Showing posts with label Prabasi News. Show all posts
Showing posts with label Prabasi News. Show all posts

Thursday, June 9, 2011

घले अस्ट्रेलियाका १७६ औं धनी

सिड्नी (अस्ट्रेलिया), जेष्ठ २३ -  नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनी कुल २ सय ६९ मिलियन अस्ट्रेलियन डलर सम्पत्तिसहित अस्ट्रेलियाका धनी व्यक्तिमा पुनः दर्ज भएका छन् ।
सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । गत वर्ष घले कुल २ सय ३७ मिलियन अस्ट्रेलियन डलरका साथ १ सय ६४ औं स्थानमा रहेका थिए । घलेको सम्पत्ति यस वर्ष गत वर्षभन्दा ३२ मिलियन डलरले बढी रहेको छ । अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घले यसबाहेक रियल स्टेट व्यवसायमा पनि सफल मानिन्छन् । सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने यहाँ ३ हजारभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेका छन् । 
१६ वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका घले छोटो समयमा नै परिश्रम र मेहनतका कारण सफल व्यक्ति बनेका छन् । यहाँ बिजनेस विषय लिएर स्नातकोत्तर गरेका घलेले सुरुका समयमा सामान्य विद्यार्थीसरह नै दुःख गरेका थिए । २०१४ सालमा लमजुङ जिल्लामा जन्मिएका उनले राजधानीमा इन्जिनियरिङ विषय अध्ययन गरेका थिए ।
उनले सन् १९९६ मा स्थापना गरी सञ्चालन गरिरहेको इन्सिटच्युटमा स्नातकोत्तरसम्म अध्ययापन हुन्छ भने स्थानीय र विदेशी विद्यार्थीहरू अध्ययनरत छन् । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेका घले अहिले पनि साधारण नेपालीसरह नै व्यवहार गर्छन् । उनी यहाँका सामाजिक संघसंस्थाहरूमा रहनुका साथै बन्न लागेको नेपाली सामुदायिक केन्द्रको समेत व्यवस्थापन समितिमा समेत सदस्य छन् ।
बीआरडब्लू पत्रिकाले अस्ट्रेलियाका धनी व्यक्तिहरूका बारेमा सर्वेक्षण गरेर नतिजा प्रकाशन गर्ने गर्छ ।
 नारायण खडका कान्तिपुर

Saturday, May 28, 2011

भिसाबिनै ११ वर्षमा १५ देश

१९ वर्षको उमेरमा २७ वर्षे मान्छेको पासपोर्टमा मेरो फोटो टाँसेर २०५३ सालमा म भारत हुँदै जर्मनी पुगेँ। काम पाउने सम्भावना नभएपछि आफन्तकै सल्लाहमा म अस्िट्रयाको बाटो हुँदै इटाली जाने क्रममा नक्कली पासपोर्टका कारण अस्िट्रयामा पक्राउ परेँ। नेपाल कट्टर हिन्दु राष्ट्र भएको र म क्रिश्चियन भएकाले भागेको जनाउँदै मैले शरणार्थीका लागि आवेदन दायर गरेँ। पर्याप्त प्रम्ााण पुर्‍याउन नसकेको भन्दै मेरो आवेदन स्वीकार भएन। जेलभित्रै म डिप्रेसनको सिकार भइसकेको थिएँ।

छ महिनापछि मलाई शरणार्थी शिविर सारयिो। इमिग्रेसनले नेपाल पठाउने तयारी गरेको थाहा पाएपछि म शिविरबाटै भागेर जर्मनी फर्कें। तर, भोलिपल्ट म फेर िपक्राउ परेँ। मैले शरणार्थीका लागि आवेदन मुद्दा हालेपछि मलाई क्लोज शिविरमा राखियो। मुद्दा हार्ने निश्चित भएपछि म भागेर रेलको यात्राबाट बेल्जियम पुगेँ। बेल्जियममा पनि पैसा कमाउन नसकिने भएपछि म लन्डन पठाइदिने दलालहरूको खोजीमा दुई महिना भौँतारएिँ। रसियन दलालले दुईदेखि तीन हजार जर्मन मार्क लिएर लन्डन पठाउँथे। राती ड्राइभर निदाएको मौका छोपेर बेल्जियमबाट सामान बोकेर लन्डन जाने लरी -सामान बोक्ने लामो गाडी)को पछाडिको भाग फोडेर दलालले मान्छे छिराउँथे र पहिलेको जस्तै गरेर ढोका बन्द गर्थे। म छिरेको गाडी त लन्डन नपुगेर फ्रान्स पो पुग्यो। फ्रान्सबाट रातारात बस चढेर फेर िबेल्जियम नै फर्किएँ। दोस्रोपल्ट लन्डन जाने भनेर चढेको गाडी हल्यान्ड पुग्यो। सामान अनलोड गर्ने बेलामा म निस्िकएँ र भागेर फेर िबेल्जियम पुगेँ। तेस्रोपटक म चढेको लरी घन्टौँसम्म पनि हिँडेन। र, मेरो प्रयास निष्फल भयो। 


लरीका ड्राइभरलाई पैसा खुवाएर म चौथोपटकको प्रयासमा बेल्जियमबाट फ्रान्स हुँदै इंग्ल्यान्ड पुगेँ। इंग्ल्यान्ड प्रवेश गरेकै दिन म फेर िपक्राउ परेँ। १८ वर्षभन्दा कम उमेर बताएर मुद्दा दायर गरेपछि मलाई शरणार्थी क्याम्पमा पठाइयो। क्याम्पबाट भागेर नौ वर्षसम्म इंग्ल्यान्डमै लुकेर काम गरेँ। स्थायी बसोबास पाउन नसकेपछि मैले पाकिस्तानी दलालमार्फत १ हजार ५ सय पाउन्डमा इटालियन नागरकिको पासपोर्ट किनेर पोर्चुगल पुगेँ। त्यही वर्ष पोर्चुगल सरकारले ग्रीनकार्ड दिने नीति फेर्‍यो। एक वर्ष पोर्चुगल बसेपछि  लुकेरै स्पेन पुगेँ। स्पेनमा काम पाउन सकिएन। १० महिनापछि फेर िम लुकेरै स्िवडेन पुगेँ। त्यहाँको अध्यागमन विभागले म लन्डन बस्दाको फिंगर पि्रन्ट पत्ता लगाएपछि मलाई लन्डन पठाउने तयारी थाल्यो। म फेर िलुक्दै नवर्ेे पुगेँ। एक साता नर्वे बसेर स्िवडेन फर्किएँ। दुई दिन मात्रै स्िवडेन बसेर पानीजहाज चढेर अवैध ढंगले फिनल्यान्ड छिरेँ। चार दिन बसेपछि मालवाहक सामुदि्रक जहाजमा लुकेर बाल्टिक गणराज्य लात्भिया पुगेँ।


तीन महिनापछि अध्यागमन विभागले म अवैध ढंगले लात्भिया छिरेको थाहा पाएपछि पक्रने प्रयास गर्‍यो। म भागेर बस चढेर लिथुनिया हुँदै पोल्यान्ड पुगेँ। पोल्यान्डमा फेर िपक्राउ परेँ। मैले शरणार्थीको आवेदन गरेँ तर स्वीकार भएन । मलाई लिथुनिया फर्काइयो। लिथुनिया सरकारले मलाई महिनौँ बन्द शिविरमा राख्यो। डेढ महिनापछि मलाई लात्भिया नै फर्काइयो। लात्भियाको क्याम्पमा एक महिना बसेपछि म ०६६ मा नेपाल फर्कें।
नेपाल साप्ताहिक

Saturday, May 21, 2011

अँध्यारो महादेशमा उज्यालो अवसर

तीन लाखभन्दा बढी जनताको संहारक अपि|mकाको हिटलर भनिने तानाशाह इदी अमिनको नाम उच्चारण गर्दासमेत केही वर्षअघिसम्म धेरै नेपालीको आङ सिरंिग हुन्थ्यो । तर, अहिले रोजगारीका लागि नेपालीहरू धमाधम त्यही तानाशाहको मुलुक युगान्डा पुगिरहेका छन् ।

एचआईभी/एडसको उद्गम थलोका रूपमा चिनिन्छन् नाइजेरयिा, लाइबेरयिालगायतका पश्चिमी अपि|mकी मुलुकहरू । विश्वका कुल एचआईभी/एड्स संक्रमितहरूमध्ये ८८ प्रतिशत अपि|कामै छन् । सबसहारा क्षेत्रको कहालीलाग्दो भोकमरी र जातीय द्वन्द्वका भयानक दृश्य हरेक दिनजसो टेलिभिजनको पर्दामा हैर्दै आएका नेपालीहरूका मन-मस्ितष्कमा अपि|mका भन्नेबित्तिकै गरबिी र हिंसाको चित्र बनेको थियो। यस्तो भयावह अपि|mकाको कहालीलाग्दो गरबिी र विपन्नताको विगतको परचियले नेपालीलाई खासै फरक परेको छैन । मानौँ, उनीहरू पनि यस्ता समस्यासँग वर्षौंदेखि अवगत छन् । त्यसैले होला, युरोप, अमेरकिा र खाडी मुलुकमा रोजगारीका लागि जाने नेपालीहरूको प्राथमिकतामा पर्न थालेका छन्,अफ्रिकी महादेशका मुलुकहरू।

संयुक्त राष्ट्रसंघद्वारा भर्खरै प्रकाशित एक रपिोर्टमा महासचिव ब्ाान कि मुनले समेत दस वर्षअघिसम्म 'होपलेस कन्टिनेन्ट' अर्थात् निराश महादेश भनेर चिनिने अपि|mकाले 'कन्टिनेन्ट अफ होप' अर्थात् आशलाग्दो महादेशको नयाँ परचिय पाएको उल्लेख गरेका छन् । सुडानमा भर्खरै सम्पन्न शान्तिपूर्ण जनमत-संग्रह, दक्षिण अपि|mकामा गत वर्ष भव्य रूपमा आयोजित विश्वकप फुटबल, केन्या र नाइजेरयिामा नयाँ संविधान जारी एवं इजिप्ट र ट्युनिसियामा भएको शान्तिपूर्ण परविर्तनले पनि अपि|mकाप्रति शताब्दीयौँदेखि बाँकी विश्वले राख्ने गरेको हेयपूर्ण दृष्टिकोणमा पूरै परविर्तन ल्याइदिएको छ । परण्िाामतः अपि|mकी महादेश निराश र असफल नभई अवसर र सम्पन्नताको परचिायक बन्ने दिशामा अग्रसर हुँदै गएको छ ।


अपि|mकाको बदलिँदो विश्वराजनीतिक घटनाक्रम र पछिल्ला दिनमा बहुराष्ट्रिय कम्पनीहरूको अपि|mकी मुलुकहरूमा लागेको ओइरोका बारेमा नेपालीहरू पनि राम्रै गरी परििचत देखिन्छन् । त्यसैले होला, अपि|mकी मुलुकहरूमा बढ्दो लगानी र त्यसले सिर्जना गरेको रोजगारीको अवसर छोप्न नेपालका वैदेशिक रोजगार कम्पनी र व्यक्तिगत रूपमै पनि पहल सुरु भइसकेका छन्, जसका कारण पछिल्ला दिनमा अन्जान र अनकन्टार मुलुक अपि|mकामा नेपालीको उपस्िथति क्रमशः बाक्लिँदैछ ।


गैरआवासीय नेपाली संघ -एनआरएन)की अपि|mका संयोजक रञ्जना उदास पनि अपि|mकी मुलुकहरूमा नेपालीको बढ्दो प्रवेशलाई सकारात्मक ढंगले लिन्छिन् । उनका भनाइमा इमानदार र मिजासिलो छविका कारण पनि नेपालीहरूको माग बढिरहेको छ । गोरा जातिको शताब्दीयौँको हैकमबाट आजित अपि|mकीहरूले वर्णका हिसाबले पनि नेपालीहरुलाई सहज रूपमा लिने गरेका छन् । भारतीय कम्पनी र तिनका एजेन्टले पनि भाषाका कारण नेपालीलाई नै प्राथमिकता दिन्छन्, जसले गर्दा युरोप र अमेरकिामा जस्तो पराई बन्नुपर्ने अवस्था छैन । तलब र सुविधामा पनि खासै विभेद छैन ।


परविर्तित परििस्थतिमा अपि|mका लगानीका लागि 'भर्जिन ल्यान्ड' मानिन्छ । त्यहाँ अमेरकिा, चीन, भारतलगायतका मुलुकहरूका सयौँ कम्पनीले विभिन्न क्षेत्रमा आफ्नो सेवा र व्यापार विस्तार गररिहेका छन् । चीनका मात्रै करबि आठ सय कम्पनी अपि|mकाभर सञ्चालित छन् । वैदेशिक लगानी र त्यसले रोजगारीका अवसरहरू सिर्जना गरेको हुँदा अपि|mकी मुलुकहरूको राजनीति पनि क्रमशः संग्लिँदै गएको छ । दशकौँको द्वन्द्वमा पिल्सिएका सुडान, नाइजेरयिा, युगान्डा, इथोपियाजस्ता मुलुकहरूले अविश्वसनीय आर्थिक वृद्धि हासिल गररिहेका छन् । सडक, पुल, विमानस्थल, अस्पताल, विद्यालय, कलेज, होटल आदिको निर्माण तीव्र गतिमा भइरहेका छन् । यस्ता निर्माणले स्थानीय जनतालाई रोजगारी सिर्जना गर्नुका साथै विदेशी कामदारको माग पनि ह्वात्तै बढाएको छ । अर्धदक्ष र दक्ष कामदारहरूमा चिनियाँ, भारतीयकै बोलवाला  छ । भारतीयहरूको अपि|mका महादेशसँगको सम्पर्क त शताब्दी पुरानो मानिन्छ, जसका कारण रेस्टुराँ, होटल सञ्चालन गर्नेदेखि ठूलाठूला निर्माणकार्यमा भारतीयहरूको संलग्नता छ । भारतीयहरूको सहज आवतजावत र अपि|mकी सम्बन्धबाट नेपालीहरूले लाभान्वित हुने मौका पाएका हुन् ।


डाक्टरदेखि कुकसम्म

सुधारोन्मुख अर्थव्यवस्था र त्यसले आकषिर्त गरेको वैदेशिक लगानीका कारण नेपाली डाक्टर, पाइलट, इन्जिनियर, व्यवस्थापक, लेखापरीक्षक र कुकहरूका लागिसमेत अपि|mका अवसरको थलो बन्न पुगेको छ । अवकाशप्राप्त सुरक्षाकर्मीहरूले पनि गतिलो अवसर पाउने गरेका छन्, त्यहाँका बहुराष्ट्रिय कम्पनीहरूमा । गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघ र अमेरकिी नियोगमा पनि ठूलै संख्यामा नेपालीले रोजगारी पाएका छन् । कतिपय नेपाली भारतबाट सोझै पुगेका छन् भने केही नेपालका रोजगारदाता कम्पनीमार्फत भारतीय कम्पनी हुँदै । दक्ष र विभिन्न पेसामा भएका कारण उनीहरूको तलब र सुविधा पनि खाडीको तुलनामा निकै आकर्षक छ । अर्धदक्ष नेपालीले समेत मासिक कम्तीमा एक हजार डलरभन्दा बढी तलब पाइरहेका छन् ।


दक्षिण अपि|mकामा मात्र तीन सयको हाराहारीमा नेपाली डाक्टरहरू रहेको अनुमान छ । क्रूर तानाशाह इदी अमिनको मुलुक युगान्डामा चार सयभन्दा बढी नेपाली रहेको अनुमान छ । संख्या बढ्दै गएपछि नेपालीहरूले आफ्नो साझा संगठन बनाउने तयारी सुरु गरसिकेका छन् । नाइजेरयिामा पनि एक सयभन्दा बढी नेपाली छन् । यसका अतिरत्तिm दक्षिण अपि|mका, मोजाम्बिक, घाना, जाम्बिया, केन्या, इथोपिया, तान्जानिया र अन्य अपि|mकी मुलुकहरूमा पनि नेपालीहरूको उपस्िथति क्रमशः बढ्दो छ । लामो समयदेखि त्यहाँ बसोबास गररिहेकाहरूले त आफ्नै व्यवसाय पनि सुरु गरसिकेका छन् । तिनैमध्येका एक हुन्, अवतार गुरुङ । गैरआवासीय नेपाली संघ, दक्षिण अपि|mकाका अध्यक्षसमेत रहेका गुरुङको 'स्वागत' रेस्टुराँको त्यहाँ पुग्ने नेपाली सबैले चर्चा गर्छन् । कतिपय नेपालीका लागि रोजगारीको अवसरसमेत दिने गरेको छ, गुरुङको उक्त रेस्टुराँले ।


त्यसैगरी जिम्बाबे र जाम्बियाको सीमामा रहेको भिक्टोरयिा फलस्िथत भारतीय रेस्टुराँमा पनि थुप्रै नेपाली कार्यरत छन् । वरपिरबिाट दक्षिण अपि|mकाले घेरएिको सानो मुलुक लेसेथोमा करबि १० जना नेपाली परविारसहित बसोबास गर्छन् । त्यसबाहेक विश्व खाद्य कार्यक्रम, एक्सन एड, संयुक्त राष्ट्र संघलगायतका प्रतिष्ठित संस्थाका उच्च पदमा काम गर्ने नेपालीहरूको सूची पनि लामै छ । भर्खरै मात्र पूर्वप्रमुख निर्वाचन आयोगका आयुक्त भोजराज पोखरेलले सुडानको जनमत-संंग्रहमा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय निर्वाचन पर्यवेक्षक टोलीको सदस्यका रूपमा तीन महिनाभन्दा बढी काम गरेका थिए ।


धेरै वर्षदेखि गृहयुद्धको मार खेपिरहेको लाइबेरयिामा पनि करबि एक दर्जन नेपाली पाइलटले विभिन्न कम्पनीका जहाज उडाइरहेका छन् । नेपालको श्री एयरलाइन्सले त आफ्ना तीनवटा जहाज नै लाइबेरयिा र पश्चिम सहारा पुर्‍याएको छ । ती जहाजसँगै छ सदस्यीय नेपाली उडान टोली त्यहीँ खटिएको छ । त्यस अतिरत्तिm नेपाल नागरकि उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर अधिकृत -एटीसी अफिसर)हरू पनि बिदा लिएर भए पनि सुडान र लाइबेरयिास्िथत राष्ट्रसंघीय मिसन अन्तर्गत काम गर्न जाने गरेका छन् ।


तलब र सुविधा आकर्षक भए पनि सुरक्षाका हिसाबले भने त्यहाँ पुग्ने नेपालीहरूले धेरै सचेत हुनु आवश्यक छ । विमानस्थलदेखि सुरु हुने लुटपाट होटलसम्म पनि जारी रहन्छ । बाटोमा एक्लै हिँड्नु अझै पनि कुनै पनि विदेशीका लागि खतराजस्तै हो ।


तर, बेखबर राज्य
सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि विश्वका १ सय ८ मुलुकका लागि श्रमबजार खुला गरसिकेको छ । वैदेशिक रोजगारीका लागि अनुमति खुला भएको पछिल्लो मुलुक हो, जाम्बिया । विदेसिएका नेपालीहरूमध्ये ९० प्रतिशत मलेसिया, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्समा छन् । अपि|mकी मुलुकहरूमा सरकारले रोजगारीमा जाने बाटो खुला गरे पनि कति नेपाली त्यहाँ पुगेका छन् भन्ने यकिन तथ्यांक सरकारसँगै छैन । जबकि भारत र बंगलादेशको बाटो हुँदै थुपै्र संख्यामा नेपालीहरू अपि|mकी मुलुक पुग्ने गरेको देखिन्छ ।


ती मुलुकहरूमा नेपालीहरूको बढ्दो गमनलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलै दुर्घटना दोहोरनि सक्ने जोखिम पनि हुन सक्छ । मध्यअपि|mकी मुलुक लिबिया पुगेका नेपालीहरूले खेप्नुपरेको सास्ती त्यसैको परण्िाति थियो । सरकारी निकायहरूले त्यसतर्फ समयमै चनाखो हुन सके कुनै राजनीतिक र अन्य विपत्ति आइपरे पनि तत्काल उद्धार सुरु गर्न सहज हुने र नेपालमा परविारजन पनि ढुक्क हुने अवस्था निर्माण हुन सक्थ्यो । त्यसैगरी कुनै एक मुलुकमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको पाए सरकारले त्यस मुलुकसँग श्रम सम्झौताका लागि पनि पहल गर्न सक्छ, जसले गर्दा नेपालीहरूले अन्य मुलुकका नागरकिसरह तलब र सुविधा पाउनुका साथै उनीहरूको जीउधन थप सुरक्षित बन्ने थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजूका अनुसार सरकारले रोजगार प्रवर्द्धनका लागि केही गरेको छैन । बटाजू भन्छन्, "जति पहल भएको छ त्यो सबै व्यवसायीहरूका तर्फबाट भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले क्षतिपूर्ति र घाइतेको उपचार गराउँदैमा फुर्सद छैन ।"


अहिले नै अपि|mका जानेहरूको संख्या उल्लेख्य नभए पनि बजार विस्तारका लागि अपि|mका राम्रो गन्तव्य हुन सक्ने र सरकारले पनि आवश्यक परे पहल गर्नुपर्नेमा वैदेशिक रोजगार विभागका निर्देशक मनोहरप्रसाद खनाल पनि सहमत देखिन्छन् । सरकारी बेवास्ताका बाबजुद गैरआवासीय नेपाली संघको अनुमानमा अपि|mकामा रहेका नेपालीहरूको संख्या एक हजारभन्दा बढी छ । संघका पूर्वप्रवक्ता जुगल भूर्तेल भन्छन्, "नेपालीहरूको संख्या बढ्दै गएको छ भने सरकारले त्यस्ता मुलुकहरूसँग श्रम सम्झौता गर्न पहल गर्नुपर्‍यो ।" उनका अनुसार आज विदेसिनेहरू भोलि देशकै मानवपुँजी बन्नेछन् र उनीहरूले हासिल गरेको सीप र अनुभव भविष्यमा नेपालभित्रै उपयोगी हुनसक्छ । भूर्तेल भन्छन्, "देशभित्र बेरोजगार बस्नुभन्दा विदेशबाट रेमिट्यान्स र सीप भित्रिन्छ भने त्यसलाई राम्रै मान्नुपर्छ । त्यसलाई कसरी व्यवस्िथत बनाउने भन्ने मात्र हो ।"


'वास्तविकता बुझेर आउँदा सजिलो’


पाल्पाको रडिी बजारछेउको अर्गली गाउँका डा खिमानान्द शर्मा गैरे दक्षिण अपिकामा बस्दै आएका नेपालीहरूमध्ये सबैभन्दा पुराना र प्रतिष्ठित मानिन्छन् । भारतको मुम्बईस्िथत ग्रान्ट मेडिकल कलेजबाट सन् १९७४ मा एमबीबीएस अध्ययन पूरा गरेपछि त्यहीँबाट बालरोग र नाक, कान, घाँटी रोगमा विशेषज्ञता हासिल गरे । उनकी श्रीमतीले पनि नाक, कान, घाँटीमा एमएस पूरा गरनि् । विशेषज्ञता हासिल गरेपछि उनीहरू दुवै स्वदेश फर्किए, तर यहाँ उनीहरूले हासिल गरेको उच्च शिक्षाको कुनै कदर भएन, बरु कान्ति अस्पतालमा कनिष्ठ डाक्टरको भूमिका दिइयो । तलब पनि कम र आफूले हासिल गरेको ज्ञानको सदुपयोग हुने सम्भावना नदेखेर गैरे सन् १९८० मा दक्षिण अपि|mका पुगे । लगत्तै उनकी श्रीमती विमला पनि त्यतै लागिन् ।


जातीय रंगभेदको चरम पीडामा रहेको दक्षिण अपि|mकामा त्यसताका नेपाली पासपोर्ट मान्य थिएन । त्यसैले गैरे ट्रान्सकेई भन्ने ठाउँ पुगे । हाल ट्रान्सकेई दक्षिण अपि|mकाको इस्टर्न केप राज्यका रूपमा चिनिन्छ, जसलाई दक्षिण अपि|mका र इजरायलले मात्र छुट्टै देशको मान्यता दिएका थिए । त्यहाँ गैरेले आकर्षक तलबसँगै खाने बस्ने सुविधासमेत पाए । हाल उनी त्यही इस्टर्न केपस्िथत नेल्सन मण्डेला शिक्षण अस्पतालको बालस्वास्थ्यसेवाको प्रमुखका रूपमा कार्यरत छन् । उनकी श्रीमती वाल्टर सिसुलु विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान संकायमा एसोसियट प्रोफेसर र इएनटी विभागको प्रमुख छिन् । गैरे दम्पतीका तीन छोरामध्येका एक १३ वर्षदेखि स्थानीय अस्पतालमा कार्यरत छन् भने माइला व्यवस्थापन पढ्दैछन् । कान्छाचाहिँ केपटाउन विश्वविद्यालयमा एमबीबीएस गर्दैछन् ।


गैरे दम्पतीबाहेक पनि दक्षिण अपि|mकामा मात्र करबि तीन सय नेपाली डाक्टरहरू रहेको अनुमान छ । डाक्टर, इन्जिनियर, पाइलट र एकाउन्टेन्टजस्ता उच्च तहका दक्षहरूले राम्रो अवसर पाए पनि अदक्षहरूका लागि अपि|mकी मुलुक जोखिमपूर्ण नै रहेको गैरे बताउँछन् । भन्छन्, "कम्पनीको वास्तविकता बुझेर यहाँ आए धेरै सहज हुन्छ, अन्यथा एक छाक टार्न पनि कठिन छ ।" अपि|mकी मुलुकहरूमा बेरोजगारीको अवस्था विकराल रहेको हुँदा प्रशस्त जानकारी नराख्दा समस्या पर्ने गैरेको ठहर छ ।
डा खिमानान्द शर्मा गैरे




'सन्तुष्टि मिलेको छ’


हिक्मत थापा
पाँच वर्षदेखि नाइजेरयिाको राजधानी लागोसमा बस्दै आएका हिक्मत थापा हाल त्यहाँको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान डाँगोटे इन्डस्िट्रज लिमिटेडको खाद्य विभागका महाप्रबन्धक हुन् । खाद्य प्रविधि विषय पढेका थापा पहिले नेपालका चाउचाउ उद्योगहरूमा कार्यरत थिए । पछि कामको सिलसिलामा भारत गएका बेला डाँगोटेको अवसर पाएर उनी नाइजेरयिा पुगेका हुन । डाँगोटेको उनीमातहतको कम्पनीले चिनी, मैदा, आटा, चाउचाउ, पास्ता, जुस, नुन र अन्य खाद्यवस्तुहरू उत्पादन गर्छ । त्यसका अतिरत्तिm डाँगोटे सिमेन्ट उत्पादनका लागि पनि नाइजेरयिामा अग्रणी मानिन्छ । कैलाली घर भएका थापाका अनुसार नाइजेरयिा पुगेका अधिकांश नेपालीहरू खाद्य विशेषज्ञ, इन्जिनियर र औद्योगिक प्राविधिक, चार्टर्ड एकाउन्टेन्ट, बजार व्यवस्थापक, सुरक्षाकर्मी र कुकका रूपमा छन् । अमेरकिा, युरोप र अन्य विकसित मुलुकको तुलनामा केही प्राविधिक ज्ञान हासिल गरेका दक्ष नेपालीहरूका लागि अपि|mका काम पाउन धेरै सजिलो छ । थापा भन्छन्, "यहाँ डिग्री र अनुभवका हिसाबले धेरैले काम पाएका छन्, जसले राम्रो आम्दानीसँगै सन्तुष्टि पनि दिएको छ ।"


'फुटबल हेरेर दुःख बिर्सिएँ’

रामहरि थापा

कामको सिलसिलामा छ वर्षअघि दक्षिण अपि|mका पुगेका अर्का नेपाली हुन्, रामहर िथापा, ४० । नुवाकोटका थापा दक्षिण अपि|mका जानुअघि नेपाल पुलिस क्लबसँग आबद्ध थिए । क्लबका तर्फबाट उनी विभिन्न फुटबल प्रतियोगिताहरूमा समेत सहभागी भएका थिए । देशभित्र भरपर्दो रोजगारीको अवसर नपाएपछि उनी अपि|mकी मुलुकतर्फ लागेका हुन् । सुरुका दिन निकै कष्टकर भए पनि हाल भारतीय रेस्टुराँमा हेड कुक रहेका उनी मासिक करबि एक लाख रुपियाँ कमाउँछन् तर देश छाडे पनि उनमा रहेको फुटबलप्रतिको मोह भने टुटेको छैन । त्यसैले दक्षिण अपि|mकामा गत वर्ष आयोजित विश्वकप फुटबल प्रतियोगिताका केही खेलहरू प्रत्यक्ष हेर्न उनी रंगशाला नै पुगे । थापा भन्छन्, "परदेशको दुःखले आजित भएको बेला विश्वकप प्रत्यक्ष हेर्दाको क्षण जीवनकै सबैभन्दा अविस्मरणीय क्षण बन्यो ।"


'सुरक्षाबाहेक सबै ठीक छ’

सुरेश सिंह

देशभित्रै दुई दशकभन्दा बढीको लेखा र वित्त प्रशासनको अनुभव बटुलेका सुरेश सिंह अहिले युगान्डाको राजधानी कम्पालास्िथत एउटा कम्पनीमा लेखापरीक्षक छन् । यसअघि खाडीसमेत पुगिसकेका सुरेशले हाल मासिक तलब एक हजार अमेरकिी डलर र दुई सय डलर खानाका लागि पाउने गरेका छन् । आफू कार्यरत कम्पनीमा मात्र २० जना नेपाली विभिन्न पदमा कार्यरत रहेको उनी बताउँछन् । सिंहले काम गर्ने कम्पनी विगत १२ वर्षदेखि बैँकिङ् र होटल व्यवसायसँग आबद्ध छ । नेपालीहरू आन्तरकि लेखापरीक्षक, प|mन्ट अफिस म्यानेजर, फुड एन्ड बेभरेज म्यानेजर, बजार व्यवस्थापक, शाखा व्यवस्थापक, सेफ र सुरक्षा कर्मीका रूपमा कार्यरत छन् । सिंह भन्छन्, "सेवा र सुविधा राम्रो भए पनि सुरक्षा अलि कमजोर छ ।"


भारतबाट युगान्डा
वीरबहादुर थापा

पुख्र्यौली घर दाङ भएका वीरबहादुर थापा सात वर्षदेखि युगान्डामा छन् । उनी भारतीय खानाका सेफका रूपमा स् पेक गु्रप कम्पनीमा काम गर्दै आएका छन् । रेस् टुराँहरूको यो समूह भारतीय परकिारका लागि परििचत मानिन्छ । उनले खाना सुविधासहित मासिक १ हजार ५ सय अमेरकिी डलर पाउँछन् । त्यसका अतिरत्तिm उनलाई प्रत्येक दुई वर्षमा एकपटक घर आउन-जान पनि कम्पनीले नै टिकट दिने गरेको छ । सानैदेखि भारतमा बस् दै आएका उनको परविार अझै नयाँदिल्लीमा रहेको छ । थापा भन्छन्, "यहाँ कामदारलाई कुनै विभेद छैन ।"
सुरेश राज न्यौपाने

नेपाल

Saturday, May 14, 2011

काम, दाम र कोरिया

नेपाल सरकार र कोरिया सरकारको सम्झौतापश्चात् नेपालीहरूले कोरियामा काम पाउन थालेका हुन्। भर्खरै मात्र ५७ हजार ६ सय ७५ नेपाली युवायुवतीले कोरियाका लागि र्फम भरे। र्फम भर्दा उमेरको हदबन्दी भए पनि शिक्षाको भने छैन। त्यसैले कक्षा ५ अध्ययन गरेकादेखि डिग्री अध्ययनरत युवासम्मले कोरिया जाने ध्याउन्नमा र्फम भरेका छन्।
यसपटक कोरिया जाने अनुमति ७ हजार १ सयले प्राप्त गरे पनि र्फम भर्नेहरूको संख्या त्यसको आठ दोब्बर छ। त्यसैले यसपटक आठ बराबर एकको अनुपातमा छनौट हुनेछन्। महिलाका लागि भने ८ सय जनाको कोटा छुट्याइएको छ।  नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीअनुरूप रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत गणतन्त्र कोरियामा कामदार पठाउने सिलसिलामा प्रक्रिया पुगेका नेपाली उम्मेदवारको छनौट एचआरडी कोरियाले गर्नेछ।

यसै क्रममा तेस्रो कोरियन भाषा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा एचआरडी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन इच्छुक नेपालीले परीक्षा र्फम भरेका छन्, जसअन्तर्गत २०६८ साउन ६ गते शुक्रबार र ७ गते शनिबार आवेदन संख्याको आधारमा परीक्षा सञ्चालन गरिनेछ । आवश्यक भए परीक्षाको दिन थप हुन सक्ने नेपाल सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयको आधिकारिक वेबसाइटले जनाएको छ।


यसपल्ट भाषा परीक्षामा ७ हजार १ सय जना उत्तीर्ण हुनेछन्। धेरैजसो र्फम भर्ने आवेदकले उत्पादनमूलक क्षेत्रमा रोजगार आवेदन फारम भरेका छन्। गत वर्ष भने आवेदकले कृषिमा आधारित कामका लागि पनि र्फम भरेका थिए। कोरिया जान पहिलो चरणमा ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गराउनुपर्छ। तेस्रो चरणमा उताबाट कामदारको नाम तोकेर कन्ट्रयाक्ट लेटर आउँछ, त्यसपछि छानिएका व्यक्तिहरूका लागि श्रममन्त्रालय तथा एचआरडी कोरियाले काठमाडांैमा एक हप्ता ओरिन्टेसन कक्षा सञ्चालन गर्छन्। यो कोरिया जाने अन्तिम चरण हो।


ईपीएसअन्तर्गत कोरियाले हाल १४ वटा देशबाट कामदार लाने गरेको छ। अहिले सबैभन्दा बढी कामदार नेपालबाट लागिरहेको अवस्था छ।


परीक्षास्थल र नतिजा
परीक्षास्थल तथा परीक्षा समयसम्बन्धी विस्तृत सूचना २०६८ असार २३ गतेको राष्ट्रिय दैनिक तथा ईपीएस कार्यालयको वेबसाइट धधध।भउकलभउब।अिom।लउ मा प्रकाशित गरिने भएको यसको आधिकारीक वेबसाइटले जनाएको छ। नतिजा प्रकाशन भने दुई महिनापछि हुनेछ। भाषा परीक्षाको नतिजा २०६८ भदौ ६ गते ईपीएस कार्यालयको वेबसाइट धधध।भउकलभउब।अिom।लउ, ज्च्म् पयचभब को धधध।जचमपयचभब।यच।पच, भउक पयचभब धधध।भउक।नय।पच तथा वैदेशिक रोजगार विभागको सूचना पाटीमा प्रकाशित हुनेछ। ईपीएस प्रमाणपत्रको बहाल अवधि नतिजा घोषणा भएको मितिले दुई वर्षसम्म हुन्छ। दुई वर्षसम्म पनि नाम नआए पुन परीक्षा दिनुपर्ने हुन्छ। परीक्षार्थीले परीक्षामा आफूले प्राप्त गरेको अंकको जानकारी भने धधध।भउक।नय।पच बाट प्राप्त गर्न सक्छन्।


भाषा मूल्यांकन वस्तुगत तथा बहुउत्तरमा आधारित रहनेछ। दुवै परीक्षाको बीचमा मध्यान्तर हुनेछैन। यसका लागि प्रशिक्षार्थीले परीक्षाको दिनको तयारी पहिले नै तयारी गर्नु श्रेयस्कर हुन्छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा कामका लागि आवेदन दिन योग्य हुनु हो, यो कोरियामा रोेजगारी पाइने ग्यारेन्टी भने होइन। भाषा परीक्षामा उत्तीर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी प्रतिवेदन प्रतिकूल भएका वा पहिले नै गणतन्त्र कोरिया गै गैरकानुनी रूपमा बसोबास गरेका व्यक्तिहरू अयोग्य ठहरिन सक्छन्। त्यसैले पनि कोरियाका लागि र्फम भर्नेहरूले बेलैमा विचार पुर्‍याउनु आवश्यक हुन्छ।


कोरियाको संस्कृति एवं राजनीति
यदि कुनै नौलो ठाउँमा नयाँ जीवन सुरु गरिँदै छ भने त्यहाँ बस्ने स्थानीय मानिसका बारेमा पनि जान्नु आवश्यक हुन्छ। कोरिया जानेहरूले कोरियाको धर्म, संस्कृति, रीतिरिवाज, मूल्यमान्यता, चालचलन, रहनसहन, राजनीतिक अवस्था, भूगोल साथै ऐतिहासिकताका बारेमा जान्नु राम्रो हुन्छ। 


अधिकांश कोरियालीहरू सहर नजिक बस्छन्। राजाधानी सिओलमा जनसंख्याको चाप धेरै छ। कोरिया पहाडैपहाड भएको देश हो। कोरियालीहरू प्राकृतिक सुन्दरताका पारखी एवं गीत-संगीतमा पोख्त हुन्छन्। कोरिया नेपालजस्तै बहुधार्मिक मुलुक हो। दक्षिण कोरियामा बौद्ध धर्मावलम्वीहरूको बाक्लो उपस्थिति छ। त्यहाँ थुप्रै राम्रा र भव्य मन्दिरहरू छन्। कोरियामा ईसाई २६ प्रतिशत, बौद्ध २६ प्रतिशत, ताओधर्मका अनुयायी १ प्रतिशत र अन्य १ प्रतिशत छन्। धर्म नखुलेकाहरू भने ४६ प्रतिशत छन्।


७० प्रतिशतभन्दा बढी बासिन्दा साधारण बोलीचालीमा कोरियन भाषा प्रयोग गर्छन्। 


अंग्रेजी भाषा त्यहाँ निकै कम प्रयोग हुन्छ ।


कोरियनहरू आफ्नो परिवारलाई बढी महत्त्व दिन्छन्। मुख्यतः घरको वरिष्ठ मान्छे वा बाबु नै घरको मूली मानिन्छ। त्यहाँ अझै पनि सबैभन्दा पाकाले कुनै पनि कामको सुरुवात गर्छन्। घर-परिवारमा जेठो छोराले क्रमशः भाइ-बहिनी, श्रीमती एवं आफ्ना छोराछोरीको दायित्व निर्वाह गर्नुपर्छ। परिवारका सबै सदस्य एक-अर्कासँग नजिक हुन्छन्। कोरियालीहरू हात मिलाउँदा 'मान ना शु पान गोप सुमिन्दा' अर्थात् तपाइर्ंसँग भेटेर खुसी लाग्यो भन्छन्।


कोरियालीहरू आर्किटेक्चर, पेंटिङ, कला, संगीत, नृत्य, ड्रामा तथा साहित्य पनि निकै मन पराउँछन्। उनीहरू आफ्नो कला-संस्कृतिप्रति संवेदनशील छन्। कुनै पनि कार्यक्रममा उपहार आदान प्रदान गर्नु त्यहाँको संस्कार हो। राम्रो सम्बन्ध स्थापित गर्न उपहार दिने चलन छ। कोरियामा कसैले घरमा निमन्त्रण गरेको छ भने फलफूल र राम्रो खालको चकलेट अथवा फूलको गुच्छा उपहार लाने चलन छ। ४ लाई कोरियालीहरू अशुभ अंकका रूपमा लिन्छन् भने ७ उनीहरूको शुभ अंक हो।


रातो अथवा पहेंलो रंग शुभ मानिन्छ, किनभने ती राजसी कलर हुन्। उनीहरूका लागि गुलाफी रंग खुसीको प्रतीक हो। यसबाहेक हरियो, सेतो र कालो रंगको प्रयोग त्यति राम्रो मानिँदैन। कुनै कुरा दिँदा होस् वा लिँदा दुवै हातको प्रयोग गर्नुपर्छ। कोरियालीहरू प्राकृतिक सुन्दरता र जनावरको निकै ख्याल राख्छन्। सप्ताहन्त्ामा नाटक तथा ओपेराका धेरै कार्यक्रम सञ्चालन हुन्छन् भने कोरियालीहरू त्यहाँ आफ्नो परिवारका साथ पुग्छन्।


कोरियालीहरू स्वादका पारखी हुन्छन्। उनीहरू आफ्ना परम्परागत खानेकुरा लाई पनि उत्तिकै प्राथमिकता दिन्छन्। कोरियामा सबैभन्दा लोकपि्रय खाद्य पदार्थ किम्ची हो। कोरियालीहरू सुप पिउन पनि निकै अगाडि छन्। नेपालमा जस्तै कोरियालीहरू पाहुनालाई निकै आदर-सम्मान गर्छन्। अतिथि देवो भवलाई सधंै हृदयङ्गम गर्छन्। यसबाहेक कोरियालीहरू घर साजसज्जा एवं घरमा रहेका फर्निचर सजाउन खप्पिस हुन्छन्।


जसरी हामी नेपालीहरू एक-अर्कासँग भेट गर्दा नमस्कार गर्छांै, त्यसरी नै कोरियालीहरू झुकेर एक-अर्कामा आदरभाव व्यक्त गर्छन्। उनीहरू विनम्र हुन्छन्। दक्षिण कोरियामा घरभित्र पस्नुअघि जुत्ता फुकाल्नुपर्छ। बोलाइएको ठाउँमा आधा घण्टा अघि नै उपस्थिति जनाउनुपर्छ, ढिलो गर्नु हुँदैन। प्रत्येक कोरियाली सदस्यसँग भलाकुसारी गर्नु राम्रो हुन्छ। बस्दा कहाँ बस्नुपर्ने हो, उनीहरूको आदेश पर्खनु राम्रो हुन्छ। कोरियामा खानेकुरा खाँदा चपस्टिक प्रयोग गरिन्छ, तर चपस्टिकले कहिल्यै कसैलाई वा कुनै वस्तुलाई इङ्गति गर्नु हुँदैन।


कोरियनहरू नियम कानुनलाई पूर्ण रूपमा अपनाउँछन्। उनीहरू प्रत्यक्ष कुराकानी गर्न मन पराउने खालको हुन्छन्। कोरियालीहरू आफ्नै परम्परागत पहिरनमा सजिन मन पराउँछन्। कोरियाका अधिकांश पुरुषले कालो पोसाक लगाउँछन्। कार्यालयमा भने सेतो सर्ट लगाउँछन्। महिलाहरू भने पुरातन सोचका हुन्छन् भने पुरातन शैलीका पोसाक लगाउन मन पराउँछन्। पुरुषहरू घडी र विवाहको औंठीबाहेक शरीरमा अन्य एसेसरिज प्रयोग गर्दैनन्। आधुनिक कोरियन पुस्ताले भने त्यसको त्यति ख्याल गर्दैन।


कोरियाको मौसम धेरै चिसो हुन्छ। दक्षिण कोरियामा जनवरी महिनामा धेरै चिसो हुन्छ। धेरैपल्ट यहाँको तापक्रम शून्यभन्दा तल र्झछ। जूनको अन्त्यमा सुरु हुने वषर्ा मौसम अगस्टसम्म जारी रहन्छ। दक्षिण कोरियामा सबैभन्दा राम्रो महिना सेप्टेम्बरदेखि डिसेम्बरसम्मलाई मानिन्छ।


गणतन्त्र कोरिया -दक्षिण)मा प्रत्येक पाँच-पाँच वर्षमा निर्वाचन हुन्छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत त्यहाा राष्ट्रपतिले शासन गर्छन्। त्यहाा युरी पार्टी, ग्रान्ड नेसनल पार्टी, डेमोक्राटिक लेबर पार्टी तथा डेमोक्रेटिक पार्टी मुख्य रूपमा सक्रिय छन्।


कोरियामा काम, तलब र बिदा
कोरियामा काम पाइने थुप्रै स्थान छन्। ईपीएसअन्तर्गत त्यहाँ पुग्ने कामदार कानुनी रूपमा वैध मानिन्छन्, तर त्यसबाहेकका लागि भने काम पाउन गाह्रो छ। त्यहाँ सोर्सफोर्सको चलन छैन। साथीभाइ एवं चिनजानले पनि काम गर्न पाइँदैन। त्यसैले कामका लागि कोरिया सरकारले विभिन्न मुलुकबाट कानुनी रूपमा कामदार लान्छ। त्यहाँ कामको समयमा र बाहिर पनि आदर सम्मानको उत्तिकै ख्याल राख्नुपर्छ। कोरियनहरू आदरसम्मान नगर्ने व्यक्तिलाई मन पराउँदैनन्। त्यस्तो स्थितिमा आफ्नो कामबाट बिदा लिनुपर्ने अवस्थासमेत आउँछ। कोरियालीहरू निकै मेहनती हुन्छन्। कोरियामा हप्ताको ४८ घण्टा काम गर्नुपर्छ भने हप्ताको ६ दिन काम गरिन्छ। त्यहाँ दिनमा ८ घण्टा काम गर्नुपर्छ। यसबाहेक ओभर टाइमको व्यवस्था अनिवार्यजस्तै छ। अठार वर्षभन्दा कम उमेरका व्यक्तिलाई काम गर्ने अनुमति छैन। तलब भने कम्पनीअनुसार फरक-फरक हुन्छ। नेपालीहरूले मासिक ७० हजारदेखि डेढ लाखसम्म पाउँछन्।


पहिले कोरिया जानेहरू खेतिपाती र माछा मार्ने काममा खटिएका थिए। दोस्रो पटकमा पनि त्यस्तै रह्यो तर यस पटक भने उत्पादनमूलक कामका लागि कामदार लाने बताइएको छ। त्यस कारण पनि पहिलेकाले अप्ठ्यारो काम भएको बताए पनि यस पटक भने त्यति कठिन नहुने दाबी गरिन्छ। कोरियामा सरकारले एउटा प्रणाली लागू गरेको छ, जसमा सबै कामदारले हप्तामा पाउने एक दिनको बिदामा पनि काम गरेर पैसा थाप्न पाउँछन्। कोरियामा स्थानीय सौर्य र चन्द्रमास पात्रो प्रयोगमा ल्याइन्छ, जहाँ बिदासम्बन्धी जानकारी उपलब्ध हुन्छ। कोरियामा वर्षमा १५ वटा राष्ट्रिय बिदा मनाइन्छ। नयाँ वर्ष, जनआन्दोलन दिवस, बुद्धजयन्ती, बालदिवस, संविधान दिवस, सहिद दिवस, क्रिष्टमस डे आदि त्यहाँका प्रमुख बिदा हुन्।
भीषण राई
साप्ताहिक

Saturday, March 26, 2011

बेलायतमा निजी कलेजका विद्यार्थीले काम गर्न नपाउने

बेलायत सरकारले टियर फोरअन्तर्गत पढ्न आउने विद्यार्थीका लागि अनुदार शिक्षा नीति सार्वजनिक गरेको छ। गृह मन्त्री टेरेसाले उद्‍घोष गरेअनुसार यहाँका निजी कलेजमा पढ्नेहरुले काम गर्न पाउने छैनन्।मङ्गलबार जारी यो नियमको शिकार व्यक्तिगत लगानीका कलेजसमेत हुने भएका छन। नयाँ नियम २०१२ को अप्रिलसम्म लागू भइसक्नेछ। नियम लागू भएपछि विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले मात्र काम गर्न पाउने भएका छन्। सामुदायिक कलेजमा पढ्ने विद्यार्थीको हकमा भने सीमित अवधि काम गर्ने अनुमति दिइनेछ। अन्य निजी क्षेत्रबाट सञ्चालित कलेजलाई तिनीहरुको क्षमताअनुरुप अति विश्वसनीयको दर्जा दिइनेछ तर त्यस्ता कलेजमा पढ्न आउने विद्यार्थीले काम गर्न भने पाउने छैनन्। यसअघि विद्यार्थीले पाउँदै आएको सुविधा अर्थात् 'पोष्ट स्टडी वर्क' पनि हटाइनेछ।

क्विन्स ल्याण्ड कलेजका प्रिन्सिपल कृष्ण भट्टका अनुसार बेलायत सरकारले ल्याएको यस नियमबाट पन्ध्र सयको हाराहारीमा रहेका निजी लगानीका कलेजलाई प्रत्यक्ष असर पर्नेछ। निजी लगानीका धेरै कलेज बन्दसमेत हुन सक्छन्। भट्टले भने- अब आउने विद्यार्थीलाई यस नियमले अप्ठ्यारो पारेको छ। निजी लगानीका कलेजप्रति सरकारको यो विभेदकारी नीति हो, यसले पछि सरकारलाई असजिलो हुनसक्छ- उनले भने। विद्यार्थीकै अधिकारमा सरकारले अङ्कुश लगाउन खोजेको हो, विश्वविद्यालयमा पढ्ने विद्यार्थीले काम गर्न पाउने, निजी कलेजमा पढ्नेले किन नपाउने ?' विश्वविद्यालयको शिक्षा महङ्गो हुने बताउँदै प्रिन्सिपल भट्टले सीमित कोटा प्रणाली र भर्नाका प्रावधानहरुले विद्यार्थीलाई मर्का पर्नेछ।
बेलायतमा वकालत पेशा अङ्गालेका सुनिल अधिकारीले नयाँ नियमको खाकामात्र आएको दाबी गरे। नियम कस्तो आउन लागेको हो, त्यसको ड्राफ्टमात्र आएको छ, अधिकारीले भने- पूरा नियम आइसकेको छैन। नियय यस्तो आउँदैछ भन्ने सङ्केतमात्र दिएको हो। २२ मार्चमा आएको नियमले विद्यार्थीहरुलाई नै विभेद गरेको प्रष्ट हुने उनले बताए। विश्वविद्यालयमा पढ्ने विद्यार्थी र उनीहरुको 'डिपेन्डेण्ट' सहायकले भने काम गर्न पाउने छन्। कानुनविद् अधिकारीले विश्वविद्यालयका विद्यार्थीहरुले अहिलेकै सुविधा 'पोष्ट स्टडी वर्क' २०१२ को अप्रिलसम्म पाउने बताए।
अधिकारीका अनुसार निजी लगानीका कलेजमा पढ्ने विद्यार्थीलाई विश्वविद्यालयसरह सुविधा नभए पनि उसको मान्यताप्राप्त कलेजहरुबारे नियम मौन बसेको छ। विश्वविद्यालय विभिन्न स्थानमा हुन सक्छन्, तिनीहरुकै मातहतमा पढाइ गर्ने कलेजहरुका बारेमा केही खुलाइएको छैन, अधिकारीले भने त्यस्ता विद्यार्थी कुन परिभाषामा पर्छन् ? कहिलेकहीँ नियम लागू हुँदा  ड्राफ्टमा उल्लेख गरिए जस्तो नहुने उनको भनाई थियो।
जो होस्, अहिले पनि बेलायतको शिक्षामा 'स्याण्डवीच' जस्तो बनिरहेका विद्यार्थी नयाँ नियमले थप चपेटामा पर्ने निश्चित छ। निजी क्षेत्रका कलेजमा अत्यन्त महङ्गो शुल्कका कारण आर्थिक समस्या झेलिरहेका उनीहरुलाई पक्कै पनि विश्वविद्यालय तथा सामुदायिक कलेजहरु आकाशको फल हुन सक्छन्। बेलायतले टियर फोर प्रणालीअन्तर्गत विद्यार्थीलाई बेलायत आउने अनुमति दिएपछि एकाएक अरबपति बन्न पुगेका निजी शिक्षा व्यवसायीहरुलाई पनि यसले नराम्रो धक्का दिने निश्चित छ। यद्यपि सरकारी नीतिको विरोधमा निजी शिक्षा व्यवसायीहरु अदालतमा रिभ्युका लागि भने जान सक्नेछन्।
- धर्मराज अधिकारी
नागरिक न्यूज़