एउटा समय थियो उदितनारायण झाको स्वर नभएका फिल्मी गीत कम सुनिन्थ्यो। निर्माताहरू उनको स्वर भरिएका एल्बम धेरै बिक्ने विश्वास गर्थे। र, रेकर्डिङका लागि मुम्बई पुग्थे। हिजोआज व्यापारको आसमा फिल्मी गीत बनाउने चलन हटेको छ। निर्माता/निर्देशकहरू 'गीतबिना पनि फिल्म बन्छ' भन्नेमा विश्वस्त नभएर नै फिल्मी गीतले निरन्तरता पाएको हो। तर, थोरै लगानी र स्थानीय उपलब्धतामै गीत पूरा गर्ने क्रम चलेपछि सर्वाधिक चल्तीका उदितनाराण नेपाली फिल्ममा निकै कम सुनिन थालेका छन्।
बलिउडमै पनि फुर्सदिलो देखिएका उदितको गतिलाई ३० वर्षको 'एक्सप्रेस'मा ब्रेक लागेको ठान्छन् निर्देशक तुलसी घिमिरे।
प्रकाश थापाका फिल्ममा कमेडी गायक भएर छिरेका उदितलाई पहिलोपटक घिमिरेले गम्भीर गीत गाउन दिए। उनले पहिलो फिल्म 'बाँसुरी'मा उदितलाई लिएका थिए। गत वर्ष फिल्म 'देश'मा गीतको स्तर उकास्न उदितलाई खोज्दै मुम्बई पुगे। 'घरमै संगीतकार रनजीत गजमेर हुनुहुन्थ्यो। उदित र दीपा पनि घरकै सदस्यजस्ता थिए। टाढाको देउताभन्दा करेसाको भूत नै काम लाग्छ भन्ने सोचेर उदितलाई गीत गाउन लगाएका थियौं,' पहिलो फिल्मको यो मान्यता पूरै फेरे घिमिरेले। त्यसपछिको फिल्म 'कुसुमे रुमाल'मा गायक मात्र होइन नायक नै बनाए उदितलाई।
'स्टारिजम'को संस्कृति बनिनसकेको त्यो समयमा उदितलाई हिरो बनाउन धेरै सोचविचार नगरेको घिमिरे बताउँछन्। 'उदितले फिल्म खेलोस् भन्ने चाहना दीपालाई धेरै थियो। मुम्बईमै योजना बनेको यो फिल्ममा क्षमताभन्दा सहजता हेरेर उनलाई लिएका थियौं,' फिल्मले भुवनलाई हिरो र उदितलाई गायकका रूपमा नयाँ उचाई दिएजस्तो लाग्छ उनलाई। त्यसपछिका फिल्मी गीतमा उदित अपरिहार्य बन्दै गए। र, करिब साढे दुई दसक एकछत्र राज गरे।
'कयामतसे कयामत तक'को 'पापा कहेते हे' बोलको गीतले उनलाई बलिउड दुनियामा समेत स्थापित गरायो। बलिउडको व्यस्तताबीच पनि नेपाली फिल्ममा समय दिनुलाई उदितको 'महानता' मान्छन् घिमिरे। 'भारतमा एउटा गीतको एक लाख लिएर गाउँदा पनि उनले नेपाली गीत पाँच हजारमै गाइदिए। कतिलाई त सित्तैमा पनि गाइदिएका छन्,' उनले भने। नेपाल र भारतमा उदाएका नयाँ संगीतकार र गायकले उदितप्रतिको निर्भरता घटाएको ठान्छन् उनी।
फिल्मी गीतमा शम्भुजीत बाँस्कोटाको पनि अत्यधिक रोजाइका गायक हुन् उदित। उदितविना अपूर्णजस्तै हुने शम्भुजीतका गीतमा पनि यो क्रम टुटेको छ। उनी स्वयं पनि संगीतमा पहिलाको जस्तो सक्रिय छैनन्। 'उदितको स्वर नभई नहुने अवस्था आए मुम्बई जाने गरेको छु। नत्र यतै पनि राम्रा गायक/गायिकाको अभाव छैन,' स्वरका लागि नभए पनि स्तरीय रेकर्डिङका निम्ति मुम्वई जानुपर्ने आवश्यकता
औंल्याउँछन् बाँस्कोटा। संगीत बु‰ने फिल्मकर्मी नहुँदा सम्झौतामै काम सकाउनुपरेको गुनासोसमेत गर्छन् उनी।
'१० वर्षअघि ५ लाखमा रेकर्डिङ हुन्थ्यो। अहिले २ लाखमै सकाउन खोज्छन्,' फिल्ममा संगीत विधालाई सस्तो रूपमा हेर्ने गरिएको उनको गुनासो छ। रेकर्डिङका लागि मुम्बई जाने क्रम घटेपछि उदितको स्वर घटेको उनले बताए। पछिल्लोपटक भुवन केसीको फिल्म 'साथी म तिम्रो'मा उदितको स्वर राखेका बाँस्कोटाले भने, 'नेपालमा पनि विविध स्वर पाइन्छ। तर, रोमान्टिक र लोकशैलीका गीतमा अहिलेसम्म उदित निर्विकल्प हुन्।'
स्वरमा स्वदेश निर्भर भएपनि प्राविधिक स्तरका लागि नेपाली स्टुडियो मुम्बईको विकल्प भइनसकेको उनको ठहर छ। फिल्मी गीतको असली हैसियत हलमा देखिने चर्चा गर्दै उनले भने, 'सराउन्डिङ साउन्ड सिस्टमका हलमा पनि नेपाली फिल्मको गीत टिन ठटाएजस्तो सुनिन्छ। चरम सम्झौताको नमूना हो यो।'
स्वरको खोजीभन्दा रेकर्डिङको स्तर बुझेर पहिलाको निर्माताले मुम्बई जान जोड गर्ने गरेको उनी सम्झन्छन्। 'हामी यहाँबाट गायक/गायिकालाई समेत लिएर गीत रेकर्ड गर्न मुम्बई जान्थ्यौं। उदित पनि हाम्रो रोजाइमा पर्थे। पंकज उदास, महेन्द्र कपुरजस्ता गायकलाई पनि बेलाबेला गाउन लगाइन्थ्यो,' फिल्ममा छुट्याइने अहिलेको बजेटले राम्रा गीत नबन्ने उनले ठोकुवा गरे।
राम्रा ब्यानरले फिल्म बनाउन छाडेपछि गीतको स्तर गिरेको विश्लेषण छ संगीतकर आलोकश्रीको। संगीत व्यापारमा गिरावट आउन थालेपछि उदितजस्ता राम्रा र महंगा गायक पहुँचभन्दा बाहिर हुन थालेको वर्णन गरे उनले।
'रेकर्डिङ गर्न मुम्बई पुग्यो। महंगा गायक/गायिकाको स्वर राख्यो प्रतिफल खै त?' पछिल्लो फिल्म 'खुशी'मा उदितको स्वर राखेका आलोकश्रीले भने। व्यापारिक दृष्टिकोणका साथै अहिलेको 'टे्रन्ड'ले उदितलाई पछि पारेको उनको भनाइ छ। 'उदितनारायणमात्र होइन सोनु निगम, शानजस्ता चल्तीका गायकको माग पनि घटेको छ भारतमा। नेपालमा उदितको स्वर कम हुनुको एउटा कारण यो पनि हुनसक्छ।'
'कयामत से कयामत तक' देखि 'तेरे नाम'सम्म आइपुग्दा उदितले आफ्नो उत्कृष्टता स्थापित गरिसकेको चर्चा गरे उनले। आफ्ना सबैजसो फिल्म र एल्बममा उदितको स्वरबाट सफलता पाएकोसमेत उनले बताउन भुलेनन्। 'कहिले तिम्रो पछ्यौरीमा अल्झेँ', 'वनमाराले वनै खायो' जस्ता 'उपहार' एल्बमका गीतबाट व्यावसायिक सफलतासमेत पाए उनले।
तैपनि संगीत बजारको दयनीय अवस्थामा महंगो लगानीको एल्बम निकाल्नुमा ठूलो जोखिम देख्छन् उनी।
नागरिक न्युज
Showing posts with label entmt. Show all posts

Saturday, May 28, 2011
Saturday, March 12, 2011
क्रेज कोरिया
बटन धेरै हुनु कोरियन पहिरनको विशेषता नै हो । बटनले सजिएको कोरियन ज्याकेटमा ठाँटिएका नेपाली युवतीहरू बाटोमा भेट्न कुनै गार्हो छैन । टो पी र लङ बुट पनि छुट्दैन । युवाहरू पनि कोरियन ज्याकेटमा मख्ख छन् । युवापुस्तामा कान र निधार ढाक्ने चुस्स केश, कसिलो पाइन्ट र सर्ट लोकप्रिय छ । यसलाई एसियन लुक्स पनि भन्न पछि पर्दैनन् नेपाली फेसनक्रेजीहरू । खासगरी कोरियन चलचित्रको प्रभावमा लठ्ठ टिनएजर पुस्ताले कोरियन नायक नायिकाको फेसन शैलीलाई पछयाएर आफूलाई पनि त्यस्तै लुक्समा ढालेका छन् । उनीहरूलाई कोरियन फेसनसँगै कोरियन भाषाले पनि त्यत्तिकै तानेको छ । हुँदा-हुँदा उनीहरूको जीवनशैली नै कोरियन बनेको छ ।
'छेसोङ्गमिता' मुडुलो टाउको, मंगोलियन अनुहार त्यसमाथि कोरियन गेटअपमा सजिएकी कलंकीकी अंशु लामा कफी हाउसमा साथीलाई भनिरहेकी थिइन् । यसको अर्थ उनी आफ्ना साथीहरूसँग कुनै कुरामा क्षमा मागिरहेकी थिइन् । कोरियन स्टाइलमा ठाँटिएर कोरियन भाषा नै बोलिरहेकी लामा आफूलाई कुनै कोरियन युवतीभन्दा फरक नभएको सम्झिरहेकी देखिन्थिन् ।
अहिले कोरियन फेसनमा ठाँटिएर हिंड्ने युवा निकै छन् । टिनएजर युवा कोरियन स्टाइलमा हिंड्ने भएकाले उनीहरू कोरियन नै हुन् कि भन्ने पनि लाग्न सक्छ । उनीहरूले आफूलाई कोरियन पहिरन एवं लुक्समा फिट एन्ड फाइन बनाउने गरेका छन् । कोरियन चलचित्रमा बढी झुकाव भएकाले पनि युवापुस्ताले कोरियन फेसनमा आफूलाई यसरी ढालेका हुन् । राम्रा कोरियन चलचित्र तथा कोरियन कलाकारको फेसनले पनि उनीहरूलाई कोरियन शैली पछ्याउन सघाएको छ ।
काठमाडौं, धरान र पोखराजस्ता स्थानमा साधारण बोलचालमा आफ्ना साथीसंगीबीच कोरियन भाषा उही लवजमा बोल्नेहरूको पनि कमी छैन । पोस्टर, कि रिङ, ड्रेस अप, हेयर स्टाइल, यतिसम्म कि कोरियन गीत पनि खोजी-खोजी सुन्न थालिएको छ । अहिलेका युवाहरू कोरियन चलचित्र तथा कोरियन कलाकारले लगाएका पहिरनबाट प्रभावित छन् । बजारमा कोरियन चलचित्र तथा टेलिश्रृंखला सहज रूपमा उपलब्ध छन्, जसको सहजता र पहुँचले पनि युवापुस्ता कोरियन जीवनशैली अपनाउन लालायित देखिन्छ । राम्रा सपिङ सेन्टरमा पनि उनीहरूको यो झुकावलाई मध्यनजर गर्दै कोरियन पहिरनहरू बिक्रीमा राख्न थालिएको छ ।
आफूलाई कोरियन चलचित्र नै मन पर्ने धरानका विपिन मगर बताउँछन् । कोरियन चलचित्रमा राम्रा-राम्रा फेसन हेर्न पाइने भएकाले पनि कोरियन चलचित्र हेर्ने गरेको उनले बताए । मगर भन्छन्, 'मलाई कोरियन चलचित्र एकदमै मन पर्छन्, फेसनका लागि पनि हेर्छु ।' काठमाडौंकी प्रनिता श्रेष्ठ नयाँ कोरियन टेलिश्रृंखला आउनेबित्तिकै लिन पुगिहाल्छन् । कोरियन फेसन र चलचित्रको मज्जा छुट्टै हुने भएकाले उनी कुनै पनि कोरियन टेलिश्रृंखला हेर्न छुटाउँदिनन् । श्रेष्ठ र मगरजस्ता कोरियन टेलिश्रृंखला एवं चलचित्र हेर्ने दर्शकहरू दिन-प्रतिदिन बढिरहेका छन् ।
कोरियन चलचित्र एवं टेलिश्रृंखला हेर्नेहरूमा प्लस टुका विद्यार्थी, युवायुवती साथै गृहिणीहरू बढी छन् । सबै खालका टेलिश्रृंखला बजारमा पाइए पनि फेसनकै लागि कोरियन टेलिश्रृंखलाको मागचाहिँ अत्यधिक रहेको न्युरोडस्थित म्युजिक डट प्वाइन्टका विक्रेता आशिष श्रेष्ठ बताउँछन् । 'अंग्रेजी, हिन्दी, जापनिज टेलिश्रृंखलाको तुलनामा कोरियन टेलिश्रृंखलामै दर्शकको मन तानिएको छ,' उनले भने, 'कोरियन फेसनका लागि पनि कोरियन चलचित्र एवं टे लिश्रृंखलाको माग बढेको हो ।' बजारमा कोरियन टेलिश्रृंखलाको माग अत्यधिक छ । त्यसैले पनि अहिले साना-ठूला सबैजसो भिडियो पार्लरले कोरियन चलचित्र एवं टेलिश्रृंखला उपलब्ध गराइरहेका छन् ।
कोरियन टेलिश्रृंखलाहरूमध्ये 'स्विट एटिन,' 'आई एम सरी आई लभ यू', 'माइ गर्ल' नेपालमा निकै लोकप्रिय छन् भने अन्य कोरियन टेलिश्रृंखलाहरू 'स्यासी गर्ल', 'रोमान्स', 'क्रेजि फर यु ' 'प्रिन्स हाउस' तथा 'द सेक्रेट लभर्स पनि लोकप्रिय नै मानिन्छन् । नयाँ राम्रा टप टेन कोरियन टेलिश्रृंखलामा 'माई गर्ल फ्रेन्ड ईज अ गुमिहो', 'पर्सन आई लभ', 'म्यारी स्टेड आउट अल नाईट', 'फूल हाउस', 'पर्सनल टेस्ट', 'सेक्रेट क्याम्पस', 'यु आर ब्युटिफूल', 'प्लेफूल किस', 'माई गर्ल', 'बोइज विफोर फ्लावर' छन् भने 'लब स्टोरि इन हर्वड', 'अ लभ टु किल', 'लभ लेटर्स' पनि उत्तिकै राम्रा कोरियन टेलिश्रृंखला हुन् ।
चलचित्रमा 'सटर', 'माई स्यासी गर्ल', 'बेबी एन्ड मी', 'म्यारिङ अ हाई स्कुल गर्ल', 'माई टटर फ्रेन्ड', 'कमिङ सुन', 'डेथ नोट', 'अ मोमेन्ट टु रिमेम्बर', 'द क्लासिक', 'मिलेनियर फस्ट लभ' सफल कोरियन चलचित्र हुन् । डिभिडीमा उपलब्ध प्रायःजसो टेलिश्रृंखला १७ घण्टादेखि २० घण्टासम्मका छन् भने चलचित्र अन्य चलचित्रझैं दुई-अढाई घण्टाका हुन्छन् । लामो समय लाग्ने टेलिश्रृंखला हेर्न एक हप्तासम्म लाग्न सक्छ । राम्रो टेलिश्रृंखला भए क्रेजीहरूले एक दिनमै पनि हेरिसक्छन् ।
कोरियन चलचित्रमा कलाकारको पहिरन विशेष हुन्छ, जुन नेपाली युवापुस्ताले निकै मन पराएको छ । हेयर स्टाइल त भयो भयो ड्रेस अप र दैनिक क्रियाकलाप पनि कोरियन बनाउन तम्सनेहरू कम छैनन् । हिजोआज कोरियन चलचित्रका नायक-नायिका छानेर चलचित्र हेर्नेहरू पनि बढ्दै गएका छन् । म्युजिक डट प्वाइन्टका आशिष श्रेष्ठ भन्छन्- 'अहिले त हिरो-हिराइनको नाम लिएरै नयाँ-नयाँ कोरियन चलचित्र माग्छन् ।'
कोरियन टेलिश्रृंखलाहरू प्रेमकथामा आधारित तथा रोमान्टिक हुने भएकाले टिनएजर्सहरू त्यसतर्फ आकर्षित भएका हुन् । कमेडी, लभस्टोरी, हरर तथा थ्रिलरमा उपलब्ध कोरियन चलचित्रले युवापुस्ताको मन चोरिरहेको छ । यसबाहेक कोरियन चलचित्रको प्रिन्ट क्वालिटी राम्रो हुनु, सब टाइटल, प्रस्तुति आकर्षक हुनु, कमेडीका साथै फेमीली ड्रामा हुने भएकाले पनि कोरियन चलचित्रमा युवापुस्ताको मोह बढेको हो ।
नेपालमा कोरियन टेलिभिजन पनि प्रसारण हुन थालेपछि युवापुस्ताको यो आकर्षणमा अझ वृद्धि भएको छ । न्यू अनिकेष डिभिडी सेन्टर महाबौद्घका प्रो प्राइटर अनिल श्रेष्ठ भन्छन्- 'कोरियन च्यानल प्रसारण हुन थालेपछि कोरियन चलचित्रको माग अझ बढेको छ ।' कोरियन च्यानलले नयाँ कोरियन चलचित्रको प्रोमो प्रसारण गर्ने भएकाले पनि अहिले नयाँ कोरियन चलचित्र खोज्नेहरू बढेका छन् ।
कोरियन चलचित्र एवं टेलिश्रृंखला काठमाडौंमा सबैभन्दा बढी खपत हुने गरेको छ । त्यसपछि धरान र पोखरा बढी कोरियन चलचित्र खपत हुने स्थान हुन् । यसबाहेक दमक तथा बुटवल पनि कोरियन चलचित्रका राम्रा बजार हुन् भने यी चलचित्र नेपालबाट भुटान पनि पुग्ने गरेको विक्रेताहरू बताउँछन् ।
केही वर्षअघि कान्तिपुर टेलिभिजनबाट कोरियन टेलिश्रृंखला 'हिउँदका प्रेमकथाहरू' प्रसारण भएको थियो । त्यतिबेला उक्त टेलिश्रृंखलालाई धेरै दर्शकले मन पराएका थिए । यही मेसोमा नेपालमा कोरियन चलचित्र तथा टेलिचलचित्रको लोकप्रियता बढेको मान्न सकिन्छ । अहिले कोरियन च्यानल आरिराङ नेपालमा पनि प्रसारण हुन थालेपछि कोरियन श्रृंखला तथा चलचित्रको माग ह्वात्तै बढेको हो ।
कहाँबाट आउँछन् ?
बजारमा कोरियन चलचित्रको माग बढ्दो छ । यसका लागि व्यवसायीहरूलाई पनि भ्याइनभ्याइ छ । पुराना कोरियन चलचित्र पनि सकिएपछि उनीहरूले विभिन्न तरिकाले भए पनि कोरियन चलचित्रको माग पूरा गरिरहेका छन् । कोरियन चलचित्र कहाँबाट ल्याइन्छ भन्ने जिज्ञासा पनि छ । मुख्यतः नेपालमा आएका कोरियन चलचित्र पुराना हुन् । नयाँ कोरियन चलचित्र पाउन गाह्रो छ । नेपालमा भएका कोरियन चलचित्रहरू वेबसाइटको माध्यमबाट उपलब्ध हुने गरेका छन् । टोरेन्ट डट कम तथा यू ट्युवको माध्यमबाट डाउन लोड गरेर कोरियन चलचित्रको व्यापार हुने गरेको छ । नयाँ कोरियन चलचित्रको कपी भने चीनको ग्वान्जाउबाट ओरिजिनल डिभिडी ल्याएर तयार पारिने एक व्यवसायी बताउँछन् । कोरियाबाट नेपाल फर्किएका साथीभाइहरूले ल्याएको कोरियन चलचित्रका सिडी पनि कपी गरेर बेच्ने गरिएको छ ।

भीषण राई
साप्ताहिक
Thursday, March 3, 2011
फिल्ममा जीवन हार्नेहरू
कुनै समय तातोपानी भन्सारमा धेरै राजस्व तिर्नेमध्येमा पर्थे बाह्रबिसेका व्यापारी केदार श्रेष्ठ। खासा-काठमाडौं व्यापारबाट सम्पन्नतातिर उक्लिँदै गरेको केदार र छिटिङ शेर्पा दम्पतीका अगाडि एक दिन गगन विरही टुप्लुकिएर नेपाली सिने बजारको बेलिबिस्तार लगाए। तर, निर्देशक विरहीले प्रस्ताव गरेको चलचित्र सङ्कल्प को आर्थिक लगानी नै एक दिन केदारको मृत्युको कारण बन्छ भनेर सपनामा पनि नसोचेको छिटिङ बताउँछिन्।
विरहीले रु.२८ लाखमा निर्माण पूरा गरिदिन्छु भनेर थालेको सङ्कल्प मा रु.५२ लाख लगानी भयो। यसरी तनावमा परेका केदार चलचित्र प्रदर्शनपछि रु.१५ लाख पनि नउठ्दा अझ् हतास भए। घरमा साहूहरूको धर्ना शुरु भइसकेको थियो। त्यसबाट मुक्त हुन उनले आमा र आफ्नो नाममा रहेको जग्गा बेच्न गरेको प्रयास बाबुको हस्तक्षेपबाट रोकिएपछि ३३ वर्षकै उमेरमा नौ वर्षकी छोरी र श्रीमतीलाई छोडेर आत्महत्या गरे।
त्यतिवेला बाबु (ससुरा) ले जग्गा बेच्न दिएको भए केदारले जीवित रहेर अझ्ै धेरै कमाउने थिए भन्ने श्रीमती छिटिङ शेर्पा-श्रेष्ठको भनाइ नपत्याउन मुश्किल पर्छ। श्रीमान बितेको १७ वर्षमा ससुराले संरक्षणको साटो निरन्तर मानसिक यातना, गालीबेइज्जती र धम्की दिएको बताउने उनी भन्छिन्, “फिल्मकै कारण मेरो जीवन कहालीलाग्दो भयो।”
घातक आकर्षण
नाम, दाम र मोजमस्तीको दुनियाँ भनिने चलचित्र क्षेत्रमा ऋण लागेर घरखेत डुबाउनेहरूको भीडबाट सधैँका लागि भाग्ने केदार श्रेष्ठ जस्तै मोहन वैद्यलाई २ कात्तिक २०५० मा प्रहरीले काठमाडौंको पुरानो बसपार्क नजिकै विष पिएर ढलेको अवस्थामा फेला पारेको थियो। चलचित्र रक्षा मा रु.१७ लाख ऋणमा डुबेका वैद्यले नेवारी चलचित्र शिलु मा पनि अप्रत्यक्ष रूपमा लगानी गरेको बताइन्छ। कालीमाटी टङ्केश्वरस्थित उनको घरमा साहूहरूको भीड लाग्न थालेपछि तनावबाट बच्न उनले त्यस्तो अप्रिय निर्णय गरेको रक्षा का वितरक रहेका अहिलेका निर्माता मदन ताम्राकार बताउँछन्।
चलचित्र बनाउँदा लागेको ऋणबाट मुक्त हुन आत्महत्याको बाटो रोज्ने पहिलो निर्माता चाहिँ नवीन केसी थिए। २०२१ सालमै कहीं दियो कहीं बत्ती नामक चलचित्र बनाउन थालेका नवीनलाई भारतबाट आएका निर्देशक र प्राविधिकहरूले डुबाएको बताइन्छ। उनीहरूको माग पूरा गर्दै चलचित्र छायाङ्कन गर्ने क्रममा नवीनले डिल्लीबजारको घर बन्धक राखेका थिए। तर, भारतीय निर्देशक प्राण नाथ र उनको टोली बीचैमा फिल्म छाडेर बम्बई फर्किएपछि नवीनसँग ऋण मात्र बाँकी रह्यो। उनका भतिज तथा कलाकार रवि खड्का भन्छन्, “उहाँले साहूहरूको कचकच खेपेरै पनि फिल्म पूरा गर्न धेरै वर्ष प्रयास गर्नुभयो तर केही नलागेपछि २०४५ मा झ्ुण्डिएर आत्महत्या गर्नुभयो।
कहीं दियो कहीं बत्ती को छायाङ्कन रोकिएको तीनदशकपछि बनेको अंशबण्डा का निर्माता शालिकराम रानाले पनि चलचित्रमा लगानीकै कारण आत्महत्या गरेको गाईंगुईं काठमाडौंको बजारमा चलेको थियो। यद्यपि, फिल्म डुबेपछि थलिएका रानाको लामो बिरामीबाट स्वाभाविक मृत्यु भएको उनका आफन्तहरू बताउँछन्। उता ससुरालीको घर ब्याङ्कमा राखेर चलचित्र ईश्वर बनाउन थालेका निर्माता/निर्देशक नसिबध्वज शाह सो चलचित्रलाई अधुरै छोडेर एक दशकदेखि बेपत्ता छन्। उनले आधा नहुँदै छोडेको चलचित्र ईश्वर अर्का निर्माता टङ्क लम्सालले पूरा गरेका थिए। चलचित्र लगानी डुबेपछि बेपत्ता भएका चलचित्र देश परदेश का निर्माता कर्मा थोन्डुप शेर्पा भने लामो समयपछि दक्षिणकाली नजिकैको एउटा गुम्बाका भेटिएका थिए।
श्याम सापकोटा पनि कुनै समयमा नाम, दाम र मस्तीको घातक आकर्षणमै परेर नेपाली सिने संसारमा आएका थिए। तर, उनले चलचित्र बलिदान मा गरेको लगानी डुबेपछि मह जोडी लगायतका कलाकारहरूलाई श्याम बचाऊ अभियान नै चलाउनु परेको थियो।
कसरी डुब्छ लगानी?
चलचित्रको दुनियाँमा नाम, दाम र मस्ती मार्न लालायित अनुभवहीन निर्देशकहरू सधैँ मुर्गा फसाउने ध्याउन्नमा हुन्छन्। निर्माता पनि उनीहरू जस्तै अनुभवहीन र बजारको ज्ञान नभएका परे भने त्यस्ता चलचित्रले हलको मुखै देख्न पाउँदैन र पायो भने पनि कसैलाई उठाउँदैन।
नाम चलेकै निर्देशकहरूले पनि सधैँ काम पाइरहेका हुँदैनन्। त्यो अवस्थामा कुनै मुर्गा फेला पर्यो भने उनीहरू कम बजेटमै सुपरहिट चलचित्र बनाइदिने भन्दै आकास-पाताल छोड्छन्। छायाङ्कन शुरु भएपछि मात्र उनीहरूको असली रङ देखिन थाल्छ। निर्माता भने निल्नु न कल्नुको अवस्थामा पुग्छन्। निर्मातासँग आफूलाई बेचेर भए पनि फिल्म पूरा गर्नुको विकल्प रहँदैन। यसरी पूरा भएको फिल्मले हलमा खुट्टा टेकिदिएन भने लड्ने निर्माता नै हुन्छ।
फिल्म नबुझ्ेका निर्माताहरू बन्द-हडताल र प्रतिकूल मौसम जस्ता कारणले छायाङ्कन प्रभावित हुँदा पनि ठूलै खर्चमा डुब्दै जान्छन्। निर्माता चिरञ्जीवी बस्नेत भन्छन्, “तरुनी घुमाएको र जाँडमा उडाएको बिलसमेत फिल्मकै बजेटमा जोड्ने निर्देशकहरू फिल्म नसकिँदै निर्मातालाई मर्नु न बाँच्नु बनाइसक्छन्।”
आश्चर्यको कुरा, करिब ९५ प्रतिशत नेपाली चलचित्रले लगानी डुबाइरहेका वेला पनि नयाँ निर्माताको खाँचो परेको छैन। निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, “होहोरेमा लगानी गर्न नतम्सिउँ, नत्र आत्महत्याकै स्थिति नआए पनि दिमाग खुस्किने अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ।”
मैले आफूलाई सम्हालें
२०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा चलचित्र बलिदान बनाउन लाग्दा शुरु बजेट रु.३९ लाख थियो। कलङ्कीको घरजग्गा रु.२० लाखमा वाणिज्य ब्याङ्कमा राखेर काम शुरु गरेँ। निर्देशक तुलसी घिमिरे थिए। तर, चलचित्र सकुञ्जेलसम्ममा रु.६५ लाख खर्च भयो। फिल्म हलमा पुग्दा त्यो रकम पनि ब्याजसहित ठ्याक्कै रु.८० लाख पुग्यो।
फिल्म धेरै चल्यो तर, रु.६० लाखभन्दा बढी मेरो हातमा परेन। रु.२५ लाख सुटिङ खर्च ३६ प्रतिशत ब्याजमा ऋण लिएर तिरेँ। ब्याङ्कले १५ वर्षमा तेस्रो पटक घर लिलामीको सूचना निकालेपछि अर्को ब्याङ्कबाट ऋण लिएर गत वर्ष तिरेँ। पछिल्लो ऋण बाँकी नै छ। म फिल्म डुबेपछि कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रामेश, नीर शाह र नीलकाजी शाक्यले श्याम सापकोटा आत्महत्या गर्ने सातौं निर्माता हुनेभयो, बचाउनुपर्छ भनेर अभियानै चलाउनुभयो। मह जोडीले त फिल्मको पारिश्रमिक पनि लिनुभएन।
हिरोइन घुमाउन, मोजमस्ती गर्न र एउटा फिल्म बनाएपछि अरू निर्माता फसाउन पाइन्छ भनेर चलचित्रमा लगानी गर्नेहरू पनि छन्। तर, म सबैलाई यसो नगरौं भन्छु। ठूलाठूला सपना देखाएर निर्मातालाई मुर्गा बनाउने काम पनि रोकिनुपर्छ।
ऋषिराम कट्टेल
हिमाल खबरपत्रिका
विरहीले रु.२८ लाखमा निर्माण पूरा गरिदिन्छु भनेर थालेको सङ्कल्प मा रु.५२ लाख लगानी भयो। यसरी तनावमा परेका केदार चलचित्र प्रदर्शनपछि रु.१५ लाख पनि नउठ्दा अझ् हतास भए। घरमा साहूहरूको धर्ना शुरु भइसकेको थियो। त्यसबाट मुक्त हुन उनले आमा र आफ्नो नाममा रहेको जग्गा बेच्न गरेको प्रयास बाबुको हस्तक्षेपबाट रोकिएपछि ३३ वर्षकै उमेरमा नौ वर्षकी छोरी र श्रीमतीलाई छोडेर आत्महत्या गरे।
त्यतिवेला बाबु (ससुरा) ले जग्गा बेच्न दिएको भए केदारले जीवित रहेर अझ्ै धेरै कमाउने थिए भन्ने श्रीमती छिटिङ शेर्पा-श्रेष्ठको भनाइ नपत्याउन मुश्किल पर्छ। श्रीमान बितेको १७ वर्षमा ससुराले संरक्षणको साटो निरन्तर मानसिक यातना, गालीबेइज्जती र धम्की दिएको बताउने उनी भन्छिन्, “फिल्मकै कारण मेरो जीवन कहालीलाग्दो भयो।”
घातक आकर्षण
एक दशकदेखि बेपत्ता निर्माता नसिवध्वज शाह नायक शिव श्रेष्ठ र नायिका पूजा चन्दका साथ (बायाँ)। |
चलचित्र बनाउँदा लागेको ऋणबाट मुक्त हुन आत्महत्याको बाटो रोज्ने पहिलो निर्माता चाहिँ नवीन केसी थिए। २०२१ सालमै कहीं दियो कहीं बत्ती नामक चलचित्र बनाउन थालेका नवीनलाई भारतबाट आएका निर्देशक र प्राविधिकहरूले डुबाएको बताइन्छ। उनीहरूको माग पूरा गर्दै चलचित्र छायाङ्कन गर्ने क्रममा नवीनले डिल्लीबजारको घर बन्धक राखेका थिए। तर, भारतीय निर्देशक प्राण नाथ र उनको टोली बीचैमा फिल्म छाडेर बम्बई फर्किएपछि नवीनसँग ऋण मात्र बाँकी रह्यो। उनका भतिज तथा कलाकार रवि खड्का भन्छन्, “उहाँले साहूहरूको कचकच खेपेरै पनि फिल्म पूरा गर्न धेरै वर्ष प्रयास गर्नुभयो तर केही नलागेपछि २०४५ मा झ्ुण्डिएर आत्महत्या गर्नुभयो।
कहीं दियो कहीं बत्ती को छायाङ्कन रोकिएको तीनदशकपछि बनेको अंशबण्डा का निर्माता शालिकराम रानाले पनि चलचित्रमा लगानीकै कारण आत्महत्या गरेको गाईंगुईं काठमाडौंको बजारमा चलेको थियो। यद्यपि, फिल्म डुबेपछि थलिएका रानाको लामो बिरामीबाट स्वाभाविक मृत्यु भएको उनका आफन्तहरू बताउँछन्। उता ससुरालीको घर ब्याङ्कमा राखेर चलचित्र ईश्वर बनाउन थालेका निर्माता/निर्देशक नसिबध्वज शाह सो चलचित्रलाई अधुरै छोडेर एक दशकदेखि बेपत्ता छन्। उनले आधा नहुँदै छोडेको चलचित्र ईश्वर अर्का निर्माता टङ्क लम्सालले पूरा गरेका थिए। चलचित्र लगानी डुबेपछि बेपत्ता भएका चलचित्र देश परदेश का निर्माता कर्मा थोन्डुप शेर्पा भने लामो समयपछि दक्षिणकाली नजिकैको एउटा गुम्बाका भेटिएका थिए।
श्याम सापकोटा पनि कुनै समयमा नाम, दाम र मस्तीको घातक आकर्षणमै परेर नेपाली सिने संसारमा आएका थिए। तर, उनले चलचित्र बलिदान मा गरेको लगानी डुबेपछि मह जोडी लगायतका कलाकारहरूलाई श्याम बचाऊ अभियान नै चलाउनु परेको थियो।
कसरी डुब्छ लगानी?
“सङ्कल्प फिल्म कै कारण मेरो जीवन कहालीलाग्दो भयो।” छिटिङ शेर्पा श्रेष्ठ |
नाम चलेकै निर्देशकहरूले पनि सधैँ काम पाइरहेका हुँदैनन्। त्यो अवस्थामा कुनै मुर्गा फेला पर्यो भने उनीहरू कम बजेटमै सुपरहिट चलचित्र बनाइदिने भन्दै आकास-पाताल छोड्छन्। छायाङ्कन शुरु भएपछि मात्र उनीहरूको असली रङ देखिन थाल्छ। निर्माता भने निल्नु न कल्नुको अवस्थामा पुग्छन्। निर्मातासँग आफूलाई बेचेर भए पनि फिल्म पूरा गर्नुको विकल्प रहँदैन। यसरी पूरा भएको फिल्मले हलमा खुट्टा टेकिदिएन भने लड्ने निर्माता नै हुन्छ।
फिल्म नबुझ्ेका निर्माताहरू बन्द-हडताल र प्रतिकूल मौसम जस्ता कारणले छायाङ्कन प्रभावित हुँदा पनि ठूलै खर्चमा डुब्दै जान्छन्। निर्माता चिरञ्जीवी बस्नेत भन्छन्, “तरुनी घुमाएको र जाँडमा उडाएको बिलसमेत फिल्मकै बजेटमा जोड्ने निर्देशकहरू फिल्म नसकिँदै निर्मातालाई मर्नु न बाँच्नु बनाइसक्छन्।”
आश्चर्यको कुरा, करिब ९५ प्रतिशत नेपाली चलचित्रले लगानी डुबाइरहेका वेला पनि नयाँ निर्माताको खाँचो परेको छैन। निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, “होहोरेमा लगानी गर्न नतम्सिउँ, नत्र आत्महत्याकै स्थिति नआए पनि दिमाग खुस्किने अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ।”
मैले आफूलाई सम्हालें
श्याम सापकोटा, निर्माता, बलिदान |
२०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा चलचित्र बलिदान बनाउन लाग्दा शुरु बजेट रु.३९ लाख थियो। कलङ्कीको घरजग्गा रु.२० लाखमा वाणिज्य ब्याङ्कमा राखेर काम शुरु गरेँ। निर्देशक तुलसी घिमिरे थिए। तर, चलचित्र सकुञ्जेलसम्ममा रु.६५ लाख खर्च भयो। फिल्म हलमा पुग्दा त्यो रकम पनि ब्याजसहित ठ्याक्कै रु.८० लाख पुग्यो।
फिल्म धेरै चल्यो तर, रु.६० लाखभन्दा बढी मेरो हातमा परेन। रु.२५ लाख सुटिङ खर्च ३६ प्रतिशत ब्याजमा ऋण लिएर तिरेँ। ब्याङ्कले १५ वर्षमा तेस्रो पटक घर लिलामीको सूचना निकालेपछि अर्को ब्याङ्कबाट ऋण लिएर गत वर्ष तिरेँ। पछिल्लो ऋण बाँकी नै छ। म फिल्म डुबेपछि कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रामेश, नीर शाह र नीलकाजी शाक्यले श्याम सापकोटा आत्महत्या गर्ने सातौं निर्माता हुनेभयो, बचाउनुपर्छ भनेर अभियानै चलाउनुभयो। मह जोडीले त फिल्मको पारिश्रमिक पनि लिनुभएन।
हिरोइन घुमाउन, मोजमस्ती गर्न र एउटा फिल्म बनाएपछि अरू निर्माता फसाउन पाइन्छ भनेर चलचित्रमा लगानी गर्नेहरू पनि छन्। तर, म सबैलाई यसो नगरौं भन्छु। ठूलाठूला सपना देखाएर निर्मातालाई मुर्गा बनाउने काम पनि रोकिनुपर्छ।
ऋषिराम कट्टेल
हिमाल खबरपत्रिका
Wednesday, February 23, 2011
मिडिया र श्रोताले दिएको नाम हो 'राई इज किङ'
पार्श्व गायनमा मुम्बईया एकाधिकार तोड्न नेपाली निर्माता, निर्देशक र सङ्गीतकारहरूको रोजाइका गायक बनेका राजेशपायल राई ले १२औं एकल अल्बम राई इज किङ ल्याएका छन्। गायन यात्राको १९ वर्षमा एकपछि अर्को सङ्घर्ष गरेर आजको स्थानमा आइपुगेको बताउने राजेशले ३०० भन्दा बढी फिल्म, लोक, आधुनिक, पप-रक गरेर करिब १२ सय गीत गाइसकेका छन्।
२०६७ सालमा मात्रै हिट्स, अन्नपूर्ण, कालिका एफएम म्युजिक अवार्ड का साथै छिन्नलता पुरस्कार जितेका भर्सटायल राजेशको पहिलो अल्बम मूर्छना २०५२ सालमा आएको थियो। आज फिल्मी गायनसँगै सुगम सङ्गीतमा उचाइ बनाएका उनी पछिल्लो अल्बमको नामकै कारण पनि चर्चामा छन्। अल्बमको नाम नै राई इज किङ राखेर आफूलाई राजा भनाउन खोजेको हो? सुन्दा त्यस्तो लाग्न सक्छ, तर यो मैले आफैँ राखेको नाम होइन। गत वर्ष कान्तिपुर साप्ताहिकमा गायन क्षेत्रमा मेरो योगदानको मूल्याङ्कन गर्दै राई इज किङ शीर्षकमा लेख प्रकाशित भएको थियो। मेरा श्रोता/दर्शकले त्यसलाई मन पराएर मलाई राई इज किङ भन्न थाले। अनि मलाई त्यो मन परेर नयाँ अल्बमको नाम त्यही राखेँ। यही नामबाट आफैँ नायक भएर फिल्म पनि बनाउने तयारीमा छु।
तर, जातीयताको चर्को नारा लागिरहेको वेला कतिपयलाई यो नाम मन नपरेको जस्तो छ नि!
नाम राख्नुअघि त्यस्तो केही सोचिएन। ममा जातीय सङ्कीर्णता छँदा पनि छैन। अल्बमको नाम कतिपयलाई मन नपर्ला, कतिले औंला पनि ठड्याउलान् तर मेरा दर्शक/श्रोताले यसरी हेर्दैनन्। फेरि अल्बमको नाम जेसुकै भए पनि सबै नेपाली गीत नै छन्।
यसमा श्रोताका लागि विशेष के छ?
यसमा सेमी क्लासिक, रक, सुफी सबै किसिमका गीत छन्। दुःख, सुख, माया-प्रेम, राष्ट्रिय भावना सबै छन्। युवा र परिवर्तित समाजको भावना समेटिएको छ। लिम्बू भाषाको शब्द विचार चोंगे (विचार गर) लाई नेपालीमा फ्युजन गरेको छु। क्या मज्जा..., आफ्नो छैन आफ्नै मन.. आदि गीतहरू श्रोताले रुचाइरहेका छन्। यी गीतहरू आइट्युन्स, नोकिया'भीआई, सेलरोटीडटकम आदिबाट विश्वभरका श्रोताले डाउनलोड गर्न सक्छन्। कोरिया, मलेशिया र गल्फमा सीआरबीटी लिन सकिन्छ।
फिल्मी गायन फाप्यो हैन?
आधुनिक पनि फापेको छ। कुनै दिन ५/६ वटासम्म फिल्मका गीत गाइरहेको हुन्छु। गत वर्ष निकालेको दर्शन नमस्ते अल्बमका गीतहरू पनि श्रोताले औधी रुचाए। फिल्मका गीतहरू पनि हिट भइरहेका छन्। अवार्ड र सम्मानहरू पाइरहेकै छु। फिल्मका निर्माता/निर्देशकहरू पनि पार्श्व गायक खोज्न मुम्बई धाउन छाडेका छन्।
सङ्गीतकार र नायक पनि भएको हो? तिम्रै लागि, कानुन लगायतका ९ फिल्ममा सङ्गीत पनि दिएँ। गुण्डाराज फिल्ममा नायक बनेँ। अब आफैं फिल्म बनाउने तयारीमा पनि छु। तर, मेरो मुख्य विधा चाहिँ आधुनिक र फिल्मी गायन नै हो।
हेवी बाइकतिर युवामन
हेवी बाइकप्रति नेपाली युवाको आकर्षण पछिल्लो समय बढ्दै गएको छ । अन्यभन्दा महँगो भए पनि युवा पुस्तामाझ लोकप्रिय हुँदै गएपछि विक्रेताहरू पनि यस्ता बाइक भित्र्याउन कम्मर कसेर लागेका छन् ।
नेपालस्थित मोटरसाइकल अधिकृत विक्रेताहरूले प्रत्येक महिनाजसो नयाँ–नयाँ बाइक नेपालमा लन्च गराउँछन् । यसमा हेवी बाइक नै प्राथमिकतामा पर्ने गरेका छन् । विक्रेताहरूले पछिल्लो समय २ सय सीसीदेखि ३५० सीसी क्षमतासम्मका बाइकहरू बिक्रीमा ल्याएका छन् । हाल नेपाली बजारमा २ लाख रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्ने बाइक युवाको रोजाइमा पर्ने गरेका छन् ।
नेपाली बजारमा पछिल्लो समय चलनचल्तीमा रहेको बजाजको कावासाकी निन्जा आर (२५० सीसी) गत वर्षदेखि बिक्री सुरु भएको छ । यसको बजार मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । खासगरी नेपालका बाटोमा यस्ता बाइक चलाउन साँघुरो हुने भए पनि युवाहरूलाई यसले असर पारेको छैन । बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द प्रालिले २ सय तथा २२० सीसी क्षमताका बाइक पनि बिक्री गर्दै आएको छ । यी बाइकको बजार मूल्य भने २ लाख ९ हजार ९ सयदेखि २ लाख ३९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।
सुजुकी बाइकको अधिकृत विक्रेता गणेश इन्टरप्राइजेजले पनि विभिन्न ब्रान्डका हेवी बाइक बिक्री गर्दै आएको छ । उसले बिक्री गर्ने २५० सीसीको सुजुकी जीजेडको बजार मूल्य ६ लाख २४ हजार ८ सय ८८ रुपैयाँ छ । त्यस्तै, डीआर २००५ ईको बजार मूल्य ५ लाख ७४ हजार ८ सय ८८ तोकिएको छ ।
दुगड ब्रदर्स एन्ड सन्सले भर्खरैमात्र ३५० सीसी क्षमताको रोयल इनफिल्ड बिक्री सुरु गरेको छ । जसअन्तर्गत रोयल इनफिल्ड थन्डरबर्ड ट्विन्सपार्क बाइकको बजार मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, बुलेट यूसीई मोडेललाई दुडगले ३ लाख १० हजार रुपैयाँमा बेचिरहेको छ । इलेक्ट्रा एसएसईएस यूसीई र क्लासिक मोडेलको मूल्य क्रमशः ३ लाख ८० हजार र ३ लाख ९५ हजार रुपैयाँ छ ।
टीभीएसको विक्रेता टीभीएस प्रालिले पनि १ सय ८० सीसी क्षमताको अपाची आरटीआर बाइक बेच्दै आएको छ । यसको बजार मूल्य २ लाख १५ हजार ८ सय ३० रुपैयाँ पर्छ । त्यस्तै १६० सीसीको अपाची आरटीआर र अपाची आरटीआर आरडी मोडेलका बाइक पनि उसले बिक्री गर्छ । यिनको बजार मूल्य क्रमशः २ लाख १३ हजार ५ सय ७० र १ लाख ९९ हजार ८ सय ७९ हजार रुपैयाँसम्म छ ।
यामाहाको अधिकृत विक्रेता मोरङ अटो वक्र्सले पनि विभिन्न हेवी मोडेलका बाइक बिक्री गर्दै आएको छ । १५० सीसी क्षमताको यामाहा आर १५ को मूल्य २ लाख ८४ हजार ९ सय तोकिएको छ । त्यस्तै, १५३ सीसीका एफ २१६ र फेजरको बजार मूल्य क्रमशः १ लाख ९९ हजार ९ सय र २ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तैगरी होन्डा तथा हिरोहोन्डाको अधिकृत विक्रेता स्याकार कम्पनीले पनि पछिल्लो समयमा हेवी बाइकको बिक्री बढाउँदै लगेको छ । होन्डा बाइकतर्फ १५० सीसीको सीबी युनिकर्न ड्याज्लर छ । यसको मूल्य २ लाख ६ हजार ९ सय रुपैयाँ पर्छ । हिरोहोन्डाले २२५ सीसीका तीन मोडेलका बाइक पनि नेपाली सडकमा गुड्छन् । करिज्मा जेडएमआर, करिज्मा डीएसएस रेड होयल र करिज्मा डीएसएस ब्ल्याक होयल मोडेलका हेवी बाइकको मूल्य क्रमशः २ लाख ८६ हजार ९ सय, २ लाख ३६ हजार ९ सय र २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपालमा बिक्री हुने हेवी बाइकहरूः
बाइक मोडल बिक्री मूल्य क्षमता
बजाज कावासाकी निन्जा आर ७,४९,९०० २५० सीसी
सुजुकी जीजेड ६,२४,८८८ २५० सीसी
इनफिल्ड थन्डरबर्ड ट्विन्सपार्क ३,९५,००० ३५० सीसी
हिरोहोन्डा जेडएमआर २,८६,९०० २२५ सीसी
यामाहा आर १५ २,८४,९०० १५० सीसी
टीभीएस अपाची आरटीआर २,१५,८३० १८० सीसी
केदार दाहाल

कारोबार दैनिक
Friday, January 7, 2011
बुटवल, सकियो औद्योगिक मेलाको रमाइलो
मेलामा लोकदोहोरीका राजु परियार, बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, कृष्ण देवकोटा, प्रजापति पराजुली, मञ्जु पौडेल, शीला आले, रमेश बीजी, नारायण रायमाझी, दुर्गा रायमाझी, मन्जु महत, इन्द्र जीसी, कोमल ओली, निशा सुनार, शर्मिला गुरुङ, नवीन पौडेल, पार्वती जीसी एवं आधुनिकतर्फ रेश्मा सुनुवार, हेमन्त शर्मा, इन्द्र जीसी, रीता थापा, रेनुका केसी, ज्योति मगर आदि कलाकारले पर्याप्त मनोरञ्जन प्रदान गर्दै सबैलाई छमछमी नचाए । रो इला गायक शिरीष देवकोटाको भजन शैलीको लोकभाकाले धेरैको वाहवाही पायो ।
आधुनिक गायक तिलकबम मल्ल, शिव परियार, प्रमोद खरेल रूपक डोटेल, हेमन्त शर्मा, मल्लिका कार्कीले पनि सुगम संगीतका पारखीहरूको मन जिते । पप गायिका रे श्मा सुनुवार, सिने गुरुङ, नलिना चित्रकार, श्रीया सोताङले युवापुस्तालाई उफारे भने हास्यकलाकार मनोज गजुरेल, जितु नेपाल, गोपाल नेपाल तथा शिवहरि नेपाल, दे वीराम पराजुलीले राजनीतिक दलका नेता एवं समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै दर्शकलाई हँसाए । आफूलाई मन पर्ने एकसे एक राष्ट्रिय स्तरमा चर्चित कलाकारसँगै गाउन, नाच्न र रमाउन बुटवलवासी मात्र नभै भैरहवा, कपिलवस्तु, नवलपरासी, गुल्मी र स्याङ्जासम्मका संगीतपारखी बुटवल मण्डपमा ओइरिएका थिए । आफूलाई मनपर्ने कलाकारले मञ्चमा गीत गाउँदा दर्शक दीर्घामा नाच्नेहरूको होडबाजी नै चलेको दृश्य रोमाञ्चक थियो ।
राष्ट्रिय कलाकारको प्रस्तुतिबाहेक देशका विभिन्न ठाउँबाट आएका १४ टोलीबीच विभिन्न भाखामा भएको दोहोरी गीतको प्रतियोगिताले पनि दर्शकलाई मेला अवधिभर मनोरञ्जन प्रदान गर्यो । मेलामा रूपन्देहीका १८ विद्यालयबीच गराइएको विविध जनजातिको संस्कृति झल्कने लोकनृत्य प्रतियोगिता, सहिमा श्रेष्ठको गायन, नीलहीरा समाजसँग आबद्ध तेस्रोलिंगी सन्तु पुन, अवान्तिका घर्ती आदिको नृत्य एवं स्थानीय पप ब्यान्डको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दियो । मेलामा चन्द्रमाको ढुंगा, लुम्बिनीको शान्तिदिप, राष्ट्रिय संग्रहालयका पुरातात्विक वस्तुहरू, पशुपतिनाथको नमुना मन्दिर, बालउद्यान पनि आकर्षणका केन्द्र बनेका थिए । 'समुन्नत राष्ट्रिय अथर् तन्त्रको आधारः पर्यटन, कृषि, उद्योग एवं ब्यापार' नाराका साथ बुटवल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सञ्चालित मेलामा राष्ट्रिय अन्तराष्ट्रिय औद्योगिक उत्पादन, सुचना प्रविधि, वैकल्पिक ऊर्जासम्बन्धी नयाँ प्रविधि, कृषि, हस्तकला,रेस्टुरेन्ट, वित्तिय संस्था, अटो आदिका ३ सय ५० वटा स्टल राखिएका थिए । मेलामा ४ लाख दर्शकले अवलोकन गरेका र १० करोडभन्दा बढीको कारोबार भएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष शंकर श्रेष्ठले बताए l
टोपराज शर्मा
Wednesday, January 5, 2011
हिन्दी सिरियलका नेपाली निर्देशक
गुल्मीको विकट गाउँ अस्लेवाका लोकनाथ पाण्डेले नेपालमा रहँदा टेलिभिजनसम्म देखेका थिएनन्। ७ कक्षा पढ्दापढ्दै कामको खोजीमा मुम्बई हानिएका तिनै लोकनाथ अहिले टेलिभिजनमा करोडौंले हेर्ने सिरियलका निर्देशक बनेका छन्। डेढ दशकदेखि परदेशमा सङ्घर्षरत यी युवा अहिले धेरै कलाकारको भविष्य बनाइदिने हैसियतमा छन्। कला निर्देशकको सहयोगीका रूपमा तारा लगायतका सिरियलमा काम गरेका पाण्डेले जी-टिभीबाट प्रसारित दिवार, राहे, साटरडे सस्पेन्स, एक्सजोन, संसार जस्ता सिरियलमा सहायक निर्देशक बनेर काम गरे। त्यसपछि मिडिटेक कम्पनीमा रहेर कभी बीबी कभी जाजुस मा मूख्य सहायक निर्देशकको जिम्मेवारी पाए। लगत्तै रोज मुभिजमा एसोसियट डाइरेक्टरको रूपमा जीत, गन्ज एण्ड रोजेज, लिपिस्टिक, इण्डिया कलिङ मा काम गरेका पाण्डेका लागि जी-टिभीको रियालिटी शो जी सिनेस्टारकी खोज पछि उज्याला दिन शुरु भएका थिए।
अमरधरा सिरियललको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका उनलाई यतिखेर भ्याइनभ्याइ छ। शुरुवातका दिनमा थुप्रै हण्डर खाँदै नेपाली भएकै कारण अनेकन् भेदभावसमेत खेपेका पाण्डेको करिअरले निर्देशकमा पदोन्नतिसँगै ठूलो फड्को मारेको छ। आफ्नै निर्देशनमा बनेको पछिल्लो सिरियल माताकी चौकी मा नेपालीहरूकै बाहुल्यता रहनुलाई सङ्घर्षको फल ठान्छन् उनी। सिरियल निर्देशनबाट मासिक भारु.३ लाखसम्म आम्दानी गरिरहेका पाण्डेले केही समयपछि मुम्बईको अनुभव प्रयोग गर्दै नेपाली चलचित्रको निर्देशन गर्ने सोच पनि बनाएका छन्।
Monday, December 27, 2010
'वाकावाका'लाई पछि पार्दै 'बेबी' अगाडि
विश्वकप फुटबलको आधिकारिक गीत साकिराको वाकावाकालाई पछि पार्दै किशोर गायक जस्टिन बिबरको बेबी युट्युबमा यो वर्ष सबैभन्दा बढी हेरिएको गीत बनेको छ। गत फेब्रुअरी १२, २०१० मा रिलिज भएयता यो गीत ४० करोडभन्दा बढी पटक हेरिएको छ। प्रति दिन १३ लाख भन्दा बढी पटक यो गीत हेरिएको छ।
आइतबार राति युट्युबले यो वर्षको सबैभन्दा बढी हेरिएको म्युजिक भिडियो बिबरको बेबी गीत भएको घोषणा गरेको हो।
शीर्ष १० स्थानमा अरु तीन वटा गीत पनि परेका छन्।
शीर्ष १० सूचि यस प्रकार छ-
१) जस्टिन बिबर- बेबी
२) शाकिरा- वाकावाका
३) एमिनेम- लभ द वे यु लाइ
४) एमिनेम- नट अफ्रेड
५) रिहाना- रुड ब्वाई
६) जस्टिन बिबर- नेभर से नेभर
७) जस्टिन बिबर- नेभर लेट यु गो
८) लेडी गागा- अलेज्यान्द्रो
९) जस्टिन बिबर- समबडी टु लभ रिमिक्स
१०) लेडी गागा- टेलिफोन
Subscribe to:
Posts (Atom)