Showing posts with label toursim. Show all posts
Showing posts with label toursim. Show all posts

Saturday, May 14, 2011

लुम्बिनीका उत्कृष्ट होटल तथा रिसोर्टहरू

यसपटक नजिकिँदै गरेको बुद्धजयन्तीका दिन तपाईंले आफ्नो गन्तव्य विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई छान्नुभएको छ र त्यहाँ गएर तपाईंहरू कहाँ बस्ने भनेर हतारिनु भएको छ भने तपाईंहरू आत्तिनु पर्दैन । लुम्बिनीमा तपाईंहरूको बजेटअनुसार एकसेएक होटलहरू सञ्चालित छन् ।
यस पटकको गन्तव्यमा हामीहरूले लुम्बिनीमा सञ्चालित उत्कृष्ट होटल तथा रिसोर्टहरूका बारेमा केही जानकारी पस्केका छौं । लामो दूरी तय गरेर तपाईं लुम्बिनी पुग्दा त्यहाँका होटलहरूले पस्कने आतिथ्यता, सेवा र सुविधाबाट तपाईं प्रसन्न हुने मात्र होइन यात्राका क्रममा भएका थकानहरू पूरा हुनेछन् ।
लुम्बिनीमा पर्यटकीय स्तरीय तथा साना ठूला गरी दुई दर्जन होटल छन् । ठूलास्तरीय होटलहरूले पनि नेपालीहरूको खर्चले भ्याउने गरी कोठाहरू उपलब्ध गराइरहेको लुम्बिनीमा अवस्थित सबैभन्दा पुरानो जापानीज होटल होक्केका प्रबन्ध निर्देशक सुभाष शर्माले बताए । नेपाल पर्यटन वर्ष–२०११ लाई लक्षित गर्दै लुम्बिनीका होटलहरूले आन्तरिक पर्यटकलाई समेत लक्षित गरी सेवा सुविधा उपलब्ध गराइरहेको शर्माले बताए । २५ वर्षअघिदेखि सञ्चालित होक्के होटलमा जापानीज शैलिका २० र पश्चिमेली शैलीका ७ गरी २७ कोठा छन् । होटलमा मेडिटेसन सेन्टर, जापानीज स्पा(उफुरो) जापानी परिकारका साथै थाई, कन्टिनेन्टल, चाइनिज र नेपाली शैलीका परिकार उपलब्ध रहने शर्माले बताए । करिब ३ बिघा क्षेत्रफलमा फैलिएको होटलमा चारैतिर रहेको हरियालिले थप आकर्षण दिएको छ ।
लुम्बिनीमै अर्को स्तरीय होटल पार्क भिलेज होटल एन्ड रिसोर्ट (पुरानो बुद्धमाया होटल)ले त विद्यार्थीहरूलाई सहुलियत दरमा कोठा उपलब्ध गराउँदै आएको  छ । रिसोर्टका प्रबन्धक सुरज गुरुङले सहुलियत दरमा दैनिक १० कोठा  विद्यार्थीलाई उपलब्ध गराइरहेको बताए । पार्क भिलेजमा अहिले ५० कोठा रहेको र छिटै ३० कोठा थपिने प्रबन्धक गुरुङले बताए । रिसोर्टमा लोटस पोन्ड, मेडिटेसन सेन्टर, बर्च वाचिंग लबी, दुई रेस्टुरेन्ट, ४ वटा अपार्टमेन्ट भान्छा उपलब्ध छन् ।
उता नेपाली पर्यटकलाई आकर्षित गर्न बाँसैबाँसले बनेको लुम्बिनी ब्याम्बो रिसोर्टले पनि सहुलियत दरमा स्तरीय कोठाहरू उपलब्ध गराउँदै आएको सञ्चालक जुजु भाइ शाक्यले बताए । नेपाली पर्यटकले नै हाम्रो रिसोर्टमा गन्तव्य बनाइरहेको उनको भनाइ छ । रिसोर्टमा २५ वटा कोठाहरू छन् आकर्षिक गार्डेन, रेस्टुराँ, मेडिटेसन कोठा, सभा कक्षको समेत सुविधा छ भने सबै कोठाहरू छन् । रिसोर्टले नेपाल पर्यटन वर्षलाई लक्षित गरी अन्य भौतिक पूर्वाधारसमेत बनाइरहेको शाक्यले बताए । उनले अतिरिक्त कोठा, स्वीमिङपुल, टेनिस कोर्टलगायतका विभिन्न सुविधासहितको पूर्वाधार रिसोर्टमा तयार भइरहेको जनाए । कंक्रिटको घरै घर हेरेर हैरान परेका स्वदेशी र विदेशीहरूलाई यो लुम्बिनी ब्याम्बो रिसोर्टले पहिलो नजरमै फरक अनुभूति पस्कने शाक्यको भनाइ छ ।

 उता एक वर्ष अघिदेखि  सञ्चालनमा आएको लुम्बिनीको एक मात्र तीनतारे होटल लुम्बिनी कासाईले पनि नेपाली पर्यटकलाई लक्षित गरी सेवा सुविधा दिएका छन् । यो क्षेत्र बौद्धमार्गी मात्र नभई  विश्वभरिका शान्तिकामीहरूको पवित्रस्थल भएकाले यहाँ आउने पर्यटकहरूलाई सुविधाजनक र आरामदायी बसोबासको मध्यनजर गरी नाफाभन्दा पनि सेवालाई ध्यानमा दिई होटल सञ्चालनमा ल्याइएको लुम्बिनी कासाईका प्रबन्ध निर्देशक केन्टा नागाईले बताए  । १३ एकड क्षेत्रफलमा फैलिएको होटलमा दुइटा  भीभीआईपीसहित ३० वटा कोठा छन् एक पटकमा ६० जनाले रात बिताउन सक्नेछन् ।
होटलमा जापानीज स्टाइलको रेस्टुरेन्टसमेत बनाइएको छ भने युरोपियन स्टाइलको रेस्टुरेन्टसमेत छ । जापानीज पर्यटक मात्र नभई अन्य युरोपियन तथा एसियन मुलुकका बौद्धमार्गीहरू लक्षित ग्राहक रहेको होटलका नेपालस्थित  प्रतिनिधि तथा कानुनी सल्लाहकार डा. तारा सापकोटाले जनाए । होटलमा जापानी, चाइनिज, इन्डियन, कन्टिनेन्टल, मिक्सका साथै नेपाली खानाको व्यवस्था छ ।
लुम्बिनीमा रहेको अर्को स्तरीय होटल  न्यू–क्रिस्टल हो । नेपाली तथा बिदेशी पर्यटकका लागी आकर्षक गन्तव्यका रूपमा रहेको यो होटलमा मेडिटेसन हल, कन्फ्रेन्स हल, बातानुकुलित कोठा,स्तरीय रेस्टुराँ छन् । होटलमा  नेपालीहरूका लागि सहुलियत दर कायम गरिएको होटलका प्रबन्धक पुष्प रत्न तुलाधरले बताए ।
 यीबाहेक लुम्बिनीमा हालै सञ्चालनमा आएको पिस ल्यान्ड होटललाई पनि तपाईंले गन्तव्य बनाउन सक्नुहुन्छ । पिस ल्यान्ड नेपाली पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको सञ्चालक प्रवीन शाक्यले बताए । त्यस्तै लुम्बिनीमा सिद्धार्थ होटल, बुद्धमाया गेस्टहाउसलगायत दुई दर्जन  होटल, रिसोट, गेस्टहाउस सञ्चालनमा छन् ।
कारोबार दैनिक

Tuesday, May 3, 2011

Most Popular Tourist Attractions in South Korea

1. Gyeongbokgung Palace
Built in 1394 under orders of King Taejo, the first king and founder of the Joseon Dynasty. The Gyeongbokgung Palace houses the National Folk Museum and the National Palace Museum of Korea. The palace is composed of several buildings including the Gangnyeongjeon (Gangnyeongjeon Hall), which was used as the king's main sleeping and living quarters. It is arguably the most beautiful of its four sister palaces, which are all in Seoul. The Gyeongbokgung Palace was originally a massive complex of 330 buildings and 5,792 rooms. Many of the buildings were destroyed during the Japanese occupation of Korea (1910-1945). Since 1989, the Korean government is in the process of rebuilding the structures that were destroyed.



2. Korean Folk Village

 

The Korean Folk Village is a living museum and it occupies an area of about 243 acres in a natural environment located at Yongin-si, Gyeonggi Province. There are more than 260 houses reproducing traditional Korean homes from the late Joseon Dinasty. Many types of buildings are included, representing all the social classes and different regions of South Korea. Within the village there are also traditional restaurants, a traditional market and various workshops showcasing all the traditional Korean crafts, including metalwork, woodwork, fans, musical instruments and a lot more. The Korean Folk Village also includes a Folk Museum, an Art Museum, performances of traditional dance, as well as an amusement park with rides, games and recreational activities for all the family.

3. Gyeongju Bulguksa Temple

 

The Bulguksa Temple is located on Mt. Tohamsan in Gyeongju National Park, Gyeongju. During the reign of King Gyeongdeok of Silla (751), Kim Daeseong, the premier of the time, started constructing the temple. It was finished during the reign of King Hyegong (774). However, most of the buildings were burnt down when Japan made an aggression against Korea in 1593, during the reign of King Seonjo of the Joseon Period. Only some buildings including Geungnakjeon Hall, Jahamun Gate, and Beomyeongru Pavilion survived from the invasion. However, an excavation of the site from 1969 to 1973 revealed enough information to restore the site to its present condition.

4. Demilitarized Zone DMZ

 

There’s no doubt that the DMZ is one of the key experiences of any visit to Korea, and a great insight into the ethos and emotion that plays a key role in a culture that many regard as divided in half spiritually as well as politically. It’s also the closest you’re likely to get to North Korea, unless the border situation changes. The DMZ is actually a buffer zone between the two countries, and most tours involve staring across no mans land towards the heavily guarded North Korean border posts. The land in between is actually about as heavily militarized as any area of land in the world, lending the name an ironic air, but it’s also a strangely beautiful natural sight, having become home to a host of wildlife.

5. Haeinsa Temple

 

The Temple of Haeinsa, on Mount Kaya, is home to the Tripitaka Koreana , the most complete collection of Buddhist texts, engraved on 80,000 woodblocks between 1237 and 1248. The buildings of Janggyeong Pangeon, which date from the 15th century, were constructed to house the woodblocks, which are also revered as exceptional works of art. As the oldest depository of the Tripitaka , they reveal an astonishing mastery of the invention and implementation of the conservation techniques used to preserve these woodblocks.

6. Jejudo

 

Jejudo or Jeju Island, also known as the “Island of the Gods,” is a popular vacation spot for Koreans and many international visitors. It remains one of the top honeymoon destinations for Korean newlyweds. The island’s mixture of volcanic rock, frequent rains, and temperate climate, make it very similar to the Hawaiian Islands in the U.S. The island offers visitors a wide range of activities: hiking on Halla-san (South Korea’s highest peak), catching sunrises and sunsets over the ocean, viewing majestic waterfalls and lava tubes, Jeju Loveland, riding horses, or just lying around on the sandy beaches.

7. Seoraksan National Park

 

As Korea's most popular national park, Seorak-san gets a tremendous number of visitors to see the leaves turn color every autumn. The park is heavily visited throughout the rest of the year. Seorak-san's craggy peaks are often shrouded in mist, creating a "see of clouds" effect seen in many pictures of the area. The park contains several famous temples, including Baekdam-sa. The inner part of the Taebaek Mountain Range is named Inner Seorak. The other major areas are Outer Seorak and South Seorak. All three areas are divided by Daecheong-bong, the main peak of Seorak-san.

8. Namdaemun Market

 

Named for its nearby namesake of Namdaemun (Great South Gate) and located near the downtown area, one of Korea's largest wholesale markets covers over 10 acres. It is filled with over 1,000 shops, stalls, retailers, street vendors, and has several department stores nearby. Here you can find clothes, shoes, fabrics, tableware, flowers, vegetables, ginseng products, toys, and watches. Under Namdaemun-no (the main street to the north of the market) is an extensive underground arcade.

9. Busan Haeundae Beach

 

Busan is a seaport surrounded by several beaches. The most beautiful of them is the Haeundae-beach. At about 1.5 kilometers in length, it is well worth visiting in the summer as well as the winter. During wintertime, it is a beautiful place to go for a walk, with packs of seagulls overhead. In the summer, the beach is hardly detectable due to all the sunscreens. You can rent boats there and all possible kinds of water sports are catered for in beach proximity. The Busan Aquarium is directly on the beach, and the Yachting Center is in close proximity. In addition, there are many modern hotels at the beach, as well as clubs, bars and so on.

10. Yongpyong Ski Resort

 

The Yongpyong Ski Resort is located at a very inhabitable range of 700 meters above sea level. It is found at the eastern edge of Asia, about 200km from Seoul, the capital city of South Korea. With an annual snowfall average of 250cm, the surrounding area possesses a beautiful environment, which allows for the enjoyment of a wide array of winter sports including skiing from mid-November to early April. On its 4,300 acres, you will find a 45-hole golf course, 31 ski slopes, premium hotels, European-style condominiums and many other leisure facilities that can be enjoyed by the whole family.

Saturday, April 23, 2011

बलाम जान सजिलो कि मलाम

बलाम जानभन्दा मलाम जान सजिलो ।' यो उखान स्याङजाको श्रीकृष्ण गण्डकीमा अझै चर्चित छ । अहिले मिल्ने भएर होइन, पहिलेको कुरा सम्झँदा यो उखान छुट्दैन । नेपालकै ठूलो कालिगण्डकी 'ए' जलविद्युत परियोजना बनेको ठाउँलाई पहिले बलाम भनिन्थ्यो । यस परियोजना बन्नुपूर्व बलाम विकट रहेको उखानबाट थाहा हुन्छ । मलामी जाने काम मानसिक र शारीरिक रूपमा समेत कष्टप्रद हुने तर बलाम जान त्योभन्दा ग्राह्रो हुने भएकोले यस्तो उखान बनेको स्थानीयवासी रेश्मिराज भट्टराई -राजु) ले बताए । उनले भने, 'मिर्मीको मानिस बलाम आउँदैनथे, यताको मानिस उता जाँदैनथे ।' उनी अहिले काम परेका बेला बेलटारी र मिर्मी दिनमा १० पटकसम्म ओहोरदोहोर गर्छन् ।

कालिगण्डकी ए परियोजनाका चालक उनले विगत सम्भिmएर भने, 'एउटै वडा पनि अर्कै देश गए जस्तो थियो ।' अहिले बाटोले गर्दा मानिसको ओहोरदोहोर बढेको छ । अवस्था फेरिएर अहिले बलाम जान सजिलो छ । गल्याङ र जिरोबाट जिप लाग्छ । कालोपत्रे सडकमा गाडी कुदाउँदै गर्दा भट्टराई कहिलेकाहीं सोच्छन्- यहाँ यो परियोजना नभएको भए हामी कहाँ हुन्थ्यौं ? उनी भारतमा गाडी चलाउँथे । यही बाटो पैदल गल्याङ पुगेर उनी भारत जान्थे । परियोजना बनेपछि उनीमात्र होइन, यहाँका धेरै मानिस गाउँ फर्के । उनी र भाइहरूको १ सय रोपनीभन्दा बढी जग्गा परियोजनाले लियो । क्षतिपूर्तिबापत उनले रकममात्र होइन, जागिर पनि पाए । भट्टराईले भने, 'परिवारसँग बसेर घर नजिक जागिर खानुको आनन्द केसँग तुलना हुन्छ र ?' यो परियोजना यहाँका वासिन्दाका लागि वरदान भएको उनले बताए । मानिस व्यावसायिक बने, बिजुली आयो, पानी र विद्यालयको सुविधा भयो । पहिला हातको पाँच हजारमा नबिक्ने जग्गा अहिले एक लाखसम्म पर्छ । यहाँ विदेशी र आन्तरिक पर्यटकको घुइँचो लाग्छ । उनीहरू भन्छन्, 'यही प्रोजेक्टको असर त होला, नत्र यस्तो कुनामा कसरी विकास हुनु ?''यसकै प्रभाव त हो', जैपतेकी लेखमाया थापाले भनिन् । बाटो नबन्दासम्म गल्याङबाट दिनभरको बाटो उनी चामल बोकेर घर लैजान्थिन् । त्यही घरमा अहिले गल्याङबाट एक घन्टामा पुग्छिन् । बसले नै सबैथोक बोक्छ । अझै उनलाई जिपमै काँक्रो खान मनलागेको छ । चोक-चोकमा काँक्रो, कुरकुरे र चट्पटे बेच्ने मानिस झ्याल-झ्याल आएर सोध्छन् । भनिन्, 'ओहो म त अझै ढिला जन्मन पाएको भए के-के देख्थेँ जस्तो लाग्छ ।' उनलाई आफ्ना सन्ततिको भविष्य अझ
उज्ज्वल होला जस्तो लाग्छ । कालिगण्डकीमा बाटो आउने रे भनेर रूखमा बोर्ड टाँसेको उनलाई भर्खर जस्तो लाग्छ । हाम्रो पालामा त यस्तै होला जस्तो लाग्थ्यो रे । तर हेर्दाहेर्दै गाउँ फेरिएको छ । छोराछारी बोर्डिङ स्कुल पढ्छन् । घरमै गाडी आउँछ । महिलाले पनि पैसा कमाउन थालेका छन् । पहिला उनी गाउँमा एक-दुई कुरा बोल्दासमेत 'यो आइमाई भलाद्मी भएर हिँडेकी' भन्थे । अहिले आफूले जान्न र सिक्नपर्‍यो, जहाँ पनि आफ्ना कुरा राख्न सकिन्छ ।' लेखमायाको आडमा सुँगुरको बच्चा च्यापेर बसेकी हनिमाया थापाले थपिन्, 'मलाई पनि त्यस्तै लाग्छ, तरकारी लगायो भने यहीं बिक्री हुन्छ । पशुपालन पनि व्यावसायिक भएको छ ।' बिजुली आएपछि धेरैले टीभी हेर्न र कम्प्युटर चलाउन जानेका छन् । त्यसले सूचना र सञ्चारमा गाउँको पहुँच बढेको छ । स्कुल टाढा भएको कारण लेखमायाले पढ्न पाइनन् । घरमा आयस्रोतको बाटो पनि थिएन । यहाँका धेरै मानिस कामको खोजीमा भारत जान्थे । अहिले वैदेशिक रोजगारमा जाने मानिस कम छन् । यस परियोजनाको रेकर्डमा स्याङजा, गुल्मी र पाल्पाको गरी कुल १० वटा गाविस प्रभावित थियो । तर यहाँका वासिन्दा २० भन्दा बढी गाविसलाई प्रभावित क्षेत्रमा राख्छन् । उनीहरूलाई यसले निकै फाइदा पुर्‍याएको अनुभव छ । ती अनुभव गर्ने मध्येका एक हुन्, पर्वतका मनबहादुर क्षत्री । कालिगण्डकीको बाँधमा चलेको स्टिमरमा टिकट काट्दै गरेका उनलाई यस परियोजनाले धेरै फाइदा पुर्‍याएको अनुभव छ  । बिजुली निकाल्नका लागि बाँध नबाँधेको भए यहाँ स्टिमर चल्दैनथ्यो, उनी ३ घन्टा हिँडेर सेतीवेणी जानुपथ्र्यो । सामान ढुवानीले महङ्गो पथ्र्यो । अहिले उनी स्टिमरमा सामान राखेर आधा घन्टामा सेतीवेणी पुग्छन् । उनले भने, 'उहिलेका मान्छेले काटेको दुःख त वनमान्छेले पनि काटेन ।' उनी हिँडेर गोरखपुर पुग्थे । बुटवलबाट नुन ल्याएर खान्थे । ७५ वर्षकी गोमता भण्डारीले हाँसो गरिन्, 'अहिले बाटो बनेपछि घरमा नुन हुन्न, घर नजिकै छ, ल्याउला'नि भन्ने हुन्छ ।' चिनेको पसल नजिक हुँदा पैसा नहुँदा उधारोसमेत खान पाइने । भनिन्, 'टाढा जाँदा कहाँ दिन्थे र ?'जल यातायातले धेरैलाई रोजगारी दिएको छ । परियोजनामै पनि १ सय ८० कर्मचारीमा ९५ प्रतिशत स्थानीयवासी छन् । त्यसैले आन्दोलन र राजनीतिमा यहाँका मानिस कम सक्रिय छन् । द्वन्द्वले समेत यस क्षेत्रलाई ठूलो प्रभाव पारेन । 'किनभने यहाँका मानिसलाई अभाव र अन्त लाग्ने फुर्सद नभएर' भन्छन् परियोजनाका निमित्त प्रमुख राजेश पाण्डे । परियोजना सफल हुनुमा स्थानीयवासीको ठूलो भूमिका छ भन्ने उनलाई लाग्छ ।देशका धेरै जलविद्युत आयोजनामा बेला-बेला स्थानीयको ठूलो विरोध हुन्छ । योमात्र एउटा परियोजना हो, जसमा स्थानीयको विरोध भएन । उल्टो उनीहरूले वातावरण बिग्रने हुनाले यहाँ परियोजना ल्याउनहुन्न भनेर त्यसबेला विरोध गर्ने गोपाल शिवाकोटीलाई घाँस खुवाएका थिए । यसले वातावरण र संस्कृति नबिगे्रको स्थानीयवासी बताउँछन् । इटालीका नागरिक बसेकोले इटाली चोक नामकरण भएको चोक यहाँ छ । चोकमात्र इटाली भएन, स्थानीयले विदेशीको मिहेनती
स्वभाव पनि सिकेका छन् ।कालिगण्डकीमा माछा मारेर जीवनयापन गर्ने माझी समुदायको जीवन पनि सुधि्रएको छ । उनीहरूका लागि २० वटा पक्की घर र जागिर दिइएको छ । उनीहरूका बच्चा पढ्न एउटा प्राथमिक विद्यालय छ । 'यो नहुँदो हो त यतिबेला हाम्रा छोराछोरी माछा मार्दै हुन्थे होलान्' मोहन बोटेले भने । यो परियोजनाको गुरुयोजना सन् १९७० मा बनेको थियो । सन् २००२ मा करिब २१ अर्बको लगानीमा निर्माणकार्य सम्पन्न भएको हो । यसमा ३ वटा टर्वाइन छन् । त्यसबाट वाषिर्क ८४ करोड युनिट विद्युत उत्पादन हुन्छ । यसरी विरोध नभई विद्युत उत्पादन गर्ने परियोजना बने देशमा लोडसेडिङको समस्या नपर्ने मात्र होइन, देश विकाससमेत हुने स्थानीयवासी बताउँछन् ।
बसंती बस्तोला
कांतिपुर

Saturday, April 9, 2011

मोनाकोका घर विश्वकै मह“गो

मोनाको २०१० मा पनि लगातार तेस्रो वर्षमा विश्वकै महँगो विलासी आवासीय बजारका रूपमा रहन सफल भएको छ । व्यक्तिगत आय कर नलगाउने यो भूमध्य क्षेत्रमा धनी खरिदकर्ताहरूबाट माग बढेकाले विश्वकै महँगो हुन पुगेको हो ।
मोनाकोको घर र अपार्टमेन्टका लागि सरदर मूल्य प्रतिवर्गमिटर ६५ हजार ६ सय अमेरिकी डलर रहेको लन्डनस्थित सम्पत्ति दलाल नाइट ‘फ्य्रांक एलएलपी’ले जारी गरेको ‘ग्लोबल इन्डेक्स अफ लक्जरी प्राइसेस’मा उल्लेख छ ।
प्रतिवर्गमिटर ५६ हजार ३ सय डलरसहित लन्डन दोस्रो महँगो बजार रहेको  छ । पेरिस भने ४० हजार ५ सय डलरसहित पाँचौं स्थानमा छ । अन्य तीन सर्वाधिक महँगा ठाउँ पनि फ्रान्समा रहेका छन् ।


गत वर्ष मोनाकोको सबैभन्दा महँगो खरिद ‘ला बेले इपोक्वी’ रहेको छ ।  १७ हजार ५ सय वर्गफिट (१ हजार ६ सय वर्गमिटर) को ला बेले सेप्टेम्बरमा क्रिश्चियन तथा निक क्यान्डीले ३४ करोड अमेरिकी डलरमा बिक्री गरेको थियो । खरिदकर्ता मध्यपूर्वका भए पनि नाम खुलाइएको छैन ।
“लन्डन, न्युयोर्क र पेरिसजस्तै गत वर्षको सफलताको कथाले विश्वव्यापी ब्रान्ड र माग आवश्यकतामा विविधता भए फाइदा हुने कुरालाई पुष्टि गरेको छ,” नाइट फ्य्रांकका आवासीय अनुसन्धान प्रमुख लियाम बेलीले भने ।
पूर्वाधार, राजनीतिक सुरक्षा र कानुनी स्थायित्वले दीर्घकालसम्म पनि मोनाकोको भूमिका असाधारण हुने पनि उनको भनाइ छ ।
विश्वको विलासी आवासीय बजारमा तीव्र मूल्यवृद्धिको सूचीमा भने सांघाइ नाम दर्ता भएको छ ।
सांघाईमा विलासी घरको मूल्य २१ प्रतिशतले वृद्धि भई प्रतिवर्गमिटर १७ हजार ७ सय डलर पुगेको नाइट फ्यांक सूचकांकमा उल्लेख गरिएको छ । यो मामिलामा चिनियाँ सहरपछि मुम्बई र सिंगापुर रहेका छन् ।
कारोबार दैनिक  

Saturday, February 26, 2011

Nepals Lukla Airport.....

Nepals Lukla Airport..........
  one of the most dangerous airport around the world
video part 1&2

part 1

part 2

Wednesday, February 23, 2011

होटल र विमानको बुकिङ उच्च

पर्यटन वर्ष घोषणापछिको पहिलो पर्यटकीय मौसम सुरु नहुँदै देखिएको उत्साहप्रद बुकिङले आथित्य सत्कार उद्योगमा उत्साह थपेको छ । आगामी तीन महिना मार्च, अप्रिल र मेका लागि होटल र विमान कम्पनीमा अहिले नै ८० प्रतिशत बुकिङ भइसकेको छ । यस आधारमा २०१० को यही अवधिभन्दा उल्लेख्य संख्यामा बढी पाहुना भित्रिने आशामा व्यवसायी छन् ।
सरकारले गोष्ठी सेमिनार र बैठकका लागि आउने (माइस) पर्यटकलाई प्रोत्साहित गरेकाले पनि यसको सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । राजधानीका प्राय सबै पाँचतारे होटलले ब्लक बुकिङ उत्साहजनक भएको बताए । १ सय पर्यटक ल्याउनेलाई प्रोत्साहनस्वरूप नगद ५ लाख दिने घोषणा यो वर्षको बजेटले गरेको छ ।

यो वर्षको पहिले पर्यटकीय मौसममा नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय देखिएका छन् । त्यसपछि कोरियाली, इटालीयाली, फ्रान्सेली र चिनियाँ पर्यटकको बुकिङ उच्च भएको शाहले बताए । 'यो निकै राम्रो संकेत हो,' उनले भने । त्यस्तै याक एन्ड यतीका बिक्री तथा बजार निर्देशक भरत जोशीले पनि यो मौसममा होटल अकुपेन्सी ८० र ९० प्रतिशतको बीचमा रहने बताए । 'मार्चमा ८० नाघ्नेछ,' उनले भने 'अपि्रलमा अझै बुकिङ बढ्ने संकेत पाएका छौं ।'
अहिले घुम्न, पदयात्रा र पर्वतारोहणभन्दा पनि बढी अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठी (माइस) का लागि आउने पाहुना बढी हुने उनले बताए । 'युएन, राजदूतावास र गैरसरकारी संस्थाहरूले समेत नेपाल प्रवर्द्धनका लागि पहल गरिरहेका छन्,' जोशीले भने, 'उनीहरूले नेपाल यस्ता कार्यक्रमका लागि सुहाउँदो रहेको भन्दै सिफारिस गरेपछि सेमिनार, गोष्ठीमा आउने निकै बढी हुने देखिएको छ ।'
'यो मौसममा होटलको अकुपेन्सी अझै बढी हुने आशा छ,' होटल सांगि्रलाका महाप्रबन्धक राजुविक्रम शाहले भने । उनका अनुसार यसपालि बुकिङ गर्ने भारतीय पर्यटक निकै बढी छन् । नेपाल जोड्ने दिल्ली, बैंकक, आबुधावी, दोहा र बहराइनका एयरलाइन्सको बुकिङ तथ्यांकले पनि मार्च पहिलो साता सबैभन्दा बढी पर्यटक आउने देखिएको ओशो वल्र्ड ट्राभलका प्रबन्ध निर्देशक श्याम थपलियाले बताए ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले नेल्सन कम्पनीसँग मिलेर गरेको एक अध्ययनले नेपाल आउने भारतीय पर्यटक संख्या २००८ देखि स्थिर रहेकेा देखाएको छ ।
भारतीय पर्यटकका घुम्ने देशहरूमा नेपाल पाँचौं स्थानमा छ । सिंगापुर, मलेसिया, दुबई, थाइल्यान्ड अगाडि रहेका छन् । पर्यटन वर्ष २०११ मा २ लाख ६५ हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य छ ।
सरकारले समेत माइसका लागि एक सयभन्दा बढी विदेशी पासपोर्ट भएका पर्यटक हवाई मार्गबाट ल्याउने आयोजकलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रम भएको सम्पूर्ण कागजपत्र उपलब्ध गराएपछि एक साताभित्र सहयोग रकम हस्तान्तरण गरिने व्यवस्था छ । सोल्टी होटलको समेत बुकिङ गत वर्षको भन्दा १० प्रतिशत बढी रहेको व्यवस्थापनले जनाएको छ । २०१० को पहिलो मौसममा सोल्टीको अकुपेन्सी करिब ६५ प्रतिशतको हाराहारीमा रहेको थियो ।
आउने संख्या बढिरहे पनि पर्वतारोहणका लागि आउने भने लक्ष्यअनुसार नबढेको पर्वतारोहण संघको भनाइ छ । 'पर्यटकलाई अहिले धेरै विकल्प छन्,' संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले भने, 'भारत, पाकिस्तान र चीनले पर्वतारोहणमा आउने पर्यटकलाई तानिरहेको अवस्था छ ।'
सरकारले नेपाली पर्वतारोहणलाई फराकिलो बनाउन सलामी दस्तुरमा छुटलगायत योजना सार्वजनिक गरेको छ । तर पश्चिम नेपालका यातायात र पूर्वाधारको समस्याका कारण यस्ता योजना सफल हुन सकेका छैनन् । 'यसले नेपालमा पर्वतारोहणका लागि आउने पाहुनाले कम बुकिङ गरेका छन्,' शेर्पाले भने, 'त्यसमा छिमेकी मुलुकभन्दा यहाँ पर्वतारोहण गर्न बढी खर्च गर्नुपर्ने भएकाले समेत यस्तो परिणाम देखिएको हो ।'
यहाँ आउने पर्यटक संख्याले २०१० मा विगतका सबै कीर्तिमान तोडेको छ । यो वर्ष हवाई मार्ग भएर आउनेको संख्या ४ लाख ४८ हजार ७ सय ६९ पुगेको छ । यसअघि सन् १९९९ मा ४ लाख २१ हजार २ सय ४३ पाहुना आएका थिए ।
२०१० को मार्चमा ४४ हजार ४ सय ३१ र अपि्रलमा ३८ हजार ६ सय ९४ पर्यटक आए । यसपालि यी दुई महिनामा ५० हजारभन्दा पर्यटक आउन सक्ने व्यवसायीको अपेक्षा छ ।
लगातार देखिएको वृद्धिदर, हवाई पहुँच विस्तार तथा पर्यटनका लागि राजनीतिक दलको प्रतिबद्धताको परिणाम हो । यस आधारमा २०११ को लक्ष्यअनुसार पर्यटकलाई सुविधा दिन लगानीकर्ताले आफ्नो लगानी समेत बढाउँदै लगेका छन् ।
कांतिपुर 

Saturday, February 19, 2011

नेपालका घुम्नैपर्ने १० गन्तब्य

रारा
बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । मुगु जिल्लास्थित रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । १० हजार फिटको उचाइमा १० वर्ग फिटमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिँदैन । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । राराको सफा पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, कर्‍याङकुरुङजस्ता चराहरू जलक्रिडामा मस्त हुन्छन् ।
रारा ताल पुग्न नेपालगन्ज तथा सुर्खेतबाट करिब आधा घन्टाको हवाई यात्रामा ताल्चा विमानस्थल उत्रिएपछि दुई घन्टा हिँड्नुपर्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । १८०० मिटरदेखि ४०४८ मिटरसम्मको उचाइमा रहेको रारा राष्ट्रिय निकुञ्जमा कस्तूरी, मृग, भालु, बँदेल आदि पाइन्छन् ।

डोल्पा


से फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको यात्रा गर्न सकिन्छ । कर्णाली अञ्चलका पाँच जिल्लामध्ये एक हो डोल्पा । यो जिल्लाको मुख्य आकर्षण से फोक्सुन्डो ताल हो । यो ताल ४ दशमलव ८ किलोमिटर लाम्चो, १ दशमलव ८ किलोमिटर चौडा र ६ सय ५० मिटर गहिरो छ । यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको छ । आकाशमा सूर्यको स्थानसँगै रंग फेर्ने फोक्सुन्डोको सफा पानीलाई नांगा हिमालले पहरा दिएका छन् । एउटा प्रचलित किम्बदन्ती अनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष अझै देखिन्छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा एक सय ९६ प्रजातिका चरा, ३२ प्रजातिका स्तनधारी जन्तु र चार सय सात प्रजातिका जडिबुटी पाइन्छन् । यहाँ पुग्ने मुख्य नाका जुफाल विमानस्थल हो । यहाँबाट तीन घन्टाको पैदल यात्रामा डोल्पाको सदरमुकाम दुनै पुगिन्छ । जहाँबाट वास्तविक पदयात्राको आनन्दसहित से फोक्सुन्डोको यात्रा सुरु हुन्छ ।
जिरी

जिरीलाई नेपालको स्विट्जरल्यान्डको उपमा दिइएको छ । मनोरम प्राकृतिक भू-बनोटका कारण जिरीले आगन्तुकको मन सजिलै लोभ्याउन सक्छ । तामाकोसीको गडगडाहट हरियाली झरना र ग्रामीण परिवेशले जिरीलाई सुन्दर बनाएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्धार पनि मानिन्छ । स्विट्जरल्यान्ड सरकारले जिरीको भू-बनोट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ ।
जिरेल तथा शेर्पा जातिको बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन् । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा भने हिउँले पुरिन्छ । काठमाडौंबाट ६ घन्टाको बस यात्राबाट जिरी पुग्न सकिन्छ ।
मनाङ

मनाङमा भौगोलिक, जातीय र सांस्कृतिक विविधता छ । विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणले अन्नपूर्ण पदयात्रा मार्गलाई जीवनमा एकपटक पुग्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमा राखेका छन् । यो अन्नपूण पदयात्रा मार्गको महत्त्वपूण हिस्सा हो । पर्यटकीय दृष्टिले यहाँका पिसाङ, भ्राखा खाडसागर, नार र फु, थोन्चे, तिलिचो ताल आदि महत्त्वपूर्ण मानिन्छन् । अन्नपूर्ण पदयात्रा मार्गमा रहेका कतिपय घरमा होमस्टेको सुविधा पनि छ ।
नुवाकोट
पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबार नुवाकोटको आकर्षणको केन्द्र हो । वि.सं. १९९० को भुँइचालोले यो दरबारको दुई तला नष्ट भएको थियो । यो दरबार काष्ठकलाको उत्कृष्ट नमुना हो । काठमाडौंबाट ७२ किलोमिटरको दूरीमा रहेको नुवाकोटको यात्राबाट यो दरबार हेर्ने मौका मिल्छ । नुवाकोटमा बसोबासका लागि सामान्य व्यवस्था छ । यहाँ करिब दुई दर्जन होटल तथा लज छन् ।
दोलखा

काठमाडौंबाट नजिक रहेको दोलखा पुग्नैपर्ने पर्यटकीयस्थल हो । भीमसेनस्थान महादेवको मन्दिर र प्राचीन शैलीको दरबार यहाँका मुख्य आकर्षण हुन् । गौरीशंकरको पृष्ठभूमिमा अवस्थित चरिकोट बजार पनि निकै सुन्दर लाग्छ । चरिकोटबाट चार किलोमिटर टाढा भीमसेन महादेवको मन्दिर छ । धार्मिक रूपमा निकै प्रसिद्ध यो मन्दिर कलात्मक पनि छ । यातायात तथा खानपानका हिसाबले दोलखा सुगम पर्यटकीयस्थल हो ।
इलाम

इलामलाई सात 'अ' को पर्याय मानिन्छ । यो जिल्ला नगदेबाली उत्पादनमा निकै अग्रणी मानिन्छ । थुम्काथुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि यहाँको प्राकृतिक सुन्दरताको झल्को दिन्छ । सूर्योदय दृश्यावलोकनका लागि नेपालमै प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माइपोखरी र सन्दकपुरसम्मको यात्राले इलाम भ्रमण सार्थक बनाउँछ । कन्याम चिया बगान, माइपोखरी, सन्दकपुर तथा श्रीअन्तु पर्यटकका लागि चर्चित स्थान हुन् । काठमाडौंबाट १६ घन्टाको बस यात्रा भए पनि काठमाडौं-भद्रपुर हवाई यात्राले इलामलाई केही सुगम बनाएको छ ।
पाथिभरा

पाथिभरा देवीलाई मनोकांक्षा पूरा गर्ने देवीका रूपमा लिइन्छ । ३७९४ मिटरको उचाइमा अवस्थित यो स्थानबाट कञ्चनजंघा हिमालको मनोरम दृश्य देख्न सकिन्छ । जनजाति संस्कृति, रातोपान्डा, गुराँस यहाँका हेर्न लायक चीज हुन् । काठमाडौंबाट ताप्लेजुङसम्म बसमा त्यसपछि एक दिन पैदल हिँडेर पाथिभरा पुग्न सकिन्छ ।
खप्तड

सुदूरपश्चिमको अत्यन्तै मनोरम स्थान हो खप्तड । ३२०० मिटरमा अवस्थित खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो । प्रख्यात त्रिवेणी मन्दिरका साथै भालु, हिमचितुवा, हरिण, डाँफे, ठूला पाटन यहाँका हेर्न लायक चीज हुन् । काठमाडौंबाट डोटीको सिलगढीसम्म बसमा र त्यहाँबाट पैदल हिँडेर खप्तड पुग्न सकिन्छ ।
जनकपुर

सीताको माइती जनकपुर तराईको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल हो । प्राचीन पञ्जावी शैलीको जानकीमन्दिर, राममन्दिर, हनुमानमन्दिर तथा यादव, तेली ब्राह्मण र थारू संस्कृति यहाँका आकर्षण हुन् । काठमाडौंबाट बसमा चार सय किलोमिटर वा ४० मिनेटको हवाई उडानबाट जनकपुर पुग्न सकिन्छ ।
नरेन्द्र अधिकारी  

Saturday, January 22, 2011

कहाँ पर्छ नेपाल?

'कहाँ छ नेपाल?' हामीले मनाइरहेको पर्यटन वर्षको लगभग २४ महिनाअघि फिलिपिन्सकी महिलाले सोधेको प्रश्न हो यो। आफूलाई सगरमाथाको देश भनेर चिनाएपछि विदेशीको अनुहारमा हामी सुखद आश्चार्यको भाव खोज्ने गछौँ। तर, उनीहरूले सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर चिनाउँदा पनि नेपाल बारे अनभिज्ञता प्रकट गर्दाको पीडा भने अर्कै हुन्छ। भौगोलिक दूरीमा दक्षिण पूर्वी एसियाली राष्ट्र फिलिपिन्स दक्षिण एसियाली नेपालभन्दा धेरै पर छैन। तर दक्षिण एसियाको संघार नाघ्नेबित्तिकै भारत र चीनलाई राम्रै चिनेकाले पनि नेपाल बारे भने अनभिज्ञता प्रकट गर्छन्। मैले नेपाललाई चिनाउन माउन्ट एभरेस्टको देशभन्दा धेरैले त्यो त तिब्बतमा होइन र? भन्ने प्रश्न सुन्नु परेको छ। त्यस्तै बुद्ध जन्मेको देश भनेर भारत ठानिदो रहेछ। सन् १९९८ मा नेपाल भ्रमण वर्षको सुरु भएको केही परबाट पर्यटन वर्षको उद्घाटन हुनु संयोग मात्रै होला तर नेपाली पर्यटनको स्थितिमा भने जहाँको तहीँ छ। पर्यटन वर्ष मनाउँदा जहाँ थियौँ हामीले त्यहीँबाट भ्रमण वर्ष मनाइरहेका छौँ।
नेपाल भ्रमण वर्ष मनाउने क्रममा हामीले कति दूरी तय गर्‍यौँ भनेर मूल्याङ्कन भएको छ कि छैन? हामीले ल्याएको त्यस कार्यक्रम कत्तिको सफल रह्यो अथवा रहेन, अनि त्यसमा के कस्ता कमी कमजोरी रहे भन्ने अध्ययन गरिएको छ वा छैन? त्यस्तै नेपाल भ्रमण वर्षको कार्यक्रमको प्रभाव कत्तिको पर्‍यो, हामीले निर्धारण गरेको लक्ष्य प्राप्ति भयो भएन वा हामी त्यसको कति नजिक पुग्यौँ भन्ने प्रश्नको जवाफ त माथिका प्रसङ्गबाट राम्ररी थाहा पाउन सकिन्छ। पर्यटन वर्षमा १० लाख पर्यटकलाई भिœयाउने लक्ष्य राखिएको छ। तर १० लाख विदेशीलाई भिœयाउन कति करोड विदेशीमाझ प्रचारप्रसार गर्नुपर्छ भन्ने हेक्का भने राखिएको छैन।
पछिल्ला ३ वर्षमा हामीले प्रचारप्रसारका राम्रा अवसर गुमाएका छौँ। सन् २००८ मा चीनको राजधानी बेइजिङमा सम्पन्न ओलम्पिक विश्वले ओलम्पिक इतिहासमा अहिलेसम्म राखेको सर्वाधिक चासोको घटना थियो। त्यहाँ ठूलो संख्यामा खेल पर्यटक आएका थिए। त्यसबाहेक हजारौंको संख्यामा खेलाडी र खेल अधिकारी थिए। त्यो विश्वमाझ आफूलाई चिनाउने राम्रो अवसर थियो। त्यस्तै गत वर्ष भारतमा भएको राष्ट्रमण्डल खेलका क्रममा पनि हजारौं खेलाडी र खेल अधिकारी जम्मा भएका थिए। त्यसअघि बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलका क्रममा पनि त्यो अवसर थियो। तर ती अवसरको फाइदा हामीले उठाउन सकेनौँ।
नेपाललाई अन्तर्राष्ट्रियरूपमा चिनाउने सगरमाथा र बुद्धको जन्मथलोका बारे धेरै विदेशीलाई थाहा छैन। नेपाल चिन्नेले पनि यसलाई हिंसा चर्किएको देशका रूपमा ठान्छन्। हामीले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएका थियौँ। नेपाल भ्रमण वर्ष र अहिलेको पर्यटन वर्ष मनाउने शैलीमा तात्विक फरक आएको छैन। भ्रमण वर्षको सुरु पुरानो वस पार्कको बाटो जुलुस निकालेर गरिएको थियो भने भ्रमण वर्षको थालनी दशरथ रङ्गशालामा रंगारंग कार्यक्रमबीच भएको थियो। बाँकीमा १२ वर्ष पहिले र अहिले खासै फरक छैन। त्यति बेला नेपाल आउने केही विदेशीसँग नेपाल भ्रमण वर्षका बारेमा प्रश्न गर्दा आफ्नो देशमा यससम्बन्धी कुनै प्रचारप्रसार नभएको बताउँदै प्रतिप्रश्न गर्थे - भिजिट नेपाल ९८ का लागि हामी त तयार छौँ, तिमीहरू कति तयार छौ? अहिले त्यसमा पनि खासै परिवर्तन भएको छैन। केही समयअघि एउटा टेलिभिजन कार्यक्रमका सहभागीले यस्तै गुनासो गरेका थिए। नेपाल भ्रमण वर्ष र नेपाल पर्यटन वर्ष जे भने पनि दुवैको उद्देश्य देशमा पर्यटकलाई आकर्षित गर्ने त हो।
नेपाल आएका पर्यटक यहाँको प्राकृतिक सुन्दरताबाट मुग्ध हुने गर्छन्। विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिम शृङ्खला नेपालमा छन्। हिमालको काखमा तालैतालको सुन्दर पोखरा नेपालमा छ। बुद्धको जन्मस्थल लुम्बिनी पनि नेपालमै पर्छ। पछिल्लो समयमा पर्यटन व्यवसायमा थपिएका सबै नयाँ आयाम नेपालमा पनि भेटाउन सकिन्छ। पदयात्रा, बन्जी जम्पिङ, र्‍याफि्टङ, पारा ग्लाइडिङ, जस्ता रोमाञ्चक खेलको नेपालमा प्रचुर सम्भावना रहेको भने पर्यटकलाई नेपाल आएपछि मात्र थाहा हुन्छ। नेपाल नआएकाको भने अझै पहिलो प्रश्न हुने गरेको छ - नेपाल कहाँ छ?
राजेन्द्र    ज्ञवाली
साभार: नागरिक न्यूज़

Thursday, January 20, 2011

The world's most expensive hotel




It's finally happened! The $5.95 billion Marina Bay Sands Hotel, Singapore finally opened its doors to public in a gala event, and it also managed to dethrone the Emirates Palace Hotel, Abu Dhabi from its position as the world's most expensive hotel. But that's not all, the main attraction of the hotel is a 650ft wide pool perched up at the 55th storey of the magnificent hotel, making it the largest outdoor pool in the world that high. Called as the Infinity pool, the drop at the edge of the pool spills into a three-tiered catchment which pumps water right back to the main pool! The hotel also has a boat-shaped 'SkyPark' on top of the three towers.





The hotel features 2,560 rooms that would cost you $520 a night. Designed by Moshe Safdie, the structure is said to be based on the design resembling a deck of cards. The hotel décor includes an indoor canal that has Sampan boats to ride in, a casino, an outdoor plaza, a convention centre, a theatre, a crystal pavilion and a lotus flower shaped museum. The resort will open employment to over 10,000 locals, enough to generate $72m each year.

largest-outdoor-pool-2.jpg

Monday, January 3, 2011

संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो



राष्ट्रिय महत्वका साथ सरकार र निजी क्षेत्रले मनाइरहेको 'नेपाल पर्यटन वर्ष २०११' को पहिलो दिनमै सुखद समाचार आएको छ। १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार-प्रसारमा यो समाचारले महत्वपूर्ण भूमिका खेल्नेछ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय टेलिभिजन संस्था केबुल न्युज नेटवर्क (सिएनएन) को अनलाइन संस्करणले सन् २०११ का लागि उत्कृष्ट १० भ्रमण गन्तव्य सार्वजनिक गरेको छ। यो सूचीमा 'उत्कृष्ट साहसिक भ्रमण : सगरमाथा आधारशिविर' नाम दिएर पहिलो स्थानमा सिएनएनले नेपाल छनोट गरेको हो।
'यो सत्य हो कि अधिकांश भ्रमण गन्तव्य नयाँ फेसनका कपडाजस्ता हुँदैनन, जुन एक वर्ष चल्ने र अर्को वर्ष हराएर जाने,' सिएनएनले लेखेको छ, 'विश्व मानचित्रमा यस्ता स्थानहरू छन्, यिनमा सन् २०११ का लागि भ्रमणयोग्य विशेषता छन्। र, यी सधैं जीवित रहनेछन्।'


सिएनएन सूचीले नेपालका उच्च हिमाली क्षेत्रमा साहसिक ट्रेकिङ विगतमा जति गाह्रो थियो, अहिले विस्तारै सजिलो हुँदै गएको विवरण लेखेको छ। उसले २०११ अप्रिलमा अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रम वर्ल्ड ट्राभल्सका प्रस्तोता तथा ट्राभल राइटर रोबिन एसरक ट्रेकिङ गर्दै सगरमाथा आधारशिविरि पुग्ने उल्लेख गरेको छ। 'नेपाली हिमालको मौसममा आफूलाई ढाल्न साह्रै गाह्रो छ, यसका लागि महिनौं लाग्छ,' एसरकले भनेका छन्, 'यसमा आफ्ना सामानसँगै अविश्वसनीय सेर्पाको सहयोग महत्वपूर्ण हुनेछ।'
सूचीका अनुसार काठमाडौंबाट अप्रिल ४ मा सुरु भई २४ तारिखमा
सकिने यात्रा १८ हजार १ सय ९२ फिट उचाइसम्म पुग्नेछ। भ्रमण क्रममा सगरमाथा, तवाचे, नप्त्से, ल्होत्से, अमादब्लमलगायत हिमालका मनमोहक दृष्यावलोकन गर्न पाइनेछ। प्रतिव्यक्ति २ हजार ७ सय ६८ अमेरिकी डलर खर्च लाग्नेछ। यसमा खाना, ट्रेकिङ सामान, भरिया र बसाइ समेटिएका छन्।

पर्यटन वर्ष मनाइरहेका सारा नेपालीसँगै, होटल, ट्राभल, ट्रेकिङ, पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङलगायत व्यवसायी, सरकारी अधिकारी सबै यो खबरले थप हौसिएका छन्।
'यो असाध्यै सुखद र उत्साह जगाउने खबर हो,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले शनिबार नागरिकसँग भने, 'सिएनएन जस्तो त्यति ठूलो संस्थाले २०११ का लागि नेपाल र त्यसमाथि सगरमाथा छान्नु आफैमा एउटा गौरव हो।'
सिएनएनको सूचीबाट यो वर्षका लागि नेपाल विश्वकै नम्बर एक
साहसिक भ्रमण गन्तव्य बनेको उनले बताए। 'यो ठूलो सफलता हो,' उनले भने,

'हाम्रो पर्यटन वर्ष सफल पार्न यो सूचीबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास छ।'
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य सचिव सुभाष निरौलाले सिएनएनको सूचीबाट नेपालको पर्यटन उद्योगमा 'सुनमा सुगन्ध' थपिएको धारणा राखे। 'हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा वर्षौंदेखि हाम्रा गन्तव्यलाई उत्कृष्ट भन्दै आएका छौं,' उनले भने, 'बल्ल यसको पुष्टि भएको छ।'
नेपाली पर्यटनको अन्तर्राष्ट्रिय प्रचार-प्रसार गर्न अब सिएनएनको
सूचीबाट थप सहयोग र बल पुगेको उनले बताए। सिएनएनको प्रभाव समग्र अमेरिकासहित पश्चिमी देशहरूमा भएका कारण उसले छनोट गरेका भ्रमण सूचीमा नेपाल पर्नु 'अमूल्य' प्रचार भएको उनको भनाइ छ।

'यो निःशुल्क तर अमूल्य प्रचार हो,' उनले भने, 'हामी यहाँ करोडौं खर्च गरेर विदेशी सञ्चारमाध्यममा पर्यटन वर्षको विज्ञापन दिने तयारीमा छौं, तर सिएनएनको यो खबरबाट हाम्रो तयारीभन्दा सयौं गुणा बढी माइलेज पाएको छ।' यही सूची हेरेर नेपाल आउन चाहने पर्यटक हजारौं हुने उनले जानकारी दिए।
प्रेसिडेन्ट ट्राभल्सका अध्यक्ष तथा पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका सदस्य भोलाविक्रम थापाले लाखौं खर्च गरेर सिएनएनमै विज्ञापन दिएकोभन्दा यो सूचीबाट कयौं गुणा सकारात्मक प्रभाव पर्ने बताए। 'योभन्दा ठूलो प्रचार नेपाली पर्यटन उद्योगका लागि अरु हुन सक्दैन,' उनले भने, 'अब सरकार र निजी क्षेत्रले यसलाई क्यास गर्नुपर्छ। हामी अन्तर्राष्ट्रिय प्रबर्द्धनमा जाँदा सिएनएनको सूचीबारे व्यापक प्रचार गर्छौं।'
पर्यटन बोर्डका मिडिया सल्लाहकार शरद प्रधानले सिएनएनको सूचीलाई
बोर्डका ब्रोसियरमा राखेर प्रचार-प्रसार गर्ने जानकारी दिए।

सिएनएनको सूचीमा दुईदेखि दसौं स्थानमा क्रमशः चीनको चेङ्दु, आयरल्यान्ड, मलेसियाको मलेसियाको बोर्नियो, प्रशान्त आइसल्यान्ड पलाउ, मोरक्को, फ्रान्स, क्यानडाको भ्यानकुभर, बोलिभियाको चे ग्वेभारा रुट र कम्बोडिया परेका छन्।
यसअघि सन् २००४ मा बेलायतको आई एक्सप्लोर ट्राभल वेबसाइटले संसारका उत्कृष्ट १० गन्तव्यमा अन्नपूर्ण पदयात्रा, २००५ मा बिबिसीले मृत्युअघि पुग्नैपर्ने संसारका ५० मध्ये एक गन्तव्य नेपाल र २००८ मा नेसनल जियोग्राफिक एड्भेन्चर म्यागाजिनले साहसिक गन्व्यका लागि उत्कृष्ट देशमध्ये एकमा नेपाल छनोट गरेको थियो।

सुशील भट्टराई
साभार : नागरिक न्यूज़  

Sunday, January 2, 2011

ब्रुस ली अझै सुपरस्टार

 
 
हङकङ,  - 'कुङ फु किङ' का नामले विख्यात ब्रुस लीको निधन भएको ३८ वर्ष बितिसकेको छ । उनको फ्यान सर्कल भने घटेको रहेनछ । स्टार फेरीस्थित 'एभिन्यु अफ स्टार्स' मा प्रतिष्ठापित उनको सालिक परिसरमा शनिबारको दृश्यले यो कुरो पुष्टि गर्‍यो ।
उनको ७० औं जन्मजयन्तीमा सालिकलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेहरू लामबद्ध थिए । दुई मिटर अग्लो ढलोटको उक्त सालिक ब्रुस ली फ्यान क्लबले पाँच वर्षअघि नै ठड्याएको हो । तर उनको जयन्तीमा यहाँ बढी नै क्यामेराहरू क्लिकक्लिक गर्छन् ।
'म नोभेम्बर २७ का दिन यहाँ आउन छुटाउँदिनँ,' आफूलाई बु्रस लीकी बेजोड फ्यान बताउने एउटी चिनियाँ युवतीले भनिन्, 'मैले उनलाई देख्न नपाए पनि उनी मेरा आदर्श हुन् ।'
किन सुन्दरी ? ती युवती भावुक भइन् । सम्हालिएपछि बोलिन्, 'म उनकै फिल्म हेरेर मार्सल आर्टप्रति आकषिर्त भएकी हुँ ।'

एभिन्यु अफ स्टार्सवरपर बालबालिकादेखि बूढापाकासम्म




 थिए । अधिकांशले तस्बिर खिचाउँदा ब्रुस लीकै स्टाइलको अनुसरण गर्न कोसिस गरिरहेका थिए ।
'तपाईं पनि ब्रुस लीको फ्यान ?' सालिकमा टोलाइरहेका 
एक पाकालाई सोधियो ।
'उनी मेरा लागि देवता समान छन्,' उनले एकैसासमा भने, 'उनले विश्वभरका मानिसमा चिनियाँहरूलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउन सघाएका छन्,
 उनी हाम्रा लागि वरदान थिए ।'



सन् १९४० मा अमेरिकाको सन प|mान्सिस्कोमा जन्मिए
 का ब्रुस ली १९७१ मा हङकङ बसाइँ सरेका थिए । 'द बिग बोस', 'फिस्ट अफ फ्युरी' र 'द वे अफ द ड्रागन' को सफलतापछि उनले सुपरस्टारको हैसियत पाए । चर्चा र सफलताको चरमोत्कर्षमा रहेकै बेला ३२ वर्षको उमेरमा हङकङस्थित एक सहपाठीको घरमा उनी दिवंगत भए । अहिलेसम्म रहस्यमै रहेको उनको मृत्युलाई गत वर्ष हङकङ भ्रमणमा रहेकी उनकी छोरी स्यानोनले भने दुर्घटना बताएकी थिइन् । ब्रुस लीको अन्तिम चिनोका रुपमा हङकङस्थित काउलुन तुङमा रहेको उनको घरलाई स्थानीय सरकारले म्युजियम बनाउने घोषणा गरिसकेको छ । 'क्रेन्स नेस्ट' का नामले चिनिएको उक्त घरमा ब्रुस लीले श्रीमती लिन्डाका साथ अन्तिम दिनहरु बिताएका थिए ।
ब्रुस लीको जन्मजयन्तीकै पूर्वसन्ध्यामा उनको जीवनकथा समेटिएको पहिलो चलचित्र 'ब्रुस ली माई ब्रदर' सार्वजनिक भएको छ । सत्यतथ्य जानकारी मात्र समेटियोस् भनी निर्माणपूर्व विस्तृत अध्ययन अनुसन्धान गरिएको निर्माता पक्षको दाबी छ । निर्देशक रेमन्ड यिपले ब्रुस लीको जीवनीबारे जान्न उत्सुक उनका प्रशंसकहरुका लागि यो फिल्म राम्रो सामग्री हुने बताएका
छन् । बु्रुस लीका बारे यथार्थ जानकारी सहितको फिल्म बनेकामा उनका आफन्तहरू खुशी रहेको पनि निर्देशकले उल्लेख गरेका छन् ।
ब्रुस लीका भाइ रोबर्ट ली सहनिर्माता रहेको 'ब्रुस ली माइ ब्रदर' मा हङकङ र चिनियाँ कम्पनीहरुको समेत लगानी छ । हङकङेली नायक/गायक आरिफ रहमानले यसमा ब्रुस लीको भूमिका निर्वाह गरेका छन् ।





निर्मल श्रेष्ठ
साभार : कांतिपुर दैनिक