबाइल पुगेको छ। गत वर्ष यही समयमा प्रति १ सयमा २४ जनामा मोबाइल फोनको पहुँच थियो।


'अघिल्लो फागुनमा दूरसञ्चार घनत्व २७ दशमलव ७० प्रतिशत थियो,' फागुनसम्मको एमआइएस तथ्याङ्कमा उल्लेख गरिएको छ, 'यो  फागुनमा ४१ दशमलव ५१ प्रतिशत जनतामा दूरसञ्चार सेवा पुगेको छ।' एक वर्षको अवधिमा भएको यो वृद्धि अघिल्लो वर्षको भन्दा दोब्बर  हो। ०६५ सालको फागुनसम्ममा २० दशमलव २५ प्रतिशत उपभोक्ताको दूरसञ्चार सेवामा पहुँच पुगेको थियो। ०६५ देखि ०६६  फागुनसम्ममा ७ प्रतिशत थप मानिसमा दूरसञ्चार सेवा पुगेका थिए। ०६६ देखि ०६७ फागुनमा दूरसञ्चार घनत्व दोब्बरले बढ्यो। 


प्राधिकरणको तथ्यांकअनुसार ०६५ फागुनमा दूरसञ्चार सेवाका कुल ग्राहक संख्या ५५ लाख १५ हजार थियो। एक वर्षपछि ०६६ फागुनमा यो  संख्या ७६ लाख १७ हजार पुगेको थियो। त्यसको एक वर्षपछि ७६ फागुनमा दूरसञ्चार प्रयोगकर्ता १ करोड १८ लाख पुगेको छ।


'युवाहरूको मोबाइलप्रतिको आर्कषण बढेको छ।' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने,


'मोबाइल सेवामा भएको प्रतिस्पर्धासँगै  शुल्क कटौतीको प्रतिस्पर्धाले प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएको हो।'


अन्तर्राष्ट्रिय बजारमा दूरसञ्चार उपकरणको मूल्यमा आएको गिरावट तथा दूरसञ्चार कम्पनीले गरेको नेटवर्क विस्तारले पनि उपभोक्ता व ृद्धिमा सघाएको उनले बताए। प्राधिकरणले ग्रामीण क्षेत्रमा अझ धेरै सेवा पुर्‍याउन अन्य कम्पनीहरूलाई पनि अनुमति पत्र दिएकाले यो  संख्यामा अझै वृद्धि आउनेछ। प्राधिकरणका अध्यक्ष भेषराज कँडेलका अनुसार यही दरमा दूरसञ्चार प्रयोगकर्ताको संख्या वृद्धि भए तीन वर्षमा  सबैले दूरसञ्चार सेवा प्रयोग गर्न सक्नेछन्।


कुल दूरसञ्चार प्रयोगकर्तामा मोवाइल प्रयोगकर्ताको संख्या सबैभन्दा बढी छ। प्राधिकरणका अनुसार गत फागुनसम्ममा मोबाइल सेवा प्रयो गकर्ताको संख्या १ करोड ३ लाख ६७ हजार ८ सय ३९ (९४ लाख ९६ हजार जिएसएम र ८ लाख ७१ हजार सिडिएमए) पुगेको छ। २०६६  फागुनमा यो संख्या ६५ लाख १२ हजार (५९ लाख जिएसएम र ६ लाख सिडिएमए) थियो। एनसेलको जिएसएम मोबाइल फोनका ग्राहक ४७  लाख ८५ हजार ७ सय १५ छ भने नेपाल टेलिकमको जिएसएम मोबाइल फोनका ग्राहक ४७ लाख १० हजार ६ सय ७७ छन्। यस्तै टे लिकमको सिडिएमए मोबाइल फोनका प्रयोगकर्ता ८ लाख ७१ हजार ४ सय ४७ छन्।


आधारभूत टेलिफोन सेवाको घनत्वभने घटेको छ। एक वर्षको अवधिमा जनसंख्या बृद्धिदर अनुसार यस क्षेत्रमा उपभोक्ता नथपिएपछि सेवाको  घनत्व घटेको हो। आधारभुत फोनका प्रयोगकर्ता गत फागुनमा ८ लाख २० हजार रहेकोमा यो फागुनमा ८ लाख ४३ हजार पुगेको छ। 


युटिएलका ग्राहक पनि बढे


युटिएलले पनि पछिल्ला वर्षहरूमा आक्रामक बजार विस्तारको रणनीति लिएको छ। युटिएलको लिमिटेड मोबाइल सर्भिसेजका उपभोक्ताको  संख्या अहिले ४ लाख ७५ हजार ४ सय ९२ पुगेको छ। लोकपि्रय नायिका रेखा थापालाई ब्रान्ड एम्बे्रसडर बनाएको युटिएलको ताररहित  आधारभूत टेलिफोन प्रयोगकर्ता भने ७० हजार ३ सय ६२ छन्। वर्ष २०६६ फागुनसम्ममा युटिएलको लिमिटेड मोबाइल सेवा उपयोगकर्ता २  लाख ८२ हजार ६ सय ६४  रहेकोमा यो १ वर्षमा मात्र १ लाख ९२ हजार ८ सय २८ उपभोक्ता थपिएका छन्। यस्तै आधारभूत फोनमा  भने सुस्त गतिमा २ हजार ६३ ग्राहक मात्र थपिएका छन्।
 साप्ताहिक

Saturday, May 7, 2011

स्वरोजगारका निम्ति आईटी क्रान्ति

बेरोजगारी समस्याले समग्र मुलुकको अर्थतन्त्रमा ठूलो भार पारिरहेका बेला स्वरोगारका निम्ति आईटी (सूचना प्रविधि) क्रान्तिको अभियान छेड्नु स्वागतयोग्य छ । ‘स्वरोजगारका लागि आईटी क्रान्ति’ र आईटी क्रान्तिमार्फत आर्थिक समृद्धि मुलुकको सपना देखेका छन् आईटीसम्बन्धी नयाँ पुस्ताले ।
व्याप्त बेरोजगारीबाट घरेलु दक्ष जनशक्ति पलायन हुन नदिन र आईटी क्षेत्रबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गत केन्द्रीय आईटी विभागका विद्यार्थीहरूले ‘स्वरोजगारका निम्ति आईटी क्रान्ति’ नामक अभियान छेडेका हुन् । उनीहरूले आईटीसँग सम्बन्धित सरकारी तथा गैरसरकारी विज्ञ, सरोकारवाला तथा विद्यार्थीहरूलाई सो अभियानमा जोड दिन आग्रह गरेका छन् ।
“बेरोजगारी समस्याको विकल्प आईटी क्षेत्र पनि हो, त्यसैले स्वरोजगारका लागि आईटी क्रान्तिको अभियान भनेका हौं,” त्रिभुवन विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका अध्यक्ष सुशान्त पौडेलले बताए । उनका अनुसार, नेपालको अर्थतन्त्रका प्रमुख स्रोत कृषि र पर्यटनमा सूचना प्रविधिको विकास गर्न सकियो भने स्वरोजगारीको सिर्जना हुन्छ । यसबाहेक बेरोजगारी समस्या न्यूनीकरण गर्न, दैनिक जीवनलाई सहज बनाउन र उच्च अर्थतन्त्र वृद्धिका लागि पनि आईटी क्रान्ति हुनु आवश्यक मानिन्छ ।
सहरी क्षेत्र र दुर्गम गाउँमा बस्ने मानिसहरूबीच रहेको सूचना प्रविधिमाथिको पहुँच दूरीलाई कम गर्नुनै छोटो शब्दमा आईटी क्रान्ति भनिन्छ । जसले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएको दूरीलाई कम गर्नसमेत आईटी क्रान्तिबाट सम्भव देखिन्छ ।
१७ औँ शताब्दीको कृषि अर्थतन्त्रलाई औद्योगिक क्रान्तिले जसरी औद्योगिक अर्थतन्त्रका रूपमा स्थापित ग¥यो त्यसरी नै आईटी क्रान्तिले अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै समाजलाई आर्थिक सशक्तीकरणको गोरेटोमा डो¥याउन सक्छ । उच्चस्तरीय सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहर भट्टराईका विचारमा नेपाल आईटी विकासका लागि उर्बर भूमि हो । “भारतको तुलनामा विदेशी आईटी कम्पनीको काम (आउट सोर्सिङ) कार्य नेपालबाट गरे सूचना प्रविधि सामग्री ३५ प्रतिशत सस्तो हुन्छ,” उनले भने ।
अध्यक्ष सुशान्त पौडेलका अनुसार आईटी क्रान्तिलाई सशक्त पार्न संविधानमा नै सूचना प्रविधि शिक्षालाई मौलिक शिक्षा बनाइनुपर्छ । विद्यालय तथा १० जोड २ सम्मका शैक्षिक संस्थामा कम्प्युटर शिक्षा अनिवार्य गर्ने भनिए तापनि समग्र रूपमा कार्यान्वयन हुन सकेको छैन ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनद्वारा १ सय ५९ मुलुकमा गरिएको सूचना प्रविधिसम्बन्धी सर्वेक्षणमा नेपाल १४२ औँ स्थानमा छ । ‘मेजरिङ दी इन्फरमेसन सोसाइटी २०१०’ ले सार्वजनिक गरेको तथ्यांकमा सूचना प्रविधि सूचकांक १.०४ बाट बढेर १.३४ पुगेको देखाएको छ । कछुवा गतिमा भइरहेको आईटी विकास भए पनि सकारात्मक छ ।
सहर केन्द्रित आईटी
सहरी क्षेत्रमा बस्ने मानिसहरूमा सूचना प्रविधिको धेरथोर पहुँच भए तापनि ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच हुन सकेको छैन । नेपालमा हाल ३ सय ६८ लाइसेन्स प्राप्त एफएम रेडियो स्टेसन छन्, जसमध्ये २ सय ९६ सञ्चालनमा छन् । अधिकांश काठमाडौं, पोखरा, विराटनगर, बुटवललगायतका ठूला सहरभित्र सीमित छन् । त्यस्तै पत्रपत्रिका र टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक सहर केन्द्रित छन् । सयभन्दा बढी आईटी कम्पनीमध्ये उच्च आईटी क्षमताका २० वटा कम्पनी राजधानीमै सीमित छन् । जसमा करिब १ हजार २ सय ५० कर्मचारी मात्र कार्यरत रहेको अनुमान गरिएको छ । सहरी क्षेत्रमा बस्ने मानिसहरूमा सूचना प्रविधिको धेरथोर पहुँच भए तापनि ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच र प्रयोग हुन सकेको छैन । मुलुकको आर्थिक, सामाजिक र समग्र विकासका लागि यो विषय बाधक हुने सरोकारवाला बताउँछन् ।
अमेरिका, कोरिया, भारत र चीनको अर्थतन्त्रमा उल्लेख्य मात्रामा प्रगति हुनुको कारक तत्वका रूपमा आईटी क्षेत्रलाई लिइन्छ । सन् १९९० मा युरोपेली क्षेत्रको प्रगति उत्पादकत्व वृद्धिमा करिब ५० प्रतिशत र यही दशकको अन्त्यसम्म आउँदा अमेरिकाको उत्पादकत्व वृद्धिमा ७४ प्रतिशत योगदान सूचना प्रविधि क्षेत्रले पु¥याएको देखिन्छ । छिमेकी मुलुक भारतको कुरा गर्दा १९९८ मा भारतको कुल ग्राहस्थ आयमा एक दशमलव दुई प्रतिशत आईटी सेक्टरको भूमिका रहेकामा २००७ सम्म आउँदा कुल ग्राहस्थ आयको पाँच दशमलव दुई प्रतिशतले आईटी सेक्टरले भूमिका खेलेको छ ।
कारोबार राष्ट्रिय आर्थिक दैनिक

Wednesday, April 20, 2011

नयाँ करिअर खोज्नेलाई उत्तम विकल्प

एनिमेसनः निर्जीवमा आत्मा भर्ने कला    


‘एनिमेसन’ भन्ने शब्द आजकाल अलि धेरै नै प्रचलनमा आउन थालेको छ । कुनै पनि
वस्तु तथा घटना जसलाई अन्य कुनै पनि तरिका वा नाटकीय रूपान्तरअनुसार
चलदृश्यमा प्रस्तुत गर्न सकिँदैन त्यस्तो अवस्थामा नयाँ प्रविधिको तरिका अर्थात् ‘एनिमेसन’ को प्रयोग आजकाल गर्ने गरिएको पाइन्छ । एनिमेसन भनेको निर्जीव वस्तुलाई चाल अर्थात् गति प्रदान गर्ने नयाँ प्रयोग हो ।

कुनै पनि ‘भर्चुअल’, अवास्तविक वा निर्जीव काल्पनिक दुई वा त्योभन्दा धेरै आयामका वस्तुहरूको तीव्र रूपमा प्रदर्शन गरी एक प्रकारको भ्रमपूर्ण गति पैदा गर्नु भनेको ‘एनिमेसन’ हो । सूचनाको प्रचार–प्रसार गर्न, उत्पादनको बजारीकरण गर्न, बहुआयामिक चित्रमार्फत विभिन्न विषयमा जानकारी प्रदान गर्न, शैक्षिक औजार र अन्य विभिन्न प्रयोजनमा ‘एनिमेसन’ को प्रयोग गरिने भए पनि चलचित्र र टेलिभिजन जस्ता आमसञ्चारको माध्यममा प्रयोग गर्नका लागि यो ‘एनिमेसन’ विधि ज्यादा प्रयोग र प्रभावकारी हुने गरेको छ । यो विधिले अन्य कुनै पनि तरिकाबाट असम्भव हुने प्रस्तुतिलाई पनि सम्भव र जस्ताको तस्तै प्रस्तुत पनि गर्न सक्छ ।

नेपालमा ‘एनिमेसन’ विधि र प्रविधिको सुरुवात भएको करिब दुई दसक हुन लागिसकेको भए पनि यस सम्बन्धमा कुनै पनि ध्यान दिन योग्य विकास भने भएको छैन । ‘एनिमेसन’ सम्बन्धी आवश्यक ज्ञानको अभाव, यसको फाइदाका बारेमा अनभिज्ञाता, अध्ययन पनि महँगो र दक्ष जनशक्तिको अभाव ‘एनिमेसन’ जस्तो वर्तमानको अतिआवश्यक विधाले उचित विकास लिन नसकेको बताउँछन् नीरज थपलिया । उनले एनिमेसनको क्षेत्रमा काम गरेको करिब १८ वर्षभन्दा धेरै भयो । यही समयको अनुभवबाट उनलाई नेपालमा ‘एनिमेसन’ मा काम गर्ने दक्ष जनशक्तिको अभाव महसुस भएर नै उनीलगायत अन्य सहकर्मीको समेत संलग्नतामा संभवत नेपालमा नै पहिलो एनिमेसन एकाडेमी ‘इक्लिप्स’ सञ्चालनमा ल्याएका छन् । करिब दुई महिना अघिमात्रै सञ्चालनमा आएको यो एकाडेमीले एनिमेसनका हालसम्म उपलब्ध सबै ज्ञान हस्तान्तरणमा प्रशिक्षार्थीहरूलाई सहयोग गर्ने उनको दाबी छ । नीरजले यस क्षेत्रमा काम गरेबापत विज्ञापनको क्षेत्रमा नेपालमा नै सम्मानित कृति आवर्डमा आधा दर्जनभन्दा धेरै उत्कृष्टका सम्मान पनि पाइसकेका छन् । उनले हालसम्म करिब ७ सयभन्दा धेरै प्रकारका टेलिभिजन र अन्य माध्यमका लागि विज्ञापन तयार गरिसकेका छन् ।
“नेपालमा एनिमेसनमा काम गर्ने दक्ष जनशक्तिको ज्यादै अभाव छ,” उनी भन्छन्, “तर यससम्बन्धी उचित जानकारी, यसको बजार र यसबाट प्राप्त हुने करिअरको सफलताका बारेका धेरैलाई ज्ञान नभएकाले यसतर्फ सबैको आकर्षण पुग्न सकेको छैन ।”उनको एकाडेमीले २० महिनाको एनिमेसन प्याकेजका लागि करिब २ लाख ५० हजार रुपैयाँ शुल्क लिने गरेको छ । महँगो भएर सबैले यसतर्फ चासो नदिएका हुन् कि भन्ने प्रश्नमा इक्लिप्स दिवेशमान मास्केले भने, “एनिमेसन आफैंमा महँगो विधा हो । यसमा प्रयोग हुने प्रविधि, यसलाई खर्चनुपर्ने समय र एनिमेसनका विभिन्न चरणमा खर्चनुपर्ने सफ्टवेरका लागि धेरै मूल्य पर्ने हुन्छ । विदेशमा एनिमेसन सिक्दा लाग्ने खर्चको तुलनामा नेपालमा त्यो ज्यादै थोरै हो । तर नेपालमा पनि विदेशीस्तरकै एनिमेसनको पढाइ सम्भव छ ।”
अन्तर्राष्ट्रियस्तरमा एनिमेसन सहितका चलचित्रहरू दिन दिनै निर्माण हुने क्रम बढेको र त्यस्ता चलचित्रहरू अन्यको तुलनामा लोकप्रिय समेत बन्ने गरेका छन् । यस्तोमा नेपालमा पनि एनिमेसनको भविष्य राम्रो रहेको दिवेश र नीरजको दाबी छ । केटाकेटीहरूबीच ज्यादै लोकप्रिय हुने टेलिभिजन कार्टुनहरू पनि एनिमेसनकै उपज हुन् । एनिमेसनको माध्यमबाट कुनै पनि आकृति तयार गर्न, त्यसलाई कुनै पनि तरिकाले चलाउन, तोड्न, मोड्न, रंग्याउन, प्रकाश र आवाज भर्न संभव हुन्छ । यसमा कुनै पनि सजीव प्राणीको प्रयोग अनिवार्य भने हुँदैन । तर, चाहेअनुसारका मानव, प्राणी र जीवजन्तुका आकृति, अनुहार आवाज भनेजस्तै र दुरुस्त रूपमा प्रयोग गर्न भने सकिन्छ ।
कुनै पनि कथाअनुसार एउटा एनिमेसन तयार गर्नका लागि कथा लेख्ने, कथाका लागि आवश्यक चरित्र, स्थानको चित्र उतार्ने, उत्पादनको चरणमा गरिने मोडेलिङ रिगिङ, प्रकाशको प्रयोग गरिने लाइटनिङ विधि, रेन्डरिङ, कम्पोजिटिङदेखि सम्पादन तथा इडिटिङसम्मका चारणमा खर्चनुपर्ने प्रविधि, सफ्टवेर, समय र अन्य विभिन्न पक्षका कारण यो विधि अन्यभन्दा केही महँगो भने हुने गरेको छ । तर पनि यसको प्रयोग अपरिहार्य हुँदा अर्को विकल्प भने छैन ।
एनिमेसनको प्रायोग हिजोआज केही विज्ञापनमा फाट्ट–फुट्ट देखिन थालेको भए पनि यसको धेरै प्रयोग हाउजिङ कम्पनीहरूले ज्यादा गर्न थालेका छन् । हाउजिङ कम्पनीहरूले आफ्ना भविष्यमा तयार गरी उपभोक्तालाई हस्तान्तरण गर्ने घर र अपार्टमेन्टको जस्ताको तस्तै बाहिरी संरचना र आन्तरिक सजावट देखाउनका लागि एनिमेसन सबैभन्दा प्रभावकारी तरिका हुने गरेको छ । त्यसैगरी विभिन्न उत्पादन उत्पादक कम्पनी र आयता निर्यातकार्ताहरूले पनि आफ्ना उत्पादनको बजारीकरणका लागि थ्री–डी एनिमेसनमा तयार गरिने टेलिभिजन कमर्सियलहरूको संख्यामा भएको वृद्धिले पनि एनिमेसनको सम्भावनालाई बढाएको छ । ज्यादाभन्दा ज्यादा प्रयोगात्मक बन्दै गएको शैक्षिक शिक्षण पद्धतिको विकासले पनि एनिमेसनमार्फत विभिन्न प्रकारका सूचना, ज्ञान र जानकारी प्रदान गर्ने चलनलाई दिएको बढवाले पनि  एनिमेसनको महत्व आउँदा दिनमा अझ बढ्ने देखिएको छ । विज्ञानको सबैभन्दा पछिल्लो आविष्कार एनिमेसन र थ्री–डी एनिमेसन नेपालका कुनै पनि शैक्षिक संस्थाका पाठ्यक्रममा समावेश नभएकाले यससम्बन्धी ज्ञान लिने एकमात्रै माध्यम भनेको जमलमा अवस्थित इक्लिप्स जस्तै अन्य तालिम प्रदान गर्ने संस्था नै हुन् ।
कारोबार  दैनिक

Monday, April 18, 2011

Windows Life History - Windows from its scratch till now

Windows_1.01



Windows_2.03



Windows_3.00



Windows_ NT _3.0



Windows_ 95



Windows_ 98



Windows_ 2000



Windows Millennium



Windows_ XP



Windows_ Longhorn



Windows Vista



Windows 7


Monday, April 11, 2011

Digital Roll Laptop - Amazing Technology Photos



Though many cool designs have been offered for the laptops of the future but digital roll is really awesome and unique concept designed by Hao Hua. D Roll Laptop can be considers as “next generation laptop design,” as it does away with the book-like form factor in favor of one mimicking an artist’s scroll. Whether or not something like this will even be possible in the near future seems to matter less when you look at how much effort Hua put in the design.

Though it’s just a concept but the design is inspiring and would definitely catch the eyes of other designers wishing to create a better-looking and practical laptop. If this hits the market, it would be swept off the shelves in no time.









Sunday, April 10, 2011

World's Longest Keyboard - Amazing Photos Collection

The world's Longest Key Board has also been invented see that amazing keypad pictures below.



Jean Shin who design this interactive sculpture simply gave the name TEXTile. As the name suggest it's as smooth as the clothe made in Textile Mill.

This amazing invention (world’s longest keypad) is placed at The Fabric Workshop and Museum, Philadelphia.



The design includes more than 22,528 computers and 192 custom keycap which are attached with fabric, a custom keyboard and software assets as well as interactive video projection and painted aluminum frames. It sets out line by line transcript of the electronic communication that the artist and manufacturing in creating enabling it to sculpture in its own archives!



The first three ranks of the civil e-mails key assets that allow visitors to type in their own messages that are projected onto the opposite end of the fabric.



The sculpture was created as a comment on the extent of the impact that e-mail and other virtual communication has had on our lives I suppose if a banner saying "e-mail is a good thing" would have made the too!

Friday, April 8, 2011

A B C D - Kids Learn the New type Alphabet WIth Photos

Folding Fan Keyboard - Amazing Technology

Sometimes a conceptual product is so good that you love it instantly and wish somehow you can get hold of it. This gizmo is exactly one such product. Dubbed as None Bacteria Project Keystick, it is basically a folding keyboard with some sort of bacteria cleaning technology that makes computing more healthy. But even if you forget this part it is super cool! The keyboard boast of a folding design, which ultimately folds into a folding fan, making it extremely portable for mobile professionals, students and regular travelers.







1970 and 80's Old Computer Ads

System Industries: “80 MB for under $12,000″ (1977)



Technico Inc TMS9900: “Two bytes are better than one” (1978)



RadioShack: Issac Asimov featuring a color computer (1982)



HoneyWell: “What the Heck is Electronic Mail?” (1981)



Microsoft: “Introducing Microsoft Excel” (1987)



LBMS: “Cut through paper-based Case Methods” (1991)



Penril: “We call it a Penril Modem” (1971)



Digi-Log: “Briefcase Portability” (1976)



Cromemco: “The New 16K RAM card…” (1977)



RadioShack: “Designing a revolutionary concept…” (1985)