Showing posts with label Issue. Show all posts
Showing posts with label Issue. Show all posts

Saturday, May 7, 2011

विलक्षण नेतृत्वको खोजीमा छ देश


आर्थिक, सामाजिक, राजनीतिक तथा सुरक्षाको दृष्टिले पनि देश अहिले सङ्कटको स्थितिबाट गुजि्ररहेको छ । आर्थिक परिसूचकहरू झन् ओरालो लागेका छन् । उत्पादन, सार्वजनिक वित्त, मौदि्रक आदि कुनै पनि क्षेत्र सकारात्मक दिशाबाट गुजि्ररहेका छैनन् । सन् २००९ मा अत्यन्तै नाजुक र नकारात्मक अवस्थामा पुगेको विश्व अर्थतन्त्रसमेत सन् २०१० मा मन्दगतिमै भए पनि सुधारको दिशामा अगाडि बढेको छ । सन् २०११ म्ा विश्वको आर्थिक वृद्धिदर ४.४ प्रतिशतले हुने अनुमान अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले गरेका छन् । यद्यपि चीन र अन्य देशमा भएको मुद्रास्फीतिको बढोत्तरीले विश्वलाई केही चिन्तित तुल्याए पनि अवस्था निराशाजनक भने छैन तर नेपालको अवस्था अस्पतालको सामान्य शैयाबाट आइसीयुमा सारेको बिरामीको जस्तो भएको छ । चालुवर्षको आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा तल र्झने सङ्केत देखिएको छ । तर मुद्रास्फीतिको वृद्धिदर भने दुई अङ्कबाट तल र्झने छाँटकँाट छैन ।

शोधान्तर घाटा बढ्ने क्रम जारी छ र राजस्वको वृद्धिदरमा कमी आएको छ । बैंकिङक्षेत्र तरलताको सङ्कटमा फसेको छ । खाद्यान्न्ा सङ्कट बढ्ने सङ्केत देखिएको छ । बैंकहरूबाट कर्जा लिने कर्जावालहरूले समयमै ऋण तिर्न नसक्दा डिफल्टरहरूको अनुपात र सङ्ख्या बढ्दैछ । लगानीको अनुपातमा निक्षेप परिचालन गर्न नसक्दा बंैकिङ क्षेत्रमा तरलता सङ्कट चुलिएर गएको छ । नेपाल राष्ट्र बैंकले विना गृहकार्य र दीर्घकालीन सोच नराखी सुधारका लागि गरेका अधिकांश प्रयास असफल सावित भएका छन् । लोडसेडिङ कायम छ, सरकार स्वयंले ऊर्जासङ्कट घोषणा गरेको छ । ऊर्जाको कमी तथा बिग्रँदो व्यवस्थापन र असहज श्रमिक सम्बन्धको कारणले औद्योगिक उत्पादनमा ह्रास आएको छ । ऊर्जा सङ्कटले सीमा नाघेको छ, बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । यसले एकातिर अर्थतन्त्रलाई तहसनहस पारेको त छ नै अर्कातिर स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि न्यायोचित मूल्यमा गुणस्तरीय सेवा पुग्न सकेको छैन । शिक्षा र स्वास्थ्यमा पर्ने असर दीर्घकालीन हुन्छ र यसले समग्र मानवीय संसाधनको विकासमा भाँजो हाल्दछ । कतिपय अवस्थामा यसले राष्ट्रिय स्वाभिमानलाई पनि ठेस पुर्‍याएको महसुससमेत भएको छ ।
 गतवर्ष पङ्क्तिकार थाइल्यान्डको भ्रमणमा जाँदा एकजना अमेरिकी नागरिकसँग भेट भएको थियो । भ्रमणको सिलसिलामा आ-आफ्नो परिचय दिंदै नेपालको नाम लिनासाथ ती मित्रले नेपालमा दिनको १८ घण्टासम्म लोडसेडिङ हुन्छ रे भने । पङ्क्तिकार निजलाई नेपाल घुम्न सल्लाह दिने पक्षमा थियो तर उनले नेपाल भ्रमण गर्न योग्य नभएको भन्ने सङ्केत दिन खोजे । यसबाट लोडसेडिले राष्ट्रिय सम्मानको विषयमा कस्तो सन्देश दिएको रहेछ भन्ने कुरा छर्लर्ङ्ग हुन्छ । यता पर्यटनवर्ष घोषणा भए पनि पर्यटकको आगमन र त्यसबाट आर्जित आयले अर्थतन्त्रमा योगदान र भूमिका देखाउन सकेको छैन । पर्यटन प्रवर्द्धनका कार्यहरू परम्परागत शैलीमा मनाइने महोत्सव नामका ध्वजापताका झुण्ड्याइएका क्षणिक क्रियाकलापमा सीमित छन् । यसले गुणस्तरीय पर्यटक भित्र्याउनमा योगदान गर्न सक्ने लक्षण देखापरेको छैन । विप्रेषणमा आधारित अर्थतन्त्रको वृद्धिदर पनि विगत वर्षभन्दा कम छ । बजेटसमेत ढिला आएका कारणले सार्वजनिक कोषबाट जनताको हातमा आर्थिक साधन पुग्न सकेको छैन । ढुकुटीमा रकम थन्किएको नतिजाको प्रभाव बैकिङ तथा लगानीको क्षेत्रमा देखापरेको छ । नेपाल राष्ट्र बैकसँग करिब ३० अर्ब नगद बचत थन्किएको छ । यसरी बैकिङ क्षेत्रको प्रभावको नतिजा पैठारी, खर्च र उपयोगमा देखिएको छ । फलस्वरूप राजस्व परिचालनको अङ्क प्रक्षेपण गरेभन्दा कम उठेको छ । व्यापारघाटा बढ्ने क्रम जारी छ भने डलर भुक्तानी गरी भारतीय रुपियाँ खरिद गर्ने कार्यमा कमी आएको छैन । समग्रमा आर्थिक दृष्टिले नेपालको स्थिति कोमामा पठाउन लागिएको सिकिस्त बिरामीको जस्तोे छ ।
सामाजिक अवस्था त्यत्तिकै नाजुक छ । सामाजिक सद्भावको जग खुकुलो भएको होकी भन्ने आशङ्का सर्वसाधारणमा उब्जएको छ भने शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्र भद्रगोल छ । सामान्य औषधि-उपचारसमेत उपलब्ध गराउन नसक्दा मानिसको ज्यान जोखिममा परी जनताले असहृय पीडा भोगिरहेका छन् । भ्रष्टाचार संस्थागत र खुला भएकाले राष्ट्रिय आम्दानीको ठूलो रकम भ्रष्टाचारमा प्रवाहित भई उक्त रकम बैकिङ वृत्तमा नआउनाले तरलता सङ्कटमा त्यसको योगदान थपिएको छ । सुरक्षाको स्थिति पनि अत्यन्तै कमजोर छ, राजधानीमा समेत जीउ धनको सुरक्षा छैन । असामाजिक तथा आपराधिक समूह र तत्वहरू कथित राजनीतिक समूहमा रूपान्तरण हुँदै आफ्नो धन्दा सञ्चालनमा व्यस्त छन् । उता सरकार पूरक बजेट, पूर्ण बजेट र श्वेतपत्रको भुमरीमा अल्मलिएको छ । यी सबैको कारण खोज्ने हो भने गलत दिशातर्फ रूपान्तरण भएको राजनीतिलाई कारक तत्वको रूपमा लिन सकिन्छ किनभने राजनीतिक नेतृत्व आफूलाई दिएको जिम्मेवारी पूरा गर्न असक्षम देखिएकोले जनता यसबाट टाढिन र नाक मुख छोप्न थालेका छन् । विगतबाट नै सरकारका नियुक्तिहरू विवादास्पद हुँदै गएका छन् । संवैधानिक अङ्ग तथा राष्ट्रिय योजना आयोग आदि ठाउँमा योग्यभन्दा आफ्नो मानिसको नाममा असक्षम, अयोग्य र विषय एवं क्षेत्र नमिलेकाहरूलाई नियुक्ति गर्ने विगतदेखिको क्रममा सुधार हुने छाँट छैन । राजनीतिक दलहरू आन्तरिक तथा अन्तरदलीय विग्रहलाई व्यवस्थापन गर्नुभन्दा त्यसलाई बढाउनमा लागिपरेका छन् । अन्तरिम संविधानले दुई वर्षमा संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई सुरक्षित अवतरण गर्न दिएको समयको अतिरिक्त थपिएको एक वर्षको म्याद पनि समाप्त हँुदैछ । यस अवस्थामा आफ्नै जिम्मेवारी समयमा पूरा गर्न नसकेका विधायकहरू रहेका समितिहरूले राज्य संयन्त्रका अन्य निकायलाई दिने निर्देशन र आदेश कत्तिको फलदायी होलान् ? तिनको पालना कत्तिको होला ? जिज्ञासाकोे विषय बन्दै गएको छ ।
देशको हितमा हेर्ने हो भने परिणाम हात लाग्यो शून्य भएको छ । यसरी देश सबै कोणबाट रसातलतिर किन जाँदैछ ? यो प्र्रश्नको उत्तर खोज्दा सामान्य मगजले पनि के निष्कर्ष निकाल्छ भने हाम्रो राजनीतिक नेतृत्व अत्यन्त सामान्य, दीर्घकालीन सोच र क्षमता नभएको छ भने देशको परिस्थिति र अवस्था असाधारण छ । कुनै असाधारण र असाध्य रोगको उपचार पनि असाधारण क्षमताले गर्नुर्पर्छ तर नेपाली जनताले विश्वास गरेको नेतृत्वको कमजोरीले यो परिस्थिति सिर्जना भएको हो । तसर्थ हालको नेतृत्वले अत्यन्तै शीघ्रताका साथ आफूलाई असाधारण र विलक्षण प्रतिभा भएको नेतृत्वमा रूपान्तरण गर्ने क्षमता देखाउन सक्नुपर्दछ । यसका लागि विषयवस्तुलाई हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्छ । आँखाले हेरे जस्तो हुनुपर्छ, क्यामराले कैद गरे जस्तो होइन । दृष्टिकोणलाई फराकिलो बनाएर ठूलो क्षितिजमा आँखा दौडाउने हो भने रछ्यान मात्र होइन सुन्दर वस्तु पनि देखिन्छ । हिमाल, पहाड, फाँट र आकाश पनि देखिन्छ । अनि ठूलो दृश्यपटलबाट राम्रो कुराको छनोट गर्न पाइन्छ तर हाम्रो नेतृत्व टाँगेघोडा जस्तो सत्ता, सरकार, मन्त्रालय र बजेटको साँघुरो घेराभित्र विचरण गर्न अभ्यस्त भएको छ, फराकिलो क्षितिजमा उसको दृष्टि पुग्दैन । सुन्दर कुराहरू अलि टाढा छन् । संविधान निर्माण, राजनीतिक द्वन्द्वको पूर्ण अवसान, त्यसपछिको स्थायी सरकार निर्माण तथा देशको समुन्नतिका दृश्यहरू क्षितिजको माथिल्लो तलामा छन् तर हाम्रो नेतृत्वको आन्तरिक र बाहृय दुवै दृष्टि यहाँ पुग्नै सकेको छैन ।
देशका युवा र कर्मशील व्यक्तिहरू सिर्जनाको खोजीमा छन् । च्याउ खेती, गाईपालन र बाख्रापालन तथा खानी र प्रशोधन उद्योगदेखि ऊर्जा उत्पादनसम्मका उद्यम गर्ने वातावरणको खोजीमा छन् तर नेतृत्वले यसमा पटक्कै ध्यान दिँदैन । अब
यस्तो कमजोरी बिसाउनुपर्छ । अनि ज्ञान योग्यता, सदाचार तथा दूरदर्शिताको गहकिलो भारी बोकी आफ्नो क्षमता र योग्यता प्रदर्शन गर्नुपर्छ । अन्यथा न हँासको चाल न कुखुराको चाल भएको वर्णसङ्कर नेतृत्वबाट देशले निकास पाउन सक्ने स्थिति देखिएको छैन । होइन भने आम नागरिक असाधारण नेतृत्वको खोजीमा लाग्न सक्छ । त्यस्तो नेतृत्वको खोजी गर्ने समयक्रम र प्रवाहसँगै विद्यमान नेतृत्व कालखण्डको ब्ल्याकहोलमा विलीन हुन पनि सक्छ, त्यसलाई कसैले छेकेर छेकिने छैन ।
डा.चन्द्रमणि अधिकारी
गोरखापत्र  
 

Tuesday, May 3, 2011

बिन लादेनका संयोग र वियोग

आतंकवादी यात्रा

ओसामा बिन लादेनको १० मार्च १९५७ मा साउदी अरबको एक धनी परिवारमा जन्मे । मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी । मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन् । उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो । जब लादेनका बाबुको १९६८ मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे । 
साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजिकिए । 
अनेकाँै बहस र अध्ययनपछि पश्चिमी देशमा बढेको सामाजिक र पारिवारिक मूल्यको पतनविरुद्धमा देखापरे । त्यसअघि आफ्नो परिवारसँग युरोप घुम्न जाँदा 'फेसेनेबेल ड्रेसअपु मा देखिएका थिए । तर जब १९७९ मा सोभियत संघले अफगानिस्तानमाथि हमला गर् यो ओसामाले सुख-सुविधाको जीवन त्यागे र मुजाहिद्दिनसँग हात मिलाए । 

१९९४ मा अमेरिकी दबाबका कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो । त्यसपछि उनी सुडान हँुदै १९९६ पुनः अफगानिस्तान पुगे । 
१९९८ मा केन्या र तान्जानियाका अमेरिकी दूतावासमा भएको बम हमलामा दुई सय २४ मारिए भने पाँच हजार घाइते भए । अमेरिकाले त्यो हमलाको मुख्य योजनाकार बिन लादेन भएको अमेरिकाले आरोप लगायो । 
यसपछि अमेरिकाले ओबामालाई दुस्मनका रुपमा हेर्न थाल्यो । अमेरिकी गुप्तचर संगठनले उनलाई समाप्त गर्न दुई करोड पचास लाख अमेरिकी डलरको पुरस्कार राशिसमेत तोक्यो । 
पूर्वी अफगानिस्तानमा ६ प्रशिक्षण शिविरमा अमेरिकाले ओसामालाई मार्न ७५ वटा क्रुज मिसाइल हान्यो तर एक घन्टाअगावै बिन त्यहाँबाट फरार भइसकेका थिए । 
विन अपि्रुकामा बम विस्फोट १९९३ मा वल्र्ड ट्रेड सेन्टरमा बम विस्फोट १९९५ मा रियादमा कार बम विस्फोट र साउदी अरबमा ट्रक बम हमलाको दोषी पाइए । 
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टर ध्वस्त पारेपछि बिन लादेन विश्वका सबै मानिसले चिन्ने पात्र भइसकेका थिए ।त्यो हमलापछि बिन लादेन अनेकौँ पश्चिमी देशका लागि अन्तर्राष्ट्रिय आतंकवादी थिए भने केही मानिसका लागि इस्लाम धर्ममा श्रद्धा राख्ने महान् नायक पनि । उनले जिहादको नाममा विश्वका महाशक्ति राष्ट्रलाई तसा्रइरहे । 

अफगानिस्तानमा अरबी मानिससँग मिलेर अभियान चलाउने समयमा उनले अलकायदाको मूल संगठन स्थापना गरे । अफगानिस्तानबाट फर्केपछि उनले साउदी अरबका शासकको विरोध गर्नसमेत भ्याए । ओसामा भन्थे ुसाउदी अरबको शासकले नै अमेरिकी सेनालाई साउदी अरबमा िभœयाएका हुन् ।ु मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८ मा अमेरिकाको विरुद्धमा युद्धको घोषणा गरेका थिए । 


हिटलर र लादेनको अन्त एकै दिन

दोस्रो विश्वयुद्धमा युरोपलाई तहस-नहस बनाउने योजनाकार जर्मन तानाशाह हिटलर र बिन लादेनको मृत्यु एकै दिन भएको छ । हिटलरको पनि मे १ मा मृत्यु भएको थियो । कतिले यसलाई संयोग मानेका छन् भने उनीहरुको अन्त्यलाई सत्यको विजय ठानेका छन् । मानव विनाश र आतंकारी कदम रच्ने दुवै उस्तै नियतधारी हुन् ।
दोस्रो विश्वयुद्धमा जर्मनीको नराम्रो हार भएपछि हिटलरले आत्महत्या गरेका थिए । १९४५ मे १ मा उनको मृत्युको खबर सार्वजनिक भएको थियो । उनले ३० अपि्रलको दिन आत्महत्या गरेको दाबी गरिन्छ । बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानको राजधानी इस्लामावादबाट एक सय ५० किलोमिटर दूरी रहेको एबटावादमा मारेको जनाइएको छ । अमेरिकी साचारमाध्यमले राष्ट्रपति बाराक ओबामाको हवाला दिँदै स्थानीय समयअनुसार रातको साढे ११ बजे बिन लादेन मारिएको घोषणा गरेका छन् । अब अमेरिकाको टाउको दुखाइ कम भए पनि आतंवादविरुद्धको कारबाही अन्त्य भने नभएको जनाएका छन् । लादेनको खोजी अमेरिकी र नेटोका सेनाले गरिरहेका थिए ।
ज्योतिषशास्त्रीहरुले मारिने दिन दशा ठीक नभएको बताएका छन् । मे १ र २ मा लादेनको मीन राशीलाई ठीक थिएन । आइतबार राति मीन राशीसँग चार ग्रह रहेकाले त्यसबाट बन्न ुचतुगर््रहीु योगलाई अशुभ मानिन्छ । मीन राशीमा बुध शुक्र मंगल र वृहस्पति एकसाथ छन् । मीनमा रहेको मंगल उग्र हुनुलाई ज्योतिषहरुले िहंसाको कारक माने । ज्योतिषशास्त्रका अनुसार वृहस्पतिलाई धर्मी ग्रह मान्ने गरिन्छ । वृहस्पति सँगै मीन मिलेको योग नै लादेनका लागि खराब थियो । उनीहरुको भनाइ छ ुत्यही नै उनको मृत्यु कारक बन्यो ।ु 

यसरी थालियो महलमा कारबाही
इस्लामावादबाट ५० किलोमिटर उत्तर-पूर्व ऐबटावादमा आइतबार अचानक एउटा हेलिकोप्टर देखियो । जुन निकै तेज गतिमा थियो । पाकिस्तानी टिभी च्यानल ुएक्सप्रेसुले यसको पुष्टि गर्दै हेलिकोप्टर एबटावादस्थित बिलाल कोलनी पुग्यो र करिब तीस हजार गज परको तीनतले मन्जिललाई निशाना बनायो । मन्जिलमा चारैतिर काँडेतार लगाएर १२ फुट अग्लो पर्खालले घेरिएको थियो । साथै पर्खालमा सिसी क्यामेरासमेत जोडिएको स्थानीय बासिन्दाले बताएका छन् । शनिबार राति साढे १२ बजे अभियान सुरु हुँदा आकाशमा एकाएक हेलिकोप्टर देखेपछि स्थानीय बासिन्दाले आतंकित महसुस गरेका थिए ।
पाकिस्तानी टेलिभिजन एक्सप्रेसले प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै दुइटा हेलिकोप्टर घरबाहिर उत्रिएका र त्यसबाट निस्किएका मानिसले पाकिस्तानी भाषामा स्थानीय बासिन्दालाई टाढा जान भन्दै मन्जिलभित्र पसे । त्यसपछि तुरुन्तै गोली चलेको आवाज सुनियो । त्यसपछि उनीहरुले एकजना मानिसलाई बाहिर लिएर आए । कारबाही करिब ४० मिनेट चलेको थियो । घरमा दुइटा सुरक्षा गेट थिए । त्यहाँ टेलिफोन र इन्टरनेटको व्यवस्था भने थिएन ।
स्थानीय बासिन्दाका अनुसार यसबीचमा आएको तेस्रो हेलिकोप्टरले घरमा मिसाइल हान्न सुरु गर् यो । जवाफमा घरभित्रबाट समेत गोली चलेको र हेलिकोप्टर बंगलाभित्रै दुघटना भयो । त्यसमा कतिको मृत्यु भयो भन्ने अझै खुलेको छैन । 
स्थानीय समाचार च्यानलहरुले लादेनसहित उनका तीन छोरा र तीन सहयोगी पनि मारिएका छन् ।
स्थानीय समयअनुसार राति साढे एक बजे कारबाही सकियो । त्यसपछि पाकिस्तानी सेना घटनास्थल पुगेर इलाकालाई आफ्नो कब्जामा लियो । तालिवान र अलकायदाका सदस्यले पनि बिन लादेनको मृत्युको पुष्टि गरेका छन् । उनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुले जनाएका छन। ।

खोजेको दस वर्षमा मारिए
अमेरिकाले आतंकवादी घोÈणु गरेको संगठन अलकायदाका मास्टर माइन्ड लादेनको खोजी थालेको दस वर्षमा मारिए । सेप्टम्बर ११ मा ट्विन टावर हमलापछि अमेरिकाले विश्वभरि उनको खोजी तीव्र बनाएको थियो । आतंकवादविरोधी कारबाहीमा तीन हजारभन्दा बढीको मृत्युपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन् । लादेन मारिएकोमा अमेरिकाभरि खुसियाली मनाइएको छ । लादेनको मृत्युपछि विश्वभरिका अमेरिकी कार्यालयमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । अलकायदाका सदस्यहरुले प्रतिकार गर्नसक्ने खतरालाई ध्यान दिँदै यस्तो निर्देशन गरिएको अमेरिकी साचारमाध्यमहरुले 
जनाएका छन् ।

बुसले भने- जित्यौँ
अमेरिकी सैनिक आक्रमणमा मारिएका लादेनको समुद्रमा अन्त्येष्टि गरिएको अधिकारीहरुले जनाएका छन् । लादेनको शवलाई मिुस्लम परम्पराअनुसार नै अन्त्येष्टि गरिएको र त्यसबारेमा थप विवरण्ँ आउन नसकेको साचारमाध्यहरुले जनाएका छन् । लादेन मारिएकोमा खुसी प्रकट गर्दै अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले यो अमेरिकी जित भएको टिप्पण्ँी गरेका छन् ।

पाकिस्तानको स्वर्गमा मारिए लादेन

बिन लादेन पाकिस्तान तथा अफगान्ािस्तानको सीमामा पर्ने गुफामा लुकिबसेको अड्कल गर्दै खोजी गर्ने अमेरिकी तथा नेटो सेना चित खाएका छन् जब उनी पाकिस्तानको सुन्दर नगरीमा फेलापरे । विकट ठाउँमा लुकिबसेको भन्ने उनीहरुको खोजी अन्ततः मे १ को राति गलत साबित भयो । पाकिस्तानको राजधानी इस्लामावादबाट ५० किलोमिटर नजिकै पर्ने एबटावाद सहरको एक कोलोनीमा फेलापरेका थिए लादेन । त्यहाँ संसारकै खुंखार आतंकवादी बसेका छन् भन्ने आँकलनसमेत गरिएको थिएन । चारैतिर पहाडले घेरेको सो ठाँउमा गर्मीयाममा पाकिस्तानी पर्यटकको घुइँचो लाग्ने गर्छ । शिक्षा र सैन्य संस्थानसमेत रहेको सो सहरमा लादेन लुकिबसे होलान् भन्ने स्थानीयवासीले पत्याएका थिएनन् । बि्रटिसको नियन्त्रणमा हुँदा हजरा जिल्लाको सदरमुकाम थियो ।नयापत्रिका