skip to main |
skip to sidebar
काठमाडौँमा ए-लेभल सक्दानसक्दै अमेरिका उड्ने भनेर धमाधम स्याट परीक्षाको तयारी गररिहेका नीतिश कार्कीले आफ्नो योजना त्यतिबेला बदले, जतिबेला उनलाई कसैले भारतको 'गार्डेन सीटी' अर्थात् बैङ्लोरका बारेमा सुनाइदियो। बूढानीलकण्ठ स्कुल अध्ययन गरेका १९ वर्षे कार्की यतिबेला बैङ्लोरमै छन्। "घर छोडेर धेरै टाढा पनि जान नसक्ने तर पश्चिमा शैलीको पढाइ खोज्ने नेपाली विद्यार्थीका लागि बैङ्लोर निकै उपयुक्त छ," उनी भन्छन्, "त्यसबाहेक यहाँको पढाइ खर्च सस्तो र भर्ना पाउन पनि सजिलो छ।"कार्कीले भनेजस्तै विशेषताका कारण पछिल्ला दिनमा बैङ्लोरमा नेपाली विद्यार्थी आगमन बाक्लिएको छ। कतिपय विद्यार्थी थोरै समयमा सकिने कोर्सका कारण पनि यतातिर आकषिर्त भएका छन्। जस्तो- कार्की चार्टर्ड एकाउन्टेन्ट -सीए) र बिजनेस म्यानेजमेन्ट -बीबीएम) एकैपटक पढ्न चाहन्थे। उनको यो चाहना यहाँ सम्भव भएको छ। "दुवै विषय फरकफरक समयमा पढ्न नौ वर्ष लाग्थ्यो मलाई। तर, यहाँको विशेषता भन्नु नै दुवै कोर्स पाँच वर्षभित्र पूरा गर्न सकिनु हो," उनी भन्छन्, "मजस्ता थुप्रै विद्यार्थी यहाँ छन्।"कार्कीसँगै ए-लेभल सकेका विवेक केसी, १९, र रूपेशमान सिंह, १८, पनि सँगै बस्छन्। सबैले पढ्ने कलेज र कोर्सहरू एउटै हुन्। मासिक १२ हजार भारतीय रुपियाँमा उनीहरूले फ्ल्याट भाडामा लिएका छन्। उनीहरू दिउँसो आचार्य इन्स्िटच्युट अफ म्यानेजमेन्ट साइन्सेजमा बीबीएम पढ्छन् भने साँझ ४ देखि ८ बजेसम्म सेन्ट जोसेफ कलेज अफ कमर्समा सीएका लागि प्रवेशिका तयारी कक्षामा पुग्छन्।
राती घर र्फकंदा ९ बजिसकेको हुन्छ, कलेजले दिएका गृहकार्यहरू र भोलिपल्टका पाठको तयारी गर्दा मध्यरात त्यसै कट्छ । बैङ्लोरमा नेपाली विद्यार्थीको दैनिकी अति यान्त्रिक रहेको बताउँदै केसी भन्छन्, "बिहानको खाना पकाएर खान पनि भ्याइँदैन।" बिहान ७ बजे उठ्दा खाजा र नुहाइधुवाइमै एक घन्टा बित्छ। 'पिकआवर' हुनाले बिहान कलेजसम्म पुग्न अटोका लागि कम्तीमा एक घन्टा छुट्याउँछन् उनीहरू। दिउँसोको खाना कलेज क्यान्टिनमै खान्छन्। "पढ्न समय नै नपुग्ने हुँदा साँझको खाना पनि प्राय: बाहिरै खान्छौँ," केसी थप्छन्, "यहाँ म्यानेजमेन्ट र सीए दुवै पढ्नेहरूलाई त यस्तो नगरे सम्भव नै हुँदैन।" आचार्य कलेजमा मात्र उनीहरूजस्ता २० नेपाली विद्यार्थी छन्। विशेष गरी नेपाली विद्यार्थी प्ाढ्न रुचाउने अन्य पाँच म्यानेजमेन्ट कलेज र सीए इन्स्िटच्युटहरूमा पछिल्लो एक वर्षमा मात्रै झन्डै डेढ सयको हाराहारीमा नेपाली विद्यार्थी भर्ना भएका हुन् ।
व्यस्तताले गर्दा यहाँका नेपाली विद्यार्थीलाई कलेज-घरको रुटबाहेक अन्यत्र राम्ररी घुम्ने मौका पनि जुर्दैन। "जर्मन सेर्फड कुकुरसँग खेल्छौँ, गितार बजाउँदै कोठाभित्रै गीत गाउँछौँ, फेसबुक त छँदै छ," रूपेश फुर्सदमा गर्ने कामहरू बताउँछन्, "थोरै समयमा बाहिर निस्कन सकिँदैन। गाह्रो त गाह्रो छ।"
दुई-तीन वर्ष मात्र भयो, यहाँ नेपाली विद्यार्थीहरू आउने क्रम बढेको। पढाइका लागि भारतका अन्य सहरहरू नयाँदिल्ली, पुणे, गोवा, इलावाद आदि पनि नेपाली विद्यार्थीका लागि राम्रा गन्तव्यका रूपमा परििचत छन्। तर, मौसम र राम्रो सुरक्षा व्यवस्थाका कारण पछिल्ला दिनमा यतातिर आकर्षण बढेको बताउँछन्, नेसनल इन्स्िटच्युट अफ टेक्नोलोजी, कर्नाटकमा बीई -कम्प्युटर) दोस्रो वर्षका विद्यार्थी युवराज पोखरेल, २१। यहाँको तापक्रम औसत बढीमा ३३ र कममा १५ डिग्री सेल्सिएस हुने हुँदा नेपालबाट आउनेका लागि भारतका अन्य ठाउँभन्दा यो ठाउँ उपयुक्त छ। त्यसका साथै यहाँका स्थानीयको सहयोग, व्यवहार र पश्चिमा शैलीको विकासले युरोप-अमेरिका नै पुगेको झल्को दिने पनि उनको अनुभव छ। सडक छेउमा रोपिएका ठूलासाना रूख र ठाउँठाउँमा पानीका फोहरासहितका बगैँचाले सहरलाई सुन्दर र शीतल पनि बनाएका छन्। पोखरेलका भनाइमा, भारत भन्दा झट्ट मनमा आउने चोरी, डकैती, ठगीजस्ता कुराहरूबाट टाढै छ बैङ्लोर। अटोड्राइभरले कहिलेकाहीँ झोला वा पर्स छुट्दासमेत फोन गरेर बोलाउँछन्। पोखरेल भन्छन्, "व्यावसायिक नैतिकताप्रति यहाँका मान्छेहरू प्रतिबद्ध छन्।" प्रत्येक ट्याक्सीमा पर्यटक नठगियून् भनेर 'ग्लोबल पोजिसनिङ् सिस्टम' जडान अनिवार्य गराइएको छ। यद्यपि, भारत भन्दैमा बैङ्लोरबासी धेरैलाई हिन्दी बोल्न आउँदैन। यहाँ अंग्रेजी वा कन्नडमध्ये कुनै एक भाषा जान्ने भए बाहिरबाट आएका विद्यार्थीलाई
सहज हुन्छ।
नेसनल इन्स्िटच्युट अफ साइन्स -निस्ट), काठमाडौँबाट प्लस टू सकेपछि भारतीय दूताबासको छात्रवृत्तिमा आउने अवसर पाएका पोखरेलले सहरको आकर्षण र 'आईटी सीटी' भनेर प्रसिद्धि कमाएकै कारण अध्ययनका लागि बैङ्लोर छानेका रहेछन्। "यहाँ सूचनाप्रविधि र इञ्जिनियरङि्का सिर्जनशील व्यक्तिहरूको जमघट बढ्ता हुने हुँदा त्यसले स्वाभाविक रूपमा यहाँको अध्ययनलाई समेत सकारात्मक प्रभाव पारेको छ," उनी भन्छन्। पोखरेल पढ्ने कलेजमा मात्रै अहिले १० जना नेपाली इन्जिनियरङि्का विद्यार्थी छन्। यद्यपि, निजी आईटी कलेजहरूमा अन्य कजेजमा भन्दा दोब्बर विद्यार्थीको चाप छ । चारवर्षे यो कोर्स सक्न झन्डै १० लाख भारतीय रुपियाँ खर्च लाग्छ।
निजी कलेजहरूमा वाषिर्क ३५ देखि ४५ हजार रुपियाँको हाराहारीमा होस्टेल खर्च लाग्ने भए तापनि नेपाली खानाको जस्तो स्वाद नहुने हुँदा धेरै नेपाली विद्यार्थीहरू डेरामा बस्छन्। फ्ल्याट वा कोठा भेट्टाउनका लागि दलालहरू ल्ागाउनु पर्छ। एक महिनाबराबरको भाडा त दलालले नै लिन्छ। त्यसबाहेक एक वर्षको भाडा पहिल्यै जम्मा गर्नुपर्छ। कलेजकै नजिक कोठा पाइने सम्भावना निकै कम हुन्छ, त्यसैले दैनिक यात्रा गर्न विद्यार्थीलाई सजिलो होस् भनेर महानगरपालिकाले कलेजको 'सेमेस्टर फि' बुझाएको रसिद हेरेर एउटा 'ट्राभल पास' दिन्छ। यसका लागि मासिक झन्डै एक हजार भारतीय रुपियाँ तिर्नुपर्छ। पास देखाएपछि बैङ्लोरभर ियात्राका लागि स्थानीय बसमा पैसा तिर्नुपर्दैन।
बैङ्लोर नेपाली विद्यार्थीमाझ व्यवस्थापन र आईटी विषयका लागि मात्र चर्चित छैन। होटल म्यानेजमेन्ट, नर्सिङ् र फार्मेसीका लागि समेत नेपाललगायत दक्षिण एसिया र अफ्रिकी देशबाट विद्यार्थीहरू आउँछन्। नवलपरासीकी कल्पना गौँड, १९, तिनैमध्येकी एक हुन्। गत वर्ष बैङ्लोर छिरेकी उनले वैदी इन्स्िटच्युट अफ नर्सिङ् साइन्स एन्ड रसिर्च सेन्टरमा बीएस्सी-नर्सिङ् गररिहेकी छन्। उनको कक्षामा मात्र २२ जना नेपाली छात्रा छन्। नेपालमा बीएस्सी नर्सिङ्मा नाम निकाल्न निकै प्रतिस्पर्धा छ तर यहाँ सहजै र सस्तोमा त्यस्तो अवसर जुर्छ, पूरा कोर्स सकेको साढे पाँच लाख रुपियाँ जति लाग्छ। उनका अनुसार, नेपालको भन्दा पनि बैङ्लोरबाट लिइएको नर्सिङ् विषयको प्रमाणपत्रलाई बढी मान्यता दिइन्छ।
बैङ्लोरको पढाइ सस्तो हुनुको एउटा कारण यहाँका प्राय: कलेजले 'डोनेसन' शुल्क नलिनु हो। यहाँका कलेजहरूले कर्नाटकभित्रका भारतीय, कर्नाटकबाहिरका भारतीय र विदेशी गरेर तीन प्रकारले विद्यार्थी वर्गीकरण गरी पढाइ शुल्क निर्धारण गरेका छन्। यद्यपि, विदेशीले स्वदेशीले भन्दा बढी शुल्क तिर्नु पर्दैन। विदेशी विद्यार्थीका लागि कलेज होस्टेलहरू सहज उपलब्ध छन्। तर, 'पेइङ् गेस्ट'का रूपमा पनि कतिपय विदेशी विद्यार्थीहरू स्थानीयहरूसँग परिवारमा
बसिरहेका छन्।
यहाँका कलेजहरूमा विद्यार्थीको हाजिरी व्यवस्था कडा र शैक्षिक प्रणाली पनि व्यावहारकि हुने हुनाले अभिभावकहरू आफ्ना सन्तानले बैङ्लोरमा पढ्ने भनेपछि सहजै मान्ने गरेको अनुभव सुनाउँछन् नेपाली विद्यार्थीहरू। आचार्य इन्स्िटच्युट एन्ड बीएम रेडी कलेज अफ फार्मेसीका विद्यार्थी अखिलेश चौधरी, २१, भन्छन्, "कलेजमा कम्तीमा ७५ प्रतिशत हाजिरी हुनैपर्ने नियम छ। नत्र परीक्षा नै दिन पाइँदैन, के गर्नू ?" यहाँको पढाइको आकर्षणको अर्को कारण यहीँ रोजगारीको बढी सम्भावना हुनु पनि हो। जस्तो : यहाँका हरेकजसो राम्रा कलेजमा अन्तिम वर्षको परीक्षा सक्दानसक्दै सम्बन्धित क्षेत्रका रोजगारदाताहरू कलेजमै अन्तर्वार्ताका लागि आइपुग्छन् र धेरैलाई त्यहीँ नियुक्ति पनि दिन्छन् । त्यसैले पनि नेपालीका लागि बैङ्लोर उपयुक्त शैक्षिक गन्तव्यका रूपमा परििचत भइरहेको छ। प्रदीप बश्याल कान्तिपुर
नेपाल सरकार र कोरिया सरकारको सम्झौतापश्चात् नेपालीहरूले कोरियामा काम पाउन थालेका हुन्। भर्खरै मात्र ५७ हजार ६ सय ७५ नेपाली युवायुवतीले कोरियाका लागि र्फम भरे। र्फम भर्दा उमेरको हदबन्दी भए पनि शिक्षाको भने छैन। त्यसैले कक्षा ५ अध्ययन गरेकादेखि डिग्री अध्ययनरत युवासम्मले कोरिया जाने ध्याउन्नमा र्फम भरेका छन्।
यसपटक कोरिया जाने अनुमति ७ हजार १ सयले प्राप्त गरे पनि र्फम भर्नेहरूको संख्या त्यसको आठ दोब्बर छ। त्यसैले यसपटक आठ बराबर एकको अनुपातमा छनौट हुनेछन्। महिलाका लागि भने ८ सय जनाको कोटा छुट्याइएको छ। नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीअनुरूप रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत गणतन्त्र कोरियामा कामदार पठाउने सिलसिलामा प्रक्रिया पुगेका नेपाली उम्मेदवारको छनौट एचआरडी कोरियाले गर्नेछ। यसै क्रममा तेस्रो कोरियन भाषा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा एचआरडी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन इच्छुक नेपालीले परीक्षा र्फम भरेका छन्, जसअन्तर्गत २०६८ साउन ६ गते शुक्रबार र ७ गते शनिबार आवेदन संख्याको आधारमा परीक्षा सञ्चालन गरिनेछ । आवश्यक भए परीक्षाको दिन थप हुन सक्ने नेपाल सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयको आधिकारिक वेबसाइटले जनाएको छ।
यसपल्ट भाषा परीक्षामा ७ हजार १ सय जना उत्तीर्ण हुनेछन्। धेरैजसो र्फम भर्ने आवेदकले उत्पादनमूलक क्षेत्रमा रोजगार आवेदन फारम भरेका छन्। गत वर्ष भने आवेदकले कृषिमा आधारित कामका लागि पनि र्फम भरेका थिए। कोरिया जान पहिलो चरणमा ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गराउनुपर्छ। तेस्रो चरणमा उताबाट कामदारको नाम तोकेर कन्ट्रयाक्ट लेटर आउँछ, त्यसपछि छानिएका व्यक्तिहरूका लागि श्रममन्त्रालय तथा एचआरडी कोरियाले काठमाडांैमा एक हप्ता ओरिन्टेसन कक्षा सञ्चालन गर्छन्। यो कोरिया जाने अन्तिम चरण हो।
ईपीएसअन्तर्गत कोरियाले हाल १४ वटा देशबाट कामदार लाने गरेको छ। अहिले सबैभन्दा बढी कामदार नेपालबाट लागिरहेको अवस्था छ।
परीक्षास्थल र नतिजापरीक्षास्थल तथा परीक्षा समयसम्बन्धी विस्तृत सूचना २०६८ असार २३ गतेको राष्ट्रिय दैनिक तथा ईपीएस कार्यालयको वेबसाइट धधध।भउकलभउब।अिom।लउ मा प्रकाशित गरिने भएको यसको आधिकारीक वेबसाइटले जनाएको छ। नतिजा प्रकाशन भने दुई महिनापछि हुनेछ। भाषा परीक्षाको नतिजा २०६८ भदौ ६ गते ईपीएस कार्यालयको वेबसाइट धधध।भउकलभउब।अिom।लउ, ज्च्म् पयचभब को धधध।जचमपयचभब।यच।पच, भउक पयचभब धधध।भउक।नय।पच तथा वैदेशिक रोजगार विभागको सूचना पाटीमा प्रकाशित हुनेछ। ईपीएस प्रमाणपत्रको बहाल अवधि नतिजा घोषणा भएको मितिले दुई वर्षसम्म हुन्छ। दुई वर्षसम्म पनि नाम नआए पुन परीक्षा दिनुपर्ने हुन्छ। परीक्षार्थीले परीक्षामा आफूले प्राप्त गरेको अंकको जानकारी भने धधध।भउक।नय।पच बाट प्राप्त गर्न सक्छन्।
भाषा मूल्यांकन वस्तुगत तथा बहुउत्तरमा आधारित रहनेछ। दुवै परीक्षाको बीचमा मध्यान्तर हुनेछैन। यसका लागि प्रशिक्षार्थीले परीक्षाको दिनको तयारी पहिले नै तयारी गर्नु श्रेयस्कर हुन्छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा कामका लागि आवेदन दिन योग्य हुनु हो, यो कोरियामा रोेजगारी पाइने ग्यारेन्टी भने होइन। भाषा परीक्षामा उत्तीर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी प्रतिवेदन प्रतिकूल भएका वा पहिले नै गणतन्त्र कोरिया गै गैरकानुनी रूपमा बसोबास गरेका व्यक्तिहरू अयोग्य ठहरिन सक्छन्। त्यसैले पनि कोरियाका लागि र्फम भर्नेहरूले बेलैमा विचार पुर्याउनु आवश्यक हुन्छ।
कोरियाको संस्कृति एवं राजनीतियदि कुनै नौलो ठाउँमा नयाँ जीवन सुरु गरिँदै छ भने त्यहाँ बस्ने स्थानीय मानिसका बारेमा पनि जान्नु आवश्यक हुन्छ। कोरिया जानेहरूले कोरियाको धर्म, संस्कृति, रीतिरिवाज, मूल्यमान्यता, चालचलन, रहनसहन, राजनीतिक अवस्था, भूगोल साथै ऐतिहासिकताका बारेमा जान्नु राम्रो हुन्छ।
अधिकांश कोरियालीहरू सहर नजिक बस्छन्। राजाधानी सिओलमा जनसंख्याको चाप धेरै छ। कोरिया पहाडैपहाड भएको देश हो। कोरियालीहरू प्राकृतिक सुन्दरताका पारखी एवं गीत-संगीतमा पोख्त हुन्छन्। कोरिया नेपालजस्तै बहुधार्मिक मुलुक हो। दक्षिण कोरियामा बौद्ध धर्मावलम्वीहरूको बाक्लो उपस्थिति छ। त्यहाँ थुप्रै राम्रा र भव्य मन्दिरहरू छन्। कोरियामा ईसाई २६ प्रतिशत, बौद्ध २६ प्रतिशत, ताओधर्मका अनुयायी १ प्रतिशत र अन्य १ प्रतिशत छन्। धर्म नखुलेकाहरू भने ४६ प्रतिशत छन्।
७० प्रतिशतभन्दा बढी बासिन्दा साधारण बोलीचालीमा कोरियन भाषा प्रयोग गर्छन्।
अंग्रेजी भाषा त्यहाँ निकै कम प्रयोग हुन्छ ।
कोरियनहरू आफ्नो परिवारलाई बढी महत्त्व दिन्छन्। मुख्यतः घरको वरिष्ठ मान्छे वा बाबु नै घरको मूली मानिन्छ। त्यहाँ अझै पनि सबैभन्दा पाकाले कुनै पनि कामको सुरुवात गर्छन्। घर-परिवारमा जेठो छोराले क्रमशः भाइ-बहिनी, श्रीमती एवं आफ्ना छोराछोरीको दायित्व निर्वाह गर्नुपर्छ। परिवारका सबै सदस्य एक-अर्कासँग नजिक हुन्छन्। कोरियालीहरू हात मिलाउँदा 'मान ना शु पान गोप सुमिन्दा' अर्थात् तपाइर्ंसँग भेटेर खुसी लाग्यो भन्छन्।
कोरियालीहरू आर्किटेक्चर, पेंटिङ, कला, संगीत, नृत्य, ड्रामा तथा साहित्य पनि निकै मन पराउँछन्। उनीहरू आफ्नो कला-संस्कृतिप्रति संवेदनशील छन्। कुनै पनि कार्यक्रममा उपहार आदान प्रदान गर्नु त्यहाँको संस्कार हो। राम्रो सम्बन्ध स्थापित गर्न उपहार दिने चलन छ। कोरियामा कसैले घरमा निमन्त्रण गरेको छ भने फलफूल र राम्रो खालको चकलेट अथवा फूलको गुच्छा उपहार लाने चलन छ। ४ लाई कोरियालीहरू अशुभ अंकका रूपमा लिन्छन् भने ७ उनीहरूको शुभ अंक हो।
रातो अथवा पहेंलो रंग शुभ मानिन्छ, किनभने ती राजसी कलर हुन्। उनीहरूका लागि गुलाफी रंग खुसीको प्रतीक हो। यसबाहेक हरियो, सेतो र कालो रंगको प्रयोग त्यति राम्रो मानिँदैन। कुनै कुरा दिँदा होस् वा लिँदा दुवै हातको प्रयोग गर्नुपर्छ। कोरियालीहरू प्राकृतिक सुन्दरता र जनावरको निकै ख्याल राख्छन्। सप्ताहन्त्ामा नाटक तथा ओपेराका धेरै कार्यक्रम सञ्चालन हुन्छन् भने कोरियालीहरू त्यहाँ आफ्नो परिवारका साथ पुग्छन्।
कोरियालीहरू स्वादका पारखी हुन्छन्। उनीहरू आफ्ना परम्परागत खानेकुरा लाई पनि उत्तिकै प्राथमिकता दिन्छन्। कोरियामा सबैभन्दा लोकपि्रय खाद्य पदार्थ किम्ची हो। कोरियालीहरू सुप पिउन पनि निकै अगाडि छन्। नेपालमा जस्तै कोरियालीहरू पाहुनालाई निकै आदर-सम्मान गर्छन्। अतिथि देवो भवलाई सधंै हृदयङ्गम गर्छन्। यसबाहेक कोरियालीहरू घर साजसज्जा एवं घरमा रहेका फर्निचर सजाउन खप्पिस हुन्छन्।
जसरी हामी नेपालीहरू एक-अर्कासँग भेट गर्दा नमस्कार गर्छांै, त्यसरी नै कोरियालीहरू झुकेर एक-अर्कामा आदरभाव व्यक्त गर्छन्। उनीहरू विनम्र हुन्छन्। दक्षिण कोरियामा घरभित्र पस्नुअघि जुत्ता फुकाल्नुपर्छ। बोलाइएको ठाउँमा आधा घण्टा अघि नै उपस्थिति जनाउनुपर्छ, ढिलो गर्नु हुँदैन। प्रत्येक कोरियाली सदस्यसँग भलाकुसारी गर्नु राम्रो हुन्छ। बस्दा कहाँ बस्नुपर्ने हो, उनीहरूको आदेश पर्खनु राम्रो हुन्छ। कोरियामा खानेकुरा खाँदा चपस्टिक प्रयोग गरिन्छ, तर चपस्टिकले कहिल्यै कसैलाई वा कुनै वस्तुलाई इङ्गति गर्नु हुँदैन।
कोरियनहरू नियम कानुनलाई पूर्ण रूपमा अपनाउँछन्। उनीहरू प्रत्यक्ष कुराकानी गर्न मन पराउने खालको हुन्छन्। कोरियालीहरू आफ्नै परम्परागत पहिरनमा सजिन मन पराउँछन्। कोरियाका अधिकांश पुरुषले कालो पोसाक लगाउँछन्। कार्यालयमा भने सेतो सर्ट लगाउँछन्। महिलाहरू भने पुरातन सोचका हुन्छन् भने पुरातन शैलीका पोसाक लगाउन मन पराउँछन्। पुरुषहरू घडी र विवाहको औंठीबाहेक शरीरमा अन्य एसेसरिज प्रयोग गर्दैनन्। आधुनिक कोरियन पुस्ताले भने त्यसको त्यति ख्याल गर्दैन।
कोरियाको मौसम धेरै चिसो हुन्छ। दक्षिण कोरियामा जनवरी महिनामा धेरै चिसो हुन्छ। धेरैपल्ट यहाँको तापक्रम शून्यभन्दा तल र्झछ। जूनको अन्त्यमा सुरु हुने वषर्ा मौसम अगस्टसम्म जारी रहन्छ। दक्षिण कोरियामा सबैभन्दा राम्रो महिना सेप्टेम्बरदेखि डिसेम्बरसम्मलाई मानिन्छ।
गणतन्त्र कोरिया -दक्षिण)मा प्रत्येक पाँच-पाँच वर्षमा निर्वाचन हुन्छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत त्यहाा राष्ट्रपतिले शासन गर्छन्। त्यहाा युरी पार्टी, ग्रान्ड नेसनल पार्टी, डेमोक्राटिक लेबर पार्टी तथा डेमोक्रेटिक पार्टी मुख्य रूपमा सक्रिय छन्।
कोरियामा काम, तलब र बिदाकोरियामा काम पाइने थुप्रै स्थान छन्। ईपीएसअन्तर्गत त्यहाँ पुग्ने कामदार कानुनी रूपमा वैध मानिन्छन्, तर त्यसबाहेकका लागि भने काम पाउन गाह्रो छ। त्यहाँ सोर्सफोर्सको चलन छैन। साथीभाइ एवं चिनजानले पनि काम गर्न पाइँदैन। त्यसैले कामका लागि कोरिया सरकारले विभिन्न मुलुकबाट कानुनी रूपमा कामदार लान्छ। त्यहाँ कामको समयमा र बाहिर पनि आदर सम्मानको उत्तिकै ख्याल राख्नुपर्छ। कोरियनहरू आदरसम्मान नगर्ने व्यक्तिलाई मन पराउँदैनन्। त्यस्तो स्थितिमा आफ्नो कामबाट बिदा लिनुपर्ने अवस्थासमेत आउँछ। कोरियालीहरू निकै मेहनती हुन्छन्। कोरियामा हप्ताको ४८ घण्टा काम गर्नुपर्छ भने हप्ताको ६ दिन काम गरिन्छ। त्यहाँ दिनमा ८ घण्टा काम गर्नुपर्छ। यसबाहेक ओभर टाइमको व्यवस्था अनिवार्यजस्तै छ। अठार वर्षभन्दा कम उमेरका व्यक्तिलाई काम गर्ने अनुमति छैन। तलब भने कम्पनीअनुसार फरक-फरक हुन्छ। नेपालीहरूले मासिक ७० हजारदेखि डेढ लाखसम्म पाउँछन्।
पहिले कोरिया जानेहरू खेतिपाती र माछा मार्ने काममा खटिएका थिए। दोस्रो पटकमा पनि त्यस्तै रह्यो तर यस पटक भने उत्पादनमूलक कामका लागि कामदार लाने बताइएको छ। त्यस कारण पनि पहिलेकाले अप्ठ्यारो काम भएको बताए पनि यस पटक भने त्यति कठिन नहुने दाबी गरिन्छ। कोरियामा सरकारले एउटा प्रणाली लागू गरेको छ, जसमा सबै कामदारले हप्तामा पाउने एक दिनको बिदामा पनि काम गरेर पैसा थाप्न पाउँछन्। कोरियामा स्थानीय सौर्य र चन्द्रमास पात्रो प्रयोगमा ल्याइन्छ, जहाँ बिदासम्बन्धी जानकारी उपलब्ध हुन्छ। कोरियामा वर्षमा १५ वटा राष्ट्रिय बिदा मनाइन्छ। नयाँ वर्ष, जनआन्दोलन दिवस, बुद्धजयन्ती, बालदिवस, संविधान दिवस, सहिद दिवस, क्रिष्टमस डे आदि त्यहाँका प्रमुख बिदा हुन्।भीषण राई
साप्ताहिक
ललितपुर, शनिबार दिउँसो काठमाडौंका हरिहर र जया आचार्य सगुन बोकेर एक्ला छोराका लागि बुहारी माग्न एकान्तकुनाको रुबी पार्टी प्यालेस पुगे । केटी पक्षका तर्फबाट पुरेत रामजी खतिवडाले 'किन पाल्नुभा होला ?' भने । केटा पक्षका ५१ वर्षीय पुरेत एकनारायण अर्यालले भने, 'कौडिन्यान गोत्रमा जन्मेको, मेघिनीप्रसादको पनाति, एककृष्णको नाति, बत्तिसपुतली निवासी हरिहर र जयाको सुपुत्र हाल अमेरिकामा बस्ने ३२ लक्षणयुक्त मृदभाषी, विद्यामा तेज, २९ वर्षीय लोकप्रख्यात नाम आशुतोष आचार्यका लागि यस्तै किसिमकी कन्या पाए दाम्पत्य जीवनमा जोडी मिलाउन चाहेका छौं, आजको शुभ साइतमा हजुरहरू मञ्जुर भए कुरा अघि बढाउनुहोस् ।' बेहुलाका तर्फबाट आएको प्रस्ताव सुनेपछि केटीतर्फका पुरेतले अभिभावकको मञ्जुरीमा कुरा छिनाउँदै भने, 'शुभ बेला, शुभ साइत हेराइ कन्यादान लिन आउनुहोला ।' कुरा छिनिएपछि हलमा भेला भएका दुवै पक्षका सय हाराहारी आफन्तले ताली बजाउँदै बिहेको छिनोफानो भएकोमा स्वागत गरे । हिन्दु विधिअनुसार केटीका ५३ वषर्ीय बुवा अजयकुमारले हुनेवाला ज्वाइँलाई पानसुपारी दिनुपर्ने बेला भयो । पुरेतले पानसुपारी दिन भनेपछि बेहुलाको बदला उनका ६० वषर्ीय बुवा हरिहर अघि सरे । यो दृश्य देखेपछि आफन्तजन चकित पर्दै मुखामुख गर्न थाले, 'वर/कन्या खोइ त ?' 'ऊ भित्तामा', छेउमा ल्यापटप चलाउँदै गरेकी नेपाल टेलिकमकी जागिरे कञ्चन जैसवालले प्रोजेक्टरबाट भित्तामा फ्याँकिएको 'लाइभ' दृश्य देखाउँदै भनिन् । हलमा भोज खान आएका दुवै पक्षका अभिभावकका आँखा भित्तातिर सरे । जहाँ हुनेवाला बेहुला आशुतोष र बेहुली हनी जैसवाल हलका दृश्य हेर्दै/सुन्दै रमाइरहेका थिए । उनीहरू थिए, काठमाडौंदेखि १४ हजार किलोमिटर हवाई दूरीमा रहेको अमेरिकाको टेक्सासस्थित डायलस सहरमा । तर दिउँसो १ बजेर ३१ मिनेटको साइतमा एकान्तकुनामा विवाह निश्चय (इङ्गेजमेन्ट) भइरहेको थियो । त्यसपछि दुवै पक्षका आफन्तले पालैपालो दुवैलाई शुभकामना र सफल दाम्पत्यका लागि शुभकामना दिन थाले । केही सुझाउँदै थिए, 'ए हनी तिम्रो सारीको फेरो मिलाऊ, हात अगाडि राख, दुवै एकैसाथ बस, ल गज्जब, जोडी राम्रो छ,' उनीहरू उताबाट जवाफ फर्काउँदै थिए, 'धन्यवाद ।' यसरी हालखबर सोध्ने र नातागोता चिनाउने क्रमसँगै कर्मकाण्ड पनि चलिनै रह्यो । उता अमेरिकामा शुक्रबार रातको २ बज्दै थियो । केही साथीहरूका साथ बेहुलीको फोर्थवोर्थस्थित अपार्टमेन्टमा पुगेका थिए आशुतोष । नेपाल र अमेरिकामा भइरहेका दृश्य सामाजिक सञ्जाल स्काइपको भिडियो कलमार्फत आदानप्रदान भइरहेका थिए । ल्यापटपको स्त्रिmनमा देखिरहेको दृश्यलाई प्रोजेक्टरमार्फत हलमा प्रत्यक्ष प्रसारण गरिँदै थियो र उनीहरूको आवाज 'हाई साउन्ड' क्षमता भएका स्पिकरमार्फत सुनाइँदै र सुनिँदै थियो । विधिअनुसार हनीका बुवाले आशुतोषका नाममा दिएको पानसुपारी केटाका बुवाले छोइदिए । पुरेत रामजी खतिवडाले ल्यापटपको माइक्रोफोन नजिकै मुख पुर्याउँदै 'ल साइत भयो, टीकाटालो गर्नुहोस्' भन्दै मन्त्र पढ्न थालेपछि अमेरिकामा रहेका आशुतोष र हनीले एकअर्कालाई टीका लगाई माला पहिराए । सगुन खुवाए । यता सबै जनाले खुसियालीमा फेरि थपडी मारे । जावालाखेलमा दुवै पक्षले सगुनमा ल्याएका फलफूल माछा, मिठाई, दही साटासाट गरे । यी लगायतका दृश्य अमेरिकामा केटाकेटीले हेरिरहेका थिए । पेसाले सरकारी सेवामा रहेका इन्जिनियर केटीका बुवा अजयकुमारले कन्या माग्न आएकाजति सबैलाई टीका लगाई दान दक्षिणा दिए । त्यसपछि भोज खुल्यो । यता नेपालमा साँझ ढल्दै गरेका बेला सबै काम सकिएपछि दुवै पक्ष आ-आफ्ना घर लागे । उता अमेरिकामा शनिबारको बिहानी हुँदै थियो । पाँच छोरीमध्येकी जेठी छोरीको इङ्गेजमेन्टका लागि जैसवाल दम्पतीले दुईपटक अमेरिका जान भिसाका लागि आवेदन दिएका थिए । तर काठमाडौंस्थित दूतावासले भिसा नदिएपछि दुवै परिवारको सहमतिमा उनीहरूले राजधानीमा विवाह निश्चय गरेका हुन् । १० वर्षदेखि अमेरिकामा रहेका कम्प्युटर सफ्टवेयर इन्जिनियर आशुतोष र व्यवस्थापनमा स्नातक सकेकी ५ बहिनीमध्येकी जेठी हनी असार २४ गते अमेरिकामा बिहे गर्दैछन् । आचार्य दम्पतीले बिहेमा जाने भिसा पाइसकेका छन् भने जैसवाल दम्पतीले भिसा नपाएको बताए । 'उहाँहरू नगए पनि हामी बिहेमा जाने पक्कापक्की छ,' सरकारी सेवाबाट अवकाश प्राप्त आशुतोषका बुवाले कान्तिपुरलाई भने । कान्तिपुर