अंग्रेजीमा एउटा भनाइ प्रचलित छ। लास्ट वट नट द लिस्ट' अर्थात् जो अन्तिम हुन्छ त्यो सबैभन्दा कम महत्त्वको होइन। यसको अर्थ पनि उत्तिकै मूल्यवान् र महत्त्वपूर्ण छ, अर्थविहीन होइन। हामीमध्ये धेरैले अन्तिम हुनुलाई अन्त्यका रूपमा लिएका हुन्छौं। शब्द उस्तै लागे पनि र समान देखिए पनि अन्तिम हुनु तथा अन्त्य हुनुको अर्थबीच आकाश-जमिनको फरक छ। शब्दबीच भेद वा अन्तरलाई नबुझ्दा मानिसहरू आफ्नो स्वर तथा क्रियाकलापबीच पनि अन्तर पैदा गर्न सक्दैनन्। अन्तिम हुनु के कुराको प्रमाण हो भने त्यो स्थिति स्थायी छैन। किनभने त्यो स्थिति कुनै क्रम भएर गुजि्रएको हुन्छ र जुन आज अन्तिम छ भोलि त्यही नै प्रथम बन्न सक्छ। अन्तिम हुनुले के बताउँछ भने अझै पनि परिवर्तनको सम्भावना बाँकी छ। जुन कारणबाट अन्तिमको स्थितिमा पुगिन्छ, ती कारणलाई मनन गरेर भोलि हुने र घट्न सक्ने परिणामलाई परिवर्तन गर्न सकिन्छ वा त्यो परिणाम आउन नदिने प्रयास गर्न सकिन्छ। अन्तिम हुनु नै प्रारम्भको सूचक हो। त्यसैले जीवनमा अन्तिमको अवस्थालाई नकारात्मक दृष्टिबाट नहेरौं। अन्तिम हुनु भोलिको सुअवसर हो, मार्गदर्शक हो-सजगता, सचेतता, पूर्ण आत्मबल तथा आत्मविश्वासका साथ अघि बढ्ने।
नारी मासिक
No comments:
Post a Comment